मोदी समस्यामा !
- आश्विन ३०, २०८३
भक्तपुर ८, कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले बुधबार चाँगुनारायण नगरपालिका वडा नं ६, नगरकोट र वडा नं ७ बागेश्वरीको सिमानामा रहेको महादेव खोला मुहानपोखरीको स्थलगत अध्ययन गर्नुभयो ।
भक्तपुर जिल्लावासीलाई पानी खुवाउने प्रयोजनको निम्ति मल्लकालमै निर्माण गरिएको मुहानपोखरी प्रजातन्त्र र गणतन्त्र आएको यतिका वर्ष बितिसक्दा पनि विज्ञानसम्मतरूपमा कुनै सुधार नभएको विषय सरकारसम्म पु¥याउन स्थानीय जनताले सांसद सुवालको ध्यानाकर्षण गराउनुभयो । सो मुहानपोखरीबाट ल्याइएको पानी चानपा ४, छालिङ बाँसबारीस्थित रिजर्भ ट्याङ्कीमा सङ्कलन हुने व्यवस्था मल्लकालदेखिको हो । वर्षा मौसममा मुहानपोखरीको पानी बाँसबारीस्थित रिजर्भ ट्याङ्कीमा दुई घण्टामै भरिने हुँदा थप रिजभ्र्वायर ट्याङ्की बनाउनु जरुरी रहेको स्थानीय जनताको मत रहेको छ ।
नेपाल सरकारले सो मुहानपोखरीको सुधार गर्न नीति तथा कार्यक्रम र बजेटमा पटक-पटक समावेश गरे पनि कार्यान्वयन गर्नेतर्फ चासो नदिएको बारे स्थानीय जनताको गुनासो रहेको छ ।
सांसद प्रेम सुवालले तत्कालै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ र काउखालिका प्रमुख संजयविक्रम राणा र काउखालि भक्तपुरका प्रमुख हेम बुढाथोकीलाई फोनमार्फत खानेपानी समस्याबारे जनताको गुनासो सम्बोधन गर्न आग्रह गर्नुभयो ।
टोलीमा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजु र नेक्रायुसङ्घका अध्यक्ष मिनबहादुर बाटाको पनि सहभागिता थियो ।
Leave a Reply