भर्खरै :

चिनियाँ समाजलाई ओझेलमा पार्ने अमेरिकी अभिजात वर्गको प्रयास असफल हुनेछ

चिनियाँ समाजलाई ओझेलमा पार्ने अमेरिकी अभिजात वर्गको प्रयास असफल हुनेछ

संरा अमेरिकाले चीनसँग दमनकारी, चिसो सम्बन्ध निर्माण गर्न र गम्भीर द्वन्द्वलाई चर्काएर चीनको विकासमा बाधा पु¥याउन चाहेको कुरा झन्झन् स्पष्ट हुँदै गइरहेको छ । संरा अमेरिकाले यस्तो रणनीतिक योजना बताउनु चीनका लागि साँच्चै दीर्घकालीन र महत्वपूर्ण चुनौती हुनेछ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार एसियाको अर्को यात्रा सुरु गरे, इजरायल र त्यसपछि जी–सात समूहका सदस्य देशका विदेशमन्त्रीहरूको बैठकको लागि टोकियो र दक्षिण कोरिया र भारतमा रोकिए । यसले संरा अमेरिकाको “अन्य विश्वव्यापी चुनौतीहरूको बिचमा पनि इन्डो–प्यासिफिक (हिन्द–चीन) क्षेत्रप्रतिको स्थायी प्रतिबद्धता र ध्यान केन्द्रित गरेको देखाउँछ,“ पूर्वी एसियाली तथा प्रशान्त मामिलाका सहायक सचिव डेनियल क्रिटेनब्रिंकले बिहीबार भने ।
साथै बिहीबार अमेरिकी ट्रेजरी सेक्रेटरी (अर्थमन्त्री) जेनेट यालेनले चीनसँगको अमेरिकी आर्थिक सम्बन्धले मानवअधिकार र राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्नुपर्ने बताइन् । उनले भनिन् कि वाशिङ्गटनले चीनबाट ‘सम्बन्ध विच्छेद’ खोजेको होइन, तर एसियाका ‘विश्वसनीय देशहरू’ सँग सम्बन्ध सुदृढ गर्दै घरेलु लगानी गरेर विविधीकरण गर्न चाहेको छ । “हामीले यी सहयोगी र साझेदारहरूसँग साझा गर्ने मूल्यहरूमा आधारित विश्वको दर्शन अगाडि बढाएका छौँ,” यालेनले संरा अमेरिका र चीनबिच ‘स्वस्थ र स्थिर आर्थिक सम्बन्ध’ को आवश्यकतालाई पनि उल्लेख गर्दै थपिन् ।
“जब हामीले आर्थिक उपकरणहरू प्रयोग गरेर राष्ट्रिय सुरक्षा कार्यहरू लिन्छौँ, हामी त्यसो गछौँ सङ्कुचितरूपमा लक्षित तरिकाहरूमा, जस्तै राष्ट्रपति बाइडेनको बाह्य लगानीमा कार्यकारी आदेश, हाम्रो राष्ट्रिय सुरक्षा लक्ष्यहरू पूरा गर्ने उद्देश्यले, चीनको वृद्धिलाई रोक्न नदिने,“ उनले भनिन्
चीन र अमेरिकाले दशकौँदेखि उच्च रणनीतिक र जटिल खेलहरूको सामना गरिरहेका छन् । अमेरिकासँग प्राविधिक सीढीको शीर्षमा हुनु र लगभग सम्पूर्ण विकसित विश्वलाई सहयोगीको रूपमा राख्नुका साथै चीनका केही छिमेकी देशहरूका लागि बलियो तान्नुको फाइदा छ ।
चीन र संरा अमेरिकाबिच सैन्य घर्षणको जोखिम छ, तर चीनको सैन्य शक्तिको समग्र सुदृढीकरण, विशेषगरी यसको आणविक हतियारको विस्तारसँगै वाशिङ्गटनको चीनसँग ठूलो मात्रामा सैन्य सङ्घर्षको डर बढ्दै गएको छ । चीनले पक्कै पनि आफ्नै सैन्य सुरक्षा सुनिश्चित गर्नेछ । जबसम्म हामीले हाम्रो सैन्य निर्माणलाई बलियो बनाइरहन्छौँ र बलियो राष्ट्रिय रक्षा रणनीति कायम राख्छौँ, चीनको राष्ट्रिय सुरक्षा सैन्य रूपमा सुनिश्चित हुन्छ र अमेरिकासँग यस सम्बन्धमा चीनलाई पराजित गर्ने क्षमता स्पष्ट रूपमा छैन ।
चीन र संरा अमेरिकाबिचको सस्पेन्स अमेरिकाले चीनको अर्थतन्त्रको इन्जिन बन्द गर्न सक्छ कि सक्दैन भन्नेमा आधारित छ । अमेरिकी अभिजात वर्गहरू यसका लागि आशावादी छन् र तिनीहरू उच्च–प्रविधि क्षेत्रहरू र व्यापार विविधीकरणको सन्दर्भमा ‘डिकपलिङ्ग’ (सम्बन्ध विच्छेद) बारे धेरै उत्साहित छन् । यद्यपि, तिनीहरू यी उपायहरूले काम गर्नेछन् कि छैनन् भनेर गहिरो अनिश्चित छन्, त्यसैले त्यहाँ धेरै निराशावादीहरू छन् ।
यसको कारण हो–चीन एक अद्वितीय देश हो जसमा चिनियाँ कम्युनिष्ट पार्टीको बलियो नेतृत्व छ र चिनियाँ समाज धेरै गतिशील र एकताबद्ध छ । संरा अमेरिकाले धेरै देशहरूलाई प्रतिबन्ध लगाएको छ, जसले ती देशहरूमा मुद्रा अवमूल्यनजस्ता समस्याहरू निम्त्याएको छ, र यसले सजिलै अन्य समस्याहरूको श्रृङ्खला सिर्जना गर्न सक्छ । तर चीनको अवस्था एकदम फरक छः यसको आर्थिक आकार संरा अमेरिकाकोभन्दा बलियो छ र क्रयशक्ति समानता सर्तहरूमा यसको जीडीपी पनि उच्च छ ।
त्यसैले अमेरिकाले आर्थिक प्रतिबन्ध र बजार परिवर्तनमार्फत चीनलाई गम्भीररूपमा प्रभाव पार्ने आफ्नो लक्ष्य हासिल गर्न सक्दैन ।
संरा अमेरिकाले चीनसँगको व्यापार युद्ध, उच्च प्रविधि उत्पादनमा करवृद्धि र व्यापक नाकाबन्दीलगायत सबै चालहरू प्रयोग गरेको छ । तर समग्रमा चीन अझै अडिग छ । चीनको अर्थतन्त्रमा कम मात्र मन्दी देखिएको छ तर त्यसमा पनि सबैभन्दा ठूलो कारण भनेको कोभिड–१९ महामारी, घरजग्गाको बबल र अन्तर्राष्ट्रिय बजारमा समग्र कमजोर मागजस्ता मुद्दाहरू कारण हुन् । यो चीनविरुद्धको अमेरिकी रणनीतिको कार्यान्वयन कतिको सान्दर्भिक हुन्छ भन्न गा¥हो छ ।
तर, चीनको अर्थतन्त्रलाई दबाउन खोज्नुबाहेक संरा अमेरिकाले अरू केही गर्न सक्दैन । केही अमेरिकी सम्भ्रान्तहरू पक्कै सोच्छन्, कसरी चीनमा ‘रङ्गीन क्रान्ति’ ल्याउन सकिएला भनी । यद्यपि, चिनