भर्खरै :

नेपालको विद्युत् गुरुयोजना विदेशमा बनाउने किन ?

नेपालको विद्युत् गुरुयोजना विदेशमा बनाउने किन ?

काठमाडौँ, १९ कार्तिक । जाइकाको आर्थिक सहयोगमा नेपालको एकीकृत विद्युत् गुरूयोजना जापानमै तयार हुने समाचार प्रकाशित हुँदा स्वाभिमानी नेपालीलाई चोट लाग्नु स्वाभाविक हो । यसको लागि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, सहसचिव मधुकुमार मरासिनी, विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका सचिव गोकर्णराज पन्थ, नेपाल विद्युत् प्राधिकरणका प्रदिपकुमार थिकेसहितको टोली जाइकाको आमन्त्रणमा जापान जाँदै छ । टोलीले जापानका विज्ञहरूसँग नेपालको विद्युत् गुरूयोजनाबारे छलफल गर्नेछ ।
के नेपालको जलविद्युत् गुरूयोजना तयार गर्न जापानको विज्ञ चाहिन्छ र ? के नेपालका इन्जिनियरिङ कलेजका प्राध्यापकहरू विज्ञ होइनन् र ? के इन्जिनियरिङ कलेजको एकसेएक उत्कृष्ट विद्यार्थीको सहयोगमा नेपालको विद्युत् योजना तयार गर्न मिल्दैन र ? नेपालका प्रम, मन्त्री र उच्च अधिकारीहरू विदेशीको पैसामा हवाईजहाज चढ्न किन रमाउँछन् ?
के नेपालका प्रम, मन्त्री र सरकारी उच्च अधिकारीहरू जाइकाको आमन्त्रणमा जापान भ्रमण गर्ने र डलर भत्ता खाने मेसो बनाउँदै छन् सरकारहरू ? के नेपाललाई युद्ध सरदारहरूको नवउपनिवेश बनाउन चाहेको हो र ? होइन भने संसारका विशेषज्ञहरूमध्ये केहीलाई नेपालमा बोलाएर सुझाव लिने र नेपाल आफैले विद्युत् गुरूयोजना किन नबनाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *