नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
२०४८ सालदेखि भक्तपुर क्षेत्र नं. १ बाट लगातार प्रतिनिधिसभा (व्यवस्थापिका) मा जित्नै आउनुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले यो पटक प्रतिनिधिसभाको लागि उम्मेदवारी दिनुभएन । नेमकिपाले बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा पनि उहाँको नाम समावेश छैन ।
पार्टी कार्यकर्ताहरू, पत्रकार, बुद्धिजीवी एवं सर्वसाधारणले त्यस विषयमा चासो व्यक्त गरेका छन् । सो सम्बन्धमा नेमकिपा अध्यक्ष बिजुक्छेंसँग बुझ्दा उहाँले नयाँ पुस्ताको प्रस्तुति राम्रो र उत्साहप्रद भएकोले पार्टीका नयाँ कार्यकर्तालाई अघि बढाउन आफूले उम्मेदवारी नदिएको बताउनुभयो ।
स्वास्थ्यसम्बन्धी कुनै समस्या भएकोले उम्मेदवारी नदिएको नभई सक्षम नयाँ पुस्तालाई अघि बढाउन उम्मेदवारी नदिएको उहाँले प्रस्ट बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले राजनीतिमा सन्यास लिएको होइन, पार्टी अध्यक्षको जिम्मेवारीमा त छँदैछु, झन् सक्रिय भएर राजनीतिमा लाग्नेछु ।’
प्रतिक्रियावादी तथा नक्कली र संशोधनवादी कम्युनिष्टहरूसँग सैद्धान्तिक सङ्घर्षलाई अझ जोड दिएर लाग्नेछु, उहाँले भन्नुभयो । अध्यक्ष रोहितले उमेर महत्वपूर्ण नभई विचार नै हुने बताउनुभयो ।
Leave a Reply