के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
काठमाडौँ, ६ कार्तिक । नेपाल मजदुर किसान पार्टी तार्केश्वर नगर समितिको आयोजनामा मनमैँजुमा शनिबार शुभकामना कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले देशका सम्पूर्ण कामदार जनता सत्यको पक्ष र अन्यायको विरोधमा निडर भई सङ्घर्ष गर्ने साहस मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । उहाँले कामदारवर्गको सुख र शान्ति प्राप्तिको लागि नेमकिपाले सदा देश र जनताको पक्षमा इमानदारीपूर्वक सेवा गरिरहेको, जनतालाई राजनैतिक र वर्गीयरूपले सचेत गर्ने कार्य गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले साम्राज्यवादी देश अमेरिका र बेलायतको उक्साहतमा इजरायलले प्यालेस्ताइनी जनताको नरसंहार गरिरहेको छ । अस्पताल, केटाकेटी, महिला बुढा नभनी आक्रमण गरी प्यालिस्तानी जनताको बाँच्ने अधिकार वा मानव अधिकार हनन गर्ने कार्य इजरायलले गरिरहेको छ । प्यालिस्टाइन जनताको देश खोसिएको छ । आप्mनो देश फिर्ता लिन कुुन नागरिक चाहँदैन ?
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले समाजवादी व्यवस्थामा मात्र शोषणबाट मुक्त हुने, गाँस बास र कपासको सुनिश्चितता हुने बताउनुभयो ।
उहाँले समाजवादी व्यवस्थामा व्यक्तित्व विकासमा समान अवसर पाउँछ, गाउँ र सहरको भेद क्रमशः अन्त्य हुन्छ, शिक्षा र स्वास्थ्य निःशुल्क तथा अनिवार्य हुन्छ, स्वदेशमै रोजगारको व्यवस्था हुन्छ, कामदार जनता पुँजीवादी व्यवस्थामा जस्तै बेरोजगारी समस्या हुँदैन, स्वास्थ्य उपचार गर्न खर्च नभएर मर्नुपर्ने जस्ता समस्याको अन्त्य हुन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालका शासकहरू विदेशी पुँजीका दलालहरू भएको कारण अहिले नेपालको सार्वजनिक ऋण २३ खरब पु¥याएको छ । सार्वजनिक जग्गा र पोखरी निजी बनाइरहेको छ ।”
उहाँले भन्नुभयो, पार्टीका कार्यकर्ताहरूले कामदार जनतालाई गलत बाटोमा जानबाट रोक्नु आवश्यक छ, सम्झाउनु आवश्यक छ ।”
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सहसचिव रमेश डंगोलले भन्नुभयो, “हामी सचेत कार्यकर्ताले दसैँको अधिकतम सदुपयोग गर्नु आवश्यक छ । कुनै नयाँ पुस्तक पढी त्यसको समीक्षा लेख्न सकिन्छ । कुनै एक नयाँ ठाउँमा अध्ययन भ्रमण गर्न सकिन्छ । हरेक दिन एक न एक गतिविधिमा सहभागी बन्न सकिन्छ ।
उहाँले भन्नुभयो, “हालै नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिले ‘रुसको डिसेम्बर विद्रोह’ नामक पुस्तिका प्रकाशित गरेको छ । उक्त पुस्तिका शिक्षाप्रद छ । रुस देशको भूभाग ठूलो भए पनि पश्चिम युरोपभन्दा पछाडि परेको देश थियो । फ्रान्स, बेलायत, जर्मनी र अमेरिकामा जस्तो संविधान र प्रजातन्त्र भएमा रुस पनि विकसित हुन्थ्यो भन्ने कुलीन वर्गका युवा जर्नेल–कर्णेलहरूको विचार थियो । त्यसैले भूदासहरूको सहयोगमा रुसी जारशाही निकोलस (राजा) लाई हत्या गरी राज्य सत्ता कब्जा गर्न सन् १८२५ डिसेम्बर २६ मा सैनिक विद्रोह भयो । अध्ययन र अनुभवको कमीले विद्रोह असफल भयो । तर, त्यस कुलीन सैनिक विद्रोहबाट लेनिनले सन् १९१७ मा समाजवादी क्रान्ति गर्न शिक्षा पाउनुभयो ।”
नेपाल मजदुर किसान पार्टी तार्केश्वर नगर समितिका अध्यक्ष श्यामकुमार महर्जनको सभापतित्वमा भएको उक्त शुभकामना कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घ तार्केश्वरका देवलक्ष्मी महर्जन, सुष्मा महर्जन, रमिता महर्जन र धर्म महर्जनले आ–आप्mनो अध्ययन प्रस्तुत गर्नुभयो ।
Leave a Reply