यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
इजरायल र प्यालेस्टाइनबिचको युद्ध नयाँ होइन । सन् १९४८ मा इजरायल स्थापना हुनुभन्दा अघि यहुदीहरूको राज्य थिएन । अमेरिका र बेलायतको सहयोगमा इजरायल राष्ट्र बनाइएको थियो । प्यालेस्टिनीमाथि जस्तोसुकै अन्याय भए पनि अमेरिका सधैँ इजरायलको पक्षमा उभिएको थियो । प्यालेस्टाइनलाई १९४ औँ स्वतन्त्र राष्ट्र घोषणा गर्न प्यालेस्टिनी राष्ट्रपति महम्मुद अब्बासले राष्ट्र सङ्घको ६६ औँ महासभामा प्रस्ताव राखेका थिए । अमेरिकाले भिटो प्रयोग गरी उक्त प्रस्तावलाई स्वीकृति दिएन । प्यालेस्टाइन देशमा प्यालेस्टिनीहरू राज्यविहीन बनाइयो । अहिले प्यालेस्टिनीहरूको आन्दोलन या सङ्घर्ष भनेको प्यालेस्टाइन राज्य स्थापना हो ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रुसले युद्धविराम गराउन प्रस्ताव पेस गरेको थियो । उक्त रुसी प्रस्तावलाई अमेरिका, बोलायत, फ्रान्स र जापानलगायतका देशले विफल बनाएका थिए । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेर्रेसले पनि युद्धविराम गरी गाजाबासीको जीवन सुरक्षाको निम्ति इजरायललाई आग्रह गरेका थिए । तर, इजरायलले उक्त आग्रहलाई स्वीकार गरेन । युद्ध विराम गर्न इजरायललाई विश्वव्यापी दबाब बढेको छ । इजरायली आक्रमणको विरोधमा विभिन्न मुलुकमा विरोध प्रदर्शन तथा सभा भइरहेका छन् । राज्यविहीन बनाइएका प्यालेस्टिनीहरूले अधिकारको निम्ति लड्नु बाहेकको अर्को बिकल्प पनि छैन । त्यसैले, प्यालेस्टिनीहरूको राज्य फिर्ताको आन्दोलन चालु भइरहनु स्वाभाविक छ ।
युद्ध चर्किरहेको बेला अमेरिकी राष्ट्रपति जो बाइडेन इराजयलमा गए र इजरायललाई सहयोग गर्ने घोषणा गरे । त्यस्तै बेलायतका प्रधानमन्त्री ऋषि सुनक पनि इजरायल पुगे र इजरायललाई सहयोग गर्ने वाचा गरे । यसरी विश्वमा आतङ्क मच्चाउने अमेरिका र बेलायतजस्ता शक्तिशाली देशहरू इजरायलको पक्षमा गए । इजरायलका प्रधानमन्त्री बेन्जामिन त्यतान्याहु पनि प्यालेस्टिनी जनताप्रति कठोर छन् । अमेरिकी विश्वासपात्र न्यतान्याहु प्यालेस्टाइनमा दमन गरेर प्यालेस्टिनीहरूलाई दबाएरै छाड्ने पक्षमा छन् । इजरायल र प्यालेस्टाइनबिचको यो युद्धमा दुवै पक्षको क्षति भएको छ । त्यसमध्ये बढी क्षति प्यालेस्टिनीतर्फ भएको छ ।
इजरायली सेनाको भिषण बमबारी र क्षेप्यास्त्र आक्रमणबाट गाजा क्षेत्रस्थित हमासको प्रशासनिक मुख्यालयदेखि धेरै भौतिक संरचना ध्वस्त भइसकेको छ । हजारौँ प्यालेस्टिनीले आफ्नो ज्यान गुमाएका छन् । गाजाको अस्पतालमा हवाई आक्रमण हुँदा अस्पतालमा रहेका बिरामी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको ज्यान गएको थियो । यस्तो स्थितिमा पनि अमेरिका र बेलायत एकतर्फी ढङ्गले इजरायलको पक्षमा उभेका छन् । विश्वमा शान्ति कायम गर्ने, शान्ति छर्ने संयुक्त राष्ट्रसङ्घले अमेरिका र बेलायतलाई ठाउँमा राख्न सकेको छैन । बेलायत र अमेरिकाले भनेझैँ संयुक्त राष्ट्रसङ्घ बसिरहेको छ । विश्वमा शान्ति छर्ने संयुक्त राष्ट्र सङ्घ कुनै शक्तिशाली देशको पक्षमा उभिनु उचित होइन । यसकारण, यो बेला यी दुई देशको युद्ध विराम अन्त्य गर्न अन्तर्राष्ट्रिय मध्यस्थता जरुरी छ । संयुक्त राष्ट्रसङ्घले इजरायललाई आग्रह होइन दबाब दिनुपर्छ । युद्ध विराम गर्नुपर्छ ।
Leave a Reply