विश्व अशान्त हुनुको मुख्य कारण संरा अमेरिका
- आश्विन ३०, २०८३
देशका कामदार जनता स्वतन्त्र र मुक्त नभएसम्म साँच्चै कामदार जनताले स्वतन्त्रता र मुक्ति पाउँदैनन् । संसारका श्रमजीवी जनता सामन्तवादी र पुँजीवादी व्यवस्थाको विरोधमा लड्छन्; नयाँ र पुरानो उपनिवेशवाद तथा विस्तारवाद र साम्राज्यवादको विरोधमा लड्छन्, लडिरहेका छन् । जनताको त्यो आन्दोलनबाट लेखक, कवि, कथाकार, निबन्धकारहरूले आ–आफ्नो साहित्यमा कोर्छन् र जनतालाई अझ सुसूचित पार्ने काम गर्छन् । जनताका साहित्यकार या माक्र्सवादी साहित्यकारहरू आफ्नो जिम्मेवारीबाट अलग हुन चाहँदैनन् । बिहीबारदेखि सुरु भएको ४३ औँ नेपालभाषा साहित्य तः मुंज्यामा वाचित कथा, कविता, निबन्धमा त्यस्तै स्वर र आवाज पाइयो । लेखक, कवि, कथाकारहरू आफ्नो देशका जनताको समस्यामात्र होइन अरु देशका जनताको सङ्घर्षलाई पनि उजागर गर्छन् र समर्थन गर्छन् । तःमुज्यामा प्रगतिशील साहित्यकारहरूले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मानवविरोधी, सार्वजनिक जग्गा निजी बनाउने ललिता निवास प्रकरण, देशघाती एमसीसी सम्झौता आदि सवालमा विषय उठाएर सरकारलाई खबरदारी गरे भने जनतालाई सुसूचित पार्ने काम गरे । मजदुर, किसान र क्रान्तिकारी जनता जसरी अन्तर्राष्ट्रवादी हुन्छन् त्यसरी नै साहित्यकारहरू पनि अन्तर्राष्ट्रवादी हुन्छन् ।
साहित्यले जनताको सेवा गर्नुपर्छ । साहित्य मजदुर, किसान या श्रमजीवी वर्गको पक्षमा हुनुपर्छ । प्रगतिशील या माक्र्सवादी साहित्यकारहरू श्रमजीवीवर्गकै पक्षमा साहित्य लेख्छन् र जनतालाई सुसूचित पार्छन् । तर, पुँजीवादी लेखक, कवि, कलाकार, कथाकार, समालोचक, विश्लेषकहरू पुँजीपतिवर्ग या पुँजीवादी व्यवस्थाको पक्षमा कलम कोर्छन् । तिनीहरू जनताको साहित्यलाई राजनीतिक प्रचार या पार्टी प्रचार भनी विरोध गर्छन् । यसरी शोषक, सामन्त, पुँजीपति, प्रतिक्रियावादी, जालीफटाहा, ठग, भ्रष्टाचारी, कालाबजारीहरूको पक्षमा लेख्ने साहित्यकारहरूलाई जनतामाझ उदाङ्ग्याउने काम पनि यस्तै नेपालभाषा साहित्य तःमुंज्या र अन्य साहित्यिक मञ्चमा हुन्छ । तःमुंज्यामा वाचित साहित्य देश विदेशको समसामयिक विषयमा केन्द्रित रह्यो । साहित्यकारहरूले ललिता निवास, भुटानी शरणार्थी प्रकरण, एमसीसी सम्झौता, नागरिक विधेयकमा केन्द्रित रहेर रचना गरे । तःमुंज्यामा वाचित सबैजसो कविता, कथा, निबन्धमा जनताका आला घाउ र देशको पीडाको विषयमा केन्द्रित रह्यो । अतिथि लेखक, समालोचक र कविहरूले पनि सत्तासीन दलका नेताहरूको मनपरी शासन, भ्रष्टाचार र अनियमितताको विरोधमा साहित्य वाचन गरे† दीनहीनको पक्षमा साहित्य लेखे । नेपालभाषा साहित्य तःमुंज्याको यो विशेषता नै हो ।
नेपालभाषा साहित्य तःमुंज्यामा हजारौँ दर्शकहरू देखिए । श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने यो तःमुंज्यामा साहित्यप्रेमी, कवि, कथाकार, लेखक, समीक्षक, निबन्धकारबाहेक किसान, मजदुर, युवा, विद्यार्थी, महिला, शिक्षक, व्यापारी, व्यवसायी, बुद्धिजीवी, कर्मचारी, स्वास्थ्यकर्मी, कलाकारहरूको व्यापक सहभागिता देखियो । यो तःमुंज्याको अर्काे विशेषता हो । दुई दिन चल्ने सो तःमुंज्यामा तीन दर्जनभन्दा बढी विभिन्न विषयका ज्ञाता अतिथिहरूको सहभागिता हुन्थ्यो । उनीहरू आ–आफ्नो अनुभव, ज्ञान स्रोता (जनता) समक्ष राख्थे । पहिलो दिनको तःमुंज्यामा कानुनविद्, संविधानविद्, सीमाविद्, जलस्रोतविद्, चिकित्सक, विभिन्न विषयका इन्जिनियर, समालोचक, लेखकहरू सहभागी भएर आ–आफ्नो विषयको विचार व्यक्त गरे । सीमा अतिक्रमणको विरोध भयो । देशको नदीनालामा भारतले आँखा गाडेकोमा विरोध भयो । साहित्य सोंखको निम्ति होइन, जनताको सेवाको निम्ति हुनुपर्ने चर्चा परिचर्चा गरियो । यो अर्काे तःमुंज्याको विशेषता मान्न सकिन्छ । यसरी नेपालभाषा साहित्य तःमुंज्याले जनताको विश्वास जितेको छ । जनताको विश्वास, साथ र सहयोगमा तःमुंज्या जनतासामु परिचित भइसकेको छ । तःमुंज्याको अर्काे विशेषता सम्मान कार्यक्रम पनि हो । तःमुंज्यामा पहिलो दिन इन्जिनियर, शिक्षासेवी र जनगायकको सम्मान भयो । यसरी नेपालभाषा साहित्य तःमुंज्या जनताको विश्वास जित्दै एकपछि अर्काे परिस्कृत, परिमार्जित भई जनतामाझ उभेको छ । तःमुंज्या जनताको विश्वासिलो दबु बनेको छ ।
Leave a Reply