मोदी समस्यामा !
- आश्विन ३०, २०८३
नागरिकका रूपमा जिऔँ, शासकका रूपमा शासन गरौँ, किसानका रूपमा खेती गरौँ, उद्योगी भएर कलकारखाना, उद्योग सञ्चालन गरौँ, मजदुरी गरौँ, कर्माचारी योजनाकारका रूपमा निर्णय गरौँ या पेसाकर्मीको रूपमा कुनै सेवा, शिक्षा, स्वास्थ्य, पर्यटन आदि क्षेत्रमा पेसाधर्म निभाऔँ । जे गरे पनि आखिर केका लागि ? के भए हाम्रो अभीष्ट पूरा हुन्छ र हामीलाई वास्तविक सन्तोष मिल्छ ? सफल जीवन र सुरक्षित भविष्य ? यसको उत्तर पक्कै पनि सफल जीवन र सुरक्षित भविष्य अर्थात् भावी पुस्तामा गएर नै पूरा हुने गर्छ । प्रकृतिले हर जीवनलाई यो धर्तीमा पुस्ता हस्तान्तरणको जिम्मेवारी र यसमा नै असीम सुख–शान्ति र सन्तोष दिएको छ । मनुष्य जाति यस कुरामा चुकेको देखिन्छ, वर्तमान सुखको लहड र ध्याउन्नमा भविष्यप्रति खेलबाड गर्ने र भावी पुस्तालाई ख्याल नराखी जिउने, निर्णय लिने र व्यवहार गर्ने प्राणी मान्छे नै देखियो । पशुपन्छी र बोटबिरुवाहरू जीवन जिउँछन् र पुस्तान्तरण गर्दछन् ।
यो जीवन जगतको विनास र अधोगति हुने काम मनुष्य जातिबाटै हुन गइरहेको विश्व इतिहास र कालखण्डहरूका प्रवृत्तिले देखायो एकातिर भने यसतर्फ सचेत सजग भएर धर्ती, वातावरण र भावी पुस्ताको रक्षा गर्न त्यसलाई नीतिगत रूप दिएर रूपान्तरण गर्ने प्रयास पनि अर्कोतिर हुँदै छ । सन् २०२३ को अक्टोबर १९ को बायो इथिक्स दिवसले भावी पुस्ताहरूको रक्षा, संरक्षणको मुद्दा उठाएर यसतर्फ चिन्तन, मनन, मन्थन र व्यवहारिक रूपान्तरणका लागि सबैलाई झकझकाएको छ । मानव मूल्य, मान्यता र अधिकारको विश्वव्यापी घोषणाको सो¥हौँ सिद्धान्तको रूपमा भावी पुस्ताहरूको संरक्षण भन्ने अवधारणा रहेको छ ।
यस विश्वमा अहिलेसम्म देखिएका विकास र आर्थिक उन्नति हावा, पानी, माटो, वनजङ्गलजस्ता प्राकृतिक स्रोतहरूमा आधारित देखिन्छ । यही हिसाबले यो प्रवृत्ति अगाडि जाने हो भने यो पृथ्वी झन्झन् बढी प्रदूषित हुँदै, कोलाहलपूर्ण हुँदै जाने, पर्यावरणीय विनास हुँदै जाने र यसमा साधनस्रोत रित्तिँदै जाने देखियो । यसै पृष्ठभूमिमा दिगो विकास अर्थात् विनासरहित विकासको अवधारणा सन् १९८७ मा अगाडि आएको हो । त्यस्तो विकास जसले वर्तमान पिँढीका अधिकार र आवश्यकताहरूलाई भावी पुस्ताको पनि ध्यान राख्दै पूरा गर्नसक्छ, यही नै यो युगको लागि चुनौती र आवश्यकता भएको छ । यस्तो वर्तमान र भावी दुवै पुस्ताका आवश्यकता र अधिकारहरूलाई रक्षा र सुनिश्चित गर्ने अनेकन अन्तर्राष्ट्रिय घोषणा र दस्तावेजहरूमा सन् १९९७ को रियो घोषणा एक उल्लेखनीय हो । जसको चौथो धारामा भविष्यप्रतिको वर्तमानका हाम्रो दायित्वको नीतिगत अवधारणा रहेको छ । यो विश्व र वातावरण वर्तमान पुस्ताले भावी पुस्तालाई विनाश नभएको अवस्थामा सुम्पनुप¥यो । विज्ञान र प्रविधिले विज्ञान र प्रविधिले मानिसका क्रियाकलाप र प्रवृत्तिलाई यसरी बदलिदियो कि यसले अहिलेका मानिसहरूको जीवन मात्र नभई भावी पुस्तालाई समेत गम्भीररूपमा प्रभावित पारेको छ । वर्तमान यथार्थ के भने, मानव जाति परस्पर एक आपसमा निर्भर र सम्बन्धित छन् एक ठाउँको वातावरणीय प्रकोपबाट अर्को क्षेत्र र पिँढीलाई असर गर्दछ ।
त्यसैले, हाम्रो एउटै मात्र पृथ्वी र यससँग जोडिएको हाम्रो अस्तित्वको चेतना महत्वपूर्ण हुँदै गएको छ । वर्तमानका मानिसहरूले जे जस्तो क्रियाकलाप गर्दछन्, त्यसले भावी पिँढीका मानिस र अन्य जीवनहरूको रक्षा र तिनका विकास र आवश्यकताको प्रत्याभूति हुनुपर्छ र यस हिसाबले आउने पिँढीको अधिकारप्रति वर्तमान पिँढीको जिम्मेवारी न्यायसङ्गत देखिन्छ । अबका दिनमा आवाजविहीन भावी पुस्ताको आवाज, सरोकार र कुरा उठाउने र त्यसको वकालत गर्ने एकाइ वा संयन्त्र क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा हुनुपर्ने अवधारणाको उजागर भएको छ । कुनै पनि निर्णय लिँदा यस्तो संयन्त्र जसले भावी पुस्ताको प्रतिनिधित्व गरोस् उनीहरूको आवाज अधिकार र सुरक्षाको प्रत्याभूति गरोस्, त्यस्तो संयन्त्रको स्थापना हुन थालेको छ ।
आधुनिक विकासे प्रविधिबाट उत्पादित खाद्यान्न प्रयोग गर्दा मानिसको स्वास्थ्य र जीवनमा पर्ने असर, जैविक वंशाणु प्रत्यारोपण किटनासक, प्रतिजैविकी एन्टिबायोटिक्सको अन्धाधुन्ध प्रयोग आदिले मानव, अन्य जीवन र वातावरणमा पर्ने असरले भावी पुस्ताको स्वास्थ्य र जीवनको बारेमा गम्भीर प्रश्नहरू खडा गरेको देखिन्छ । यस्तो अवस्थाबाट यदि स्वास्थ्य र जीवनमा गम्भीर प्रभाव पर्ने देखिएमा असरसम्म पर्खेर बस्न सकिँदैन । यथाशीघ्र यसतिर ध्यान दिएर कदम चाल्नुपर्ने आवाज र अवधारणा अगाडि आएको छ । एक व्यक्तिको जीवनमा हेर्ने हो भने, आफ्ना अभिभावक र ठूला मान्छेहरूबाट व्यवहार, संस्कार, कुनै कुराप्रति हेर्ने, बुझ्ने र व्यवहार र प्रतिक्रिया जनाउने प्रवृत्ति सिक्दछ । यस्ता अभिभावक पनि हुन्छन् जो एक हातले चुरोट पछाडि लुकाएर अर्को हातले आफ्ना सन्तानलाई नसा सेवन नगर्न चेतावनी दिन्छन् । आफू सामाजिक सञ्जाल, मोबाइलमा लिप्त भएर बच्चाहरूलाई भने किताब पढ्न र होमवर्क गर्न कुर्लन्छन् । आजभोलि हाम्रो जीवनशैली यस्तो भएको छ कि व्यायाम र सामाजिक जीवन न्यून हुन्छ । दिन र रातको चक्र गिजोलिएको छ र यस परिस्थितिमा पनि हामी भविष्य भने सभ्य, सुरक्षित, खुसी र प्रगतिशील होस् भन्ने चाहना राख्दछौँ । प्रश्न यो छ कि हाम्रा सन्तान र भावी पुस्ता हामीले चाहेजस्तै सुरक्षित र खुसी हुन सक्छन् कि सक्दैनन् ।
