अमेरिकी विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु
- आश्विन ३०, २०८३
रोनाल्ड रेगनले सुरु गरेको क्युवाली अमेरिकी राष्ट्रिय संस्था (Cuban American National Foundation) को बैठकमा गएर बाराक ओबामाले मे २३ को दिन दिएको भाषण सुनेपछि पनि म मौन बस्नु बेइमानी हुनेछ । म्याक्केन र बुशको भाषण सुनेझैँ मैले उनको भाषण पनि सुनेँ । ओबामाप्रति मेरो कुनै व्यक्तिगत रिसराग छैन, क्युवा र सम्पूर्ण मानवतामाथि गरिएका अपराधका लागि उनी जिम्मेवार छैनन् । मैले उनको समर्थन गरे भने, उनको प्रतिद्वन्द्वीहरूप्रति मैले ठूलो गुण लगाएको हुनेछ । त्यसैले उनको आलोचना गर्न र उनका भाषणहरूमा खुलेर टिप्पणी गर्न म हिच्किचाउन्न ।
ओबामाको भाषणमा के थियो त ?
“मेरो जीवनभर, क्युवामा अन्याय र दमन भइरह्यो । मेरो जीवनकालभरिमा क्युवाली जनताले स्वतन्त्रता चाख्न पाएनन् ।”
क्युवाका दुई पुस्ताको जीवनभरि उनीहरूले प्रजातन्त्र देख्न पाएनन् । ….स्वतन्त्रता र निष्पक्षता भन्ने नै नभएको निर्वाचन हामीले देख्दै आयौँ । यो यथास्थिति रहिरहनु निकै नराम्रो र दयनीय अवस्था हो । …..यो अन्यायलााई म टुलुटुलु हेरेर बस्दिनँ र तपाईँहरू पनि सक्नुहुन्न । त्यसैले, हामी मिलेर क्युवामा स्वतन्त्रता ल्याउन मिलेर लाग्नेछौँ । क्युवालाई अमेरिकी पोल्टामा हाल्न चाहनेहरूको त्यो जमातलाई सम्बोधन गर्दै उनले थपे, “क्युवाली अमेरिकी पैसाले उनीहरूको परिवारलाई क्याष्ट्रो सत्ताप्रति आश्रित रहनबाट जोगाउने समय हो यो….. । म नाकाबन्दीलाई जारी राख्नेछु ।”
अमेरिकी राष्ट्रपति पदका यी प्रबल दाबेदारको भाषणका अंशहरू उल्लेख गरेपछि मैले यो संस्मरण के कारणले लेख्ने, त्यो उल्लेख गरिरहनु नपर्ला । ओबामाले आफ्नो भाषणमा प्रशंसा गरेका क्युवाली अमेरिकी राष्ट्रिय संस्थाका निर्देशकहरूमध्ये एक जोसे हेर्नान्डेज (Jose Herandez) भेनेजुयलाको नोअभा स्पार्टा (Nuaeva Esparta) प्रान्तको मार्गरिटा (Margarita) मा भएको अन्तर्राष्ट्रिय बैठकमा मेरो हत्या गर्ने योजनाका एक पात्र हुन् । सो संस्थाले मेरो हत्याको योजना बनाएपछि समुद्री बाटो हुँदै भेनेजुयला पु¥याइएको ५० क्यालिबरको स्वचालित टेलेस्कोपिक राइफलका मालिक हुन् जोसे हर्नान्डेज । सो हतियार संयोगले मात्रै फेला परेको र भेनेजुयाली सरकारले जफत गरेको थियो ।
हेर्नान्डेजको समूह क्लिन्टनसँग सम्झौता गर्न चाहन्थ्यो । तर उनलाई मास कानोसा (Mas Canosa) को समूहले धोका दियो । ‘क्याष्ट्रोको हत्या गराउँछु’ भनी बुशले भनेकै कारण कानोसाले झेली गरेर सन् २००० को चुनावमा बुशलाई जिताइदिएका थिए । मेरो हत्याको योजना भने उनीहरू सबैको प्रिय कुरा थियो । अमेरिकाको अनैतिक र विरोधाभासपूर्ण व्यवस्थामा देखिने राजनैतिक दाउपेचका यी त केवल उदाहरण हुन् ।
राष्ट्रपति पदका उम्मेदवार ओबामाको भाषणलाई यसरी बुझ्न सकिन्छ, “क्युवामा भोकमरी ल्याउने, दयाका रूपमा पैसा पठाउने र उपभोक्तावाद र त्यस पछाडिको अस्थिर जीवनस्तरको समर्थनमा व्यापक प्रचारबाजीसहित क्युवाको भ्रमण ।”
खाद्यान्न सङ्कटको गम्भीर समस्यालाई के योजना ल्याएर उनले सामना गर्ने सोचेका छन् ? विश्वका खाद्यान्न मानव, घरपालुवा जनावर र माछा – सबैलाई बाँडिनुपर्छ । माछाहरूको समूह त ठूल्ठूला माछा शिकारी जहाजहरूको चरम दोहनले बर्सेनि घट्दो छ । समुद्रको यो अनियन्त्रित दोहनलाई कुनै पनि अन्तर्राष्ट्रिय संस्थाहरूले रोक्न सकेका छैनन् । ग्याँस र तेलबाट मासु उत्पादन गर्न सकिन्न । वातावरणीय परिवर्तनसँग जुझ्न बुशको भन्दा आफूसँग थोरै समय र बढी जोखिम भएको थाहा पाए पनि ओबामाले यस कार्यमा प्रविधिको सामथ्र्यलाई बढी नै आँकेका छन् । उनले यसबारे पहिलेका उम्मेदवार तथा डेमोक्राटिक पार्टीकै नेता अल गोरको सल्लाह लिन सक्छन् – विश्वको तापमान कुन गतिले बढिरहेको छ, गोरले राम्ररी बुझेका छन् । नाकाबन्दी र अरू विषयमा उनले प्रतिद्वन्द्वी तथा पूर्वराष्ट्रपति बिल क्लिन्टनसँग सल्लाह माग्न सक्छन् । नाकाबन्दी हटाउँछु भनेर पनि त्यसो नगरेको क्लिन्टन हेल्स्म–बर्टन ऐन (Helms–Burton) र टोरिसेली ऐन (Toricelli Acts) जस्ता सीमापरिका लागि ऐन–नियम बनाउन भने खप्पिस छन् ।
सामाजिक र मानवीय दृष्टिले हेर्दा अमेरिकाको राष्ट्रपतीय दौडमा अहिलेसम्मका सबभन्दा प्रगतिशील उम्मेदवार ओबामाले मियामीको त्यो भाषणमा अरू के भने त ?
“हामी पच्छिमी गोेलाद्र्वमा कुनै पनि किसिमको वैदशिक हस्तक्षेप भएको संरा अमेरिकाले सहन सक्दैन भनी हामीले २ सय वर्षदेखि भन्दै आएका छौँ । तर, अमेरिकी महादेशभिर प्रत्येक दिन बेग्लै खालको सङ्घर्ष चल्ने गर्छ–विदेशी सेनाविरुद्ध होइन–बरु रोग, भोक, प्यास र निराशाको बढ्दो खतराविरुद्ध । पोर्ट ओ प्रन्स (Port Au Prince) को बालक होस् वा पेरुको पहाडी बासिन्दा– हामीहरूले यस्तो भविष्य चाहेका होइनौँ । हामी योेभन्दा राम्रो गर्न सक्छौँ । …… हाम्रो दक्षिणमा मानवले भोगिरहेको पीडाप्रति आँखा चिम्लिन सक्दैनौँ न त भोको पेटको भूमण्डलीकरण नै हेर्नसक्छौँ ।”
साम्राज्यवादी भूमण्डलीकरणको निकै राम्रो वर्णन गरेका छन् ओबामाले –भोको पेटको भूमण्डलीकरण । यसको लागि उनी धन्यवादका पात्र हुन् । तर २ सय वर्षअघि ल्याटिन अमेरिकी एकताका लागि बोलिभारले (Bolivar) सङ्घर्ष गरेका थिए, १ सय वर्षअघि संरा अमेरिकाले क्युवा अधिनष्ठ गर्न खोज्दा त्यसविरुद्ध सङ्घर्षमा जोसे मार्टि (Marti) ले जीवन बलिदान गरेका थिए । अमेरिकी राष्ट्रपति जेम्स मोनरो (Monroe) ले घोषणा गरेका कुराहरू र आज २ सय वर्षपछि ओबामाले भनेका कुराहरूमा के फरक छ र ?
भाषणको अन्त्यमा उनले भने, “सम्पूर्ण अमेरिकाको विशेष दूतको रूपमा मैले राष्ट्रपतीय भवन (White House) मा एउटा समूह गठन गर्नेछु र त्यसलाई मेरो सम्पूर्ण सहयोग रहनेछ । तर, हामी विदेशी सेवालाई पनि बढाउनेछौँ । अमेरिकी महादेशको बेवास्ता गरिएका क्षेत्रहरूमा बढी दूतावासहरू खोलिनेछन् । शान्ति सेना (Peace Corps) को सङ्ख्यामा वृद्धि गरिनेछ र अमेरिकी युवालाई विदेशमा गएर हाम्रा जनताबिचको विश्वास र सम्बन्ध बढाउन प्रेरित गरिनेछ । हामी सबै मिलेर विगत बिर्सिएर नयाँ भविष्य बनाउनेछौँ ।”
इतिहासले तथ्य कुरा बुझ्न अरू होइन भन्ने कुरामा जोड दिने त्यो अन्तिम वाक्यांश निकै राम्रो छ ।
बेलायती उपनिवेशवादविरुद्ध लड्दा १३ वटा उपनिवेशहरू मिलेर बनाएका नीतिहरूको घोषणा ‘फिलाडेल्फिया घोषणा’ (Philadelphia Declaration) लागू गर्दाको उत्साहको अंशमात्र पनि आजको संरा अमेरिकामा छैन । त्यतिबेलाका राष्ट्रनिर्माताहरूको कल्पनै नगरेको विशाल साम्राज्य आज यहाँ छ । तर, अमेरिकाका रैथाने (आदिवासी) जनता र दासहरूका लागि केही परिवर्तन भएकै थिएन । देश विस्तारको क्रममा आदिवासीहरू बढारिए भने दासहरू– पुरुष, महिला, बालबालिका, बजारमा हाकाहाकी किनबेच गरिन्थे । यो अर्को एक सय वर्षसम्म चल्यो–घोषणामा ‘सबै मानिस जन्मेदेखि समान र स्वतन्त्र छन्’ लेखिएको भए तापनि विश्वको वस्तुगत परिस्थिति नै त्यो व्यवस्थाको विकासको पक्षमा थियो ।
सो भाषणमा ओबामाले क्युवाली क्रान्तिलाई प्रजातन्त्र–विरोधी र मानव अधिकारको मिचाइको रूपमा चित्रण गरे । हाम्रो राष्ट्रविरुद्ध आफूले गरेका अपराधहरूलाई जायज ठह¥याउन आजसम्मका संरा अमेरिकी प्रशासनहरूले, विनाअपवाद, पटक–पटक यही तर्कलाई दोहो¥याउँदै आएका छन् । हामीविरुद्धको नाकाबन्दी नै आमहत्याको रूप हो । संरा अमेरिकी बालबालिकाहरूले त्यही लाजलाग्दो नैतिकताको पाठ पढेको हामी हेर्न चाहन्नौँ ।
क्युवाविरुद्ध सैनिक हस्तक्षेप, प्लाट संशोधन (Platt Amendment) र आर्थिक उपनिवेश नलादिएको भए सायद सशस्त्र क्रान्ति हुने थिएन ।
सशस्त्र क्रान्ति साम्राज्यवादी थिचोमिचोको परिणाम थियो । देशमाथि द्वन्द्व लादेको भनेर हामीलाई आरोप लगाउन मिल्दैन । साँचो अर्थमा परिवर्तन त संरा अमेरिकामा ल्याउन सकिन्थ्यो र ल्याउन पथ्र्यो । एक शताब्दीअघि उत्पादक शक्तिको विकास हुनुभन्दा अगाडि दिनको आठघण्टे कामको माग लिएर त्यहीका मजदुरहरू नै त उठेका थिए ।
क्युवाली क्रान्तिका नेताहरूले मार्टिबाट सिकेको पहिलो कुरा हो, क्रान्ति गर्ने उद्देश्यले गठन गरिएको सङ्गठनप्रति विश्वास र त्यसैको तर्फबाट काम गर्ने । हामी पहिले पुरानै किसिमको सत्ताबाट बाँधिएका थियौँ । तर, क्रान्तिकारी सङ्गठन संस्थागत भएपछि हामी ९० प्रतिशत मतदाताहरूबाट निर्वाचित हुने गर्छाँै । यो क्युवामा परम्पराझैँ भइसकेको छ । यो प्रक्रिया भनेको अरूको जस्तो हास्यास्पद चुनावी संलग्नता र अझ भनौँ संरा अमेरिकाको जस्तो ५० प्रतिशतभन्दा कम मतदाताको मतले जित्ने प्रक्रियाभन्दा पूरै भिन्न छ ।
