नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
गाजा, ५ नोभेम्बर (टेलेसुर) । हमासमाथि आक्रमणको नाममा इजरायलले गाजाका अस्पताल र विद्यालयमा बम प्रहार गरेको छ ।
अन्तर्राष्ट्रिय मानवीय कानुनको अवहेलना गरी इजरायली सेनाले गरेको बम विस्फोटको लक्ष्यमा आवासीय क्षेत्र, विद्यालय र मस्जिदहरू समावेश छन् ।
गाजा सहरको पश्चिमी भागमा अवस्थित अल–नासर बाल चिकित्सा अस्पताल आज इजरायली हवाई आक्रमणमा परेको थियो । बम विस्फोटका कारण अस्पतालको आँगनमा ठूलो आगो लागेको थियो, जुन केही घण्टासम्म नागरिक रक्षा टोलीले निभाउन सकेन ।
अस्पतालको सौर्य ऊर्जा प्रणालीमा भर परेको वृद्धवृद्धा पुनः स्थापना केन्द्र विस्फोटबाट भएका सुविधाहरूमा ठूलो क्षति पुगेपछि विद्युत्विहीन बनेको छ ।
सोही दिन इजरायली लडाकु विमानहरूले गाजा सहरको अल–वाफा अस्पतालमा रहेको बिजुली जनरेटरमा बमबारी गरेका थिए । आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।
यसैबीच, उत्तरी गाजापट्टीको अल फजुरा विद्यालय पनि इजरायली हवाई आक्रमणमा परेको थियो । यो गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविर जबलिया शिविरमा रहेको संयुक्त राष्ट्रद्वारा सञ्चालित विद्यालय हो, जुन विगत सात दिनदेखि शृङ्खलाबद्ध आक्रमणको निशाना बनेको छ ।
विद्यालयले प्रचलित हिंसाका कारण आफ्नो घर छोडेर भागेका हजारौँ प्यालेस्टिनीहरूको लागि आश्रयको रूपमा सेवा गरिरहेको थियो ।
इजरायली हवाई सेनाले अल–शिफा अस्पताल वरपरको एम्बुलेन्सको समूहमा आक्रमण गरेको थियो । जुन आक्रमणमा परी दसभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै ६० जना घाइते भएका थिए ।
आवासीय क्षेत्र, विद्यालय र मस्जिदहरू बमबारीको निशानामा परेका छन् । यी कार्यहरू, अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन हो, जसले स्वास्थ्य सुविधाहरूमा जानाजानी आक्रमणहरूलाई स्पष्टरूपमा निषेध गर्दछ, युद्ध अपराध मानिन्छ ।
अरब लीगको २२–सदस्यीय विधान सभाले ‘बालबालिका, महिला र वृद्धवृद्धाहरूलगायतका नागरिकहरूविरुद्ध गरिएको नरसंहारको अनुहारमा लाजमर्दो मौनता’ र साथै ‘अपराधीहरूको जवाफदेहीताको अभाव’ को निन्दा गरेको छ । सबै अन्तर्राष्ट्रिय र मानवीय मान्यताहरूको अवहेलना भइरहेको छ ।
अरब संसद्ले आज संयुक्त राष्ट्र मानवअधिकार निकायलाई गाजाको नागरिक जनसङ्ख्या विरुद्ध इजरायलको युद्ध अपराधको छानबिन गर्न अन्तर्राष्ट्रिय आयोग गठन गर्न आह्वान गरेको छ र इजरायलले प्यालेस्टाइन क्षेत्रमा नरसंहार गरिरहेको छ भनी निन्दा गरेको छ ।
Leave a Reply