हाम्रो व्यक्तित्व र व्यवहारबाट प्रभावित भएर मनोवैज्ञानिक, सामाजिक, जैविक, समग्ररूपमा रूपान्तरित र प्रकट हुने हुन् मानव भविष्य, हाम्रा सन्तान । हामी वर्तमान पिँढीले नै भावी पुस्तालाई व्यवहार, प्रवृत्ति र संस्कारसहित साधनस्रोत दिने हो । हामी कस्तो प्रवृत्ति, व्यवहार, संस्कार दिँदै छौँ सामाजिकरूपमा वर्तमान पुस्ताले आफ्ना सन्तानलाई तनाव दिँदै छ कि सहारा, भरोसा दिँदै छ । हाम्रा व्यवहार र प्रवृतिबाट भावी पुस्ता के देखेर सिकेर कस्तो मनोवृत्ति र व्यवहार अँगाल्दै छन् सँगसँगै जैविक प्रक्रियाहरू पनि शरीर र मस्तिष्कमा स्वतं चल्दछन् जसले स्नायु कोष, वंशाणुको तहसम्म प्रभाव र असर पार्दै वर्तमान पिँढीको स्वास्थ्यको तय हुन जान्छ । अहिलेको पुस्ताको व्यवहार, प्रवृत्ति र संस्कारले आउने पिँढीको व्यवहार, प्रवृत्ति र संस्कार प्रभावित हुँदै जाँदा हामी भावी पुस्तालाई कस्तो व्यवहार, प्रवृत्ति र संस्कार दिँदै छौँ, जिउने आधार यो धरती कुन अवस्थामा छाडेर जाँदै छौँ, स्वास्थ्यको स्थिति कस्तो रहने हालमा हस्तान्तरण गर्दै छौँ ?
मानसिक रोग धेरै मानिसलाई लाग्छ । रोग लागेमा आवश्यक पर्ने उपचार, व्यवस्थापन र सेवाहरू तथा यसका रोकथामका आवश्यक पूर्वाधारहरू केकस्तो तयारी हालमा छाड्ने छौँ । गम्भीर प्रकृतिका मानसिक रोग लागेमा एकातिर तिनका सन्तान प्राप्तिको चाहना मानवअधिकारको रूपमा भने अर्कोतिर सन्तानलाई रोग हुने उच्च खतरा नीतिगत अन्योलबिचमा व्यावहारिक निर्णय टड्कारो तेर्सिन्छ । कृतिम बुद्धि, मस्तिष्कमा चिपको प्रत्यारोपण, डिजिटल लत यस्ता गम्भीर चुनौतीहरूका रूपमा आएका छन्, जुन स्वास्थ्यको पर्याप्त चेतना, स्रोत र आवश्यक तयारीबिना अहिलेको पिँढीले झेल्नुपरेको देखिन्छ । यसले भावी पुस्ताको मन, मस्तिष्क र जीवनलाई गम्भीररूपमा प्रभावित पार्ने निश्चित छ । यस्तो अवस्थामा भावी पुस्ताप्रति जिम्मेवार शिक्षा, अनुसन्धान र प्रविधिको अवधारणा आवश्यक भएको छ । व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय, सबै तह र तप्का, आ–आफ्नो तर्फबाट भावी पुस्ताप्रतिको कर्तव्य र जिम्मेवारीलाई व्यावहारिक हिसाबले अवलम्बन गर्ने सवालमा देखापरेका चुनौतीहरू चिर्दै कसरी समाधान हासिल गर्न सकिन्छ भन्नेतर्फ यस घोषणाको धारा १६, सन् २०२३ को बायो इथिक्स दिवसको नाराले सबैलाई झकझकाएको छ । आफ्नो जीवन सफल, सुखद र सुरक्षितरूपमा जिएर भावी पुस्तालाई पनि त्यस्तै र अझ बेहत्तर जीवन जगतको आधार निर्माण गर्न सकोस् भन्ने शुभकामना छ ।
Leave a Reply