महत्वाकाङ्क्षा, अहम्, धोका र शक्तिको दुरूपयोग गरी निकै शक्तिशाली छिमेकीले लगाएको आर्थिक नाकाबन्दीको अवस्थामा कुनै पनि सानो मुलुक हामी जति आफ्नो अडानमा स्थिर रहन सक्दैनथ्यो होला । यसको विरोधमा बोल्नु भनेको हाम्रा वीर जनताको बुद्धिको अपमान गर्नु हुनेछ ।
मैले ओबामाको बुद्धि, तार्किक क्षमता र काम गर्ने नीतिप्रति प्रश्न उठाएको होइन । उनी कुशल वक्ता र आफ्ना चुनावी प्रतिद्वन्द्वीहरूभन्दा अगाडि छन् । प्रत्येक मङ्गलबारको चुनावी कार्यक्रममा उनको साथ आएर हौसला बढाउने उनकी पत्नी र साना छोरीहरूप्रति मेरो सहानुभूति छ । ती दृश्य साँच्चिकै राम्रा छन् । तर, केही अहम् प्रश्नहरू मैले उनलाई सोध्नैपर्छ । मैले ती प्रश्नका उत्तरको आशा गरेका छैन, मात्र पछिलाई रेकर्ड रहोस् भनेर म यी प्रश्न उठाउँदै छु ।
कुनै पनि बहानामा संसारको कुनै एक व्यक्तिलाई मार्न अमेरिकी राष्ट्रपतिले आदेश दिनु के सही हो ?
कुनै मानवलाई यातना दिने आदेश दिनु के संरा अमेरिकी राष्ट्रपतिका लागि नैतिकवान कार्य हो ?
संसारमा शान्ति ल्याउने नाममा संरा अमेरिकाजस्तो शक्तिशाली मुलुकले राज्य आतङ्क मच्चाउनु हुन्छ ?
एउटा देश, क्युवालाई सजाय दिने र अस्थिर बनाउने उद्देश्यले ल्याइएको ‘सुधार ऐन’ (Adjustment Act) का कारण निर्दाेष केटाकेटी र आमाहरूले ज्यान गुमाउनुपर्दा पनि के त्यो ऐन लागु गर्नु सही र सम्मानजनक कार्य हो ? यदि यो सही हो भने किन यही कुरा हाइटेली, डोमिनिकाली र क्यारिवियालीका अरू जनतामाथि लागु गरिएन ? किन मेक्सिको, मध्य र दक्षिण अमेरिकाका ती जनतामाथि लागु गरिएन जो मेक्सिकोको सीमा पर्खाल, आन्ध्र र प्रशान्त महासागरमा झिँगाझैँ प्रत्येक दिन मर्ने गर्छन् ?
अमेरिकी नागरिकहरूका लागि तरकारी, फलफूल, बदाम र अरू स्वादिष्ट परिकारहरू उपलब्ध गराउने प्रवासीहरूबिना के संरा अमेरिका चल्न सक्छ ? उनीहरूको सडक कसले बढार्नेछन्, घरेलु कामदारका रूपमा को बस्ने अनि कम ज्यालामा जोखिमपूर्ण र तल्लो स्तरको काम कसले गर्ने ?
संरा अमेरिकामा नै जन्मिएका बालकहरूलाई नै असर परे पनि गैरकानुनी आप्रवासीहरूमाथिको दमन के राम्रो हो ?
गरिब देशहरूबाट व्यक्तिहरू विदेश जाने वैज्ञानिक र बौद्धिक प्रतिभा पलायन (Brain-Drain) र प्रतिभा चोरीको कार्य के नैतिक र जायज हो ?
मैले लेखको सुरुमै उल्लेख गरेझैँ तपाईँले भाषणमा भन्नुभएको छ, “ओबामा महोदय, संरा अमेरिकालाई पश्चिमी गोलाद्र्धमा कुनै किसिमको वैदेशिक हस्तक्षेप सह्य छैन भनेर युरोपलाई निकै अघिदेखि अमेरिकाले चेतावनी दिएको हो । यो अधिकारलाई सुरक्षित राख्ने कुरामा जोड दिने पनि सयौँ जल, थल, वायु र अन्तरिक्ष सैन्य शक्तिको बलले संसारको कुनै पनि कुनामा हस्तक्षेप गर्ने अधिकार राख्छ । म सोध्न चाहन्छु, स्वतन्त्रता, प्रजातन्त्र र मानव अधिकारप्रति संरा अमेरिकाले देखाउने सम्मान शैली के यही हो ?”
बुशले भन्ने गरेका ६० भन्दा बढी ‘विश्वका अँध्यारा कुना’ हरूमा विभिन्न बहाना बनाई पहिले आक्रमण गर्ने अधिकार राख्नु (Pre-emplive Attacks) के जायज कार्य हो ?

आफ्नो निर्वाचन प्रचारका क्रममा ओबामा
संसारको जीवनलाई पटक–पटक ध्वस्त पार्न सक्ने विनाशकारी हतियार बनाउन सैन्य औद्योगिक संरचना (Military Industrial Complex) मा करोडौँ डलर लगानी गर्नु के सम्मानजनक कार्य हो ? के यो स्वस्थ मगजको उपज हो ?
हाम्रो देशलाई मूल्याङ्कन गर्नुभन्दा अघि ओबामा महोदय, तपाईँले एउटा कुरा बुझ्नुपर्छ । तपाईँको जस्तो शक्तिशाली देशको आर्थिक, व्यापारिक नाकाबन्दी र आक्रमण झेलेर पनि शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति र वैज्ञानिक कार्यक्रमहरू देशभित्र र विभिन्न गरिब देशहरूमा सञ्चालन गरिसकेको अरू देशका जनताप्रतिको ऐक्यबद्धतामा रगत बगाइसकेको क्युवाले कम स्रोतबाट पनि धेरै गर्नसक्छ भन्ने कुराको पुष्टि गरेको छ । हाम्रो निकट मित्रराष्ट्र सोभियत सङ्घले पनि हामीले जति सफलता प्राप्त गरेको थिएन ।
संरा अमेरिकाले अरू देशलाई गर्नसक्ने सहयोग भनेकै त्यहाँ सैन्य अधिकारीहरूलाई पठाउनेमात्र हो । उसले अरू कुनै पनि सहयोग दिन सक्दैन किनभने समस्यामा परेका मुलुकहरूमा राम्रो सेवा पु¥याउन अरूको लागि त्याग गर्न सक्ने व्यक्तिहरूको निकै कमी छ त्यहाँ । तर, क्युवाले निकै राम्रा संरा अमेरिकाका चिकित्सकहरूको सहयोग पाएको भुलेको छैन । त्यसमा ती व्यक्तिहरूको दोष छैन, उनीहरूमा त्यागको भावनाको विकास त्यो समाजले गर्दैन ।
हामीले अरू देशलाई सहयोग गर्दा त्यो देशको नीतिलाई प्रमुख आवश्यकता बनाएनौँ । न्यू ओर्लियन्स (New Orleans) सहरमा क्याट्रिना (Hurricane Katrina) आँधीले विध्वंश मच्चाउँदा हामीले संरा अमेरिकातिर सहयोगको हात बढाएकै हौँ । हाम्रो अन्तर्राष्ट्रिय स्वास्थ्य सेवाको नाम नै एक गौरवशाली अमेरिकी नागरिक हेनरी रिभ्स (Henry Reeves) को नामबाट राखिएको छ । हाम्रो प्रथम स्वतन्त्रताको युद्धमा रिभ्सले क्युवाली सार्वभौमिकताका लागि लडेर वीरगति प्राप्त गरेका थिए ।
हाम्रो क्रान्तिले अहिले दसौँ हजार चिकित्सक र स्वास्थ्य कार्यकर्ता सहायता कार्यमा खटाउन सक्छ । त्यति नै सङ्ख्यामा हामी शिक्षक र नागरिकहरू खटाउन सक्छौँ । उनीहरू कुनै पनि सहायता कार्यका लागि विश्वका जुनसुकै कुनामा जान तयार छन् : त्यहाँका जनताको अधिकार हनन गर्न र प्राकृतिक स्रोत लुट्न होइन– निःस्वार्थ मानवीय सहयोगका लागि ।
ती जनताका उच्च भावना र दृढताले दिने अल्याख सम्पत्तिलाई कुनै बैङ्कमा राख्न सकिन्न न त त्यो संसारको कुनै बैङ्कको भण्डारमा नै अट्छ । त्यो कुरा एउटा साम्राज्यको पाखण्डी राजनीतिबाट आश गर्न सकिन्न ।
फिडेल क्यास्ट्रो रुज
मे २५, २००८
साँझ १०ः३५ बजे
Reflections of Fidel
The Empire’s Hypocritical Politics
– Granma International
अनुवाद : सुवेग
Leave a Reply