भर्खरै :

चितवन र बर्दियामा नेमकिपाको उम्मेदवारी दर्ता

चितवन, १६ कात्र्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि चितवन जिल्लामा नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गरेको छ । नेमकिपा चितवन जिल्ला अध्यक्ष हरिप्रसाद दुवालको नेतृत्वमा गएको टोलीले उम्मेदवारी दर्ता गरेको हो ।
प्राप्त जानकारीअनुसार चितवन जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा कृष्णबहादुर तामाङ, क्षेत्र नं २ मा रविनकुमार प्रधान र क्षेत्र नं ३ मा हरिप्रसाद दुवालले प्रत्यक्ष उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै तुलसी सापकोटाले प्रदेश सभा क्षेत्र नं १ ख मा, पदम थापामगरले २ क मा र मेनुका थापामगरले २ ख मा नेमकिपाको तर्फबाट उम्मेदवारी दिनुभएको छ ।
बर्दिया
नेपाल मजदुर किसान पार्टीले बर्दियामा एक नं मा उम्मेदवारी दर्ता गरेको छ । नेमकिपा बर्दिया जिल्ला समितिका अध्यक्ष हरिलाल न्यौपानेको नेतृत्वमा गएको पार्टी कार्यकर्ताको टोलीले सदरमुकाम गुलरियास्थित निर्वाचन कार्यालयमा प्रतिनिधि सभा क्षेत्र नं १ मा हरिलाल न्यौपाने र क्षेत्र नं २ मा चोलाराम जैसी(चेतन पौड्याल)ले उम्मेदवारी दिनुभएको छ । त्यस्तै प्रदेश सभा १ क मा विनोदबहादुर वली र २ क मा पवित्रा शाहीले उम्मेदवारी दिनुभएको पार्टी स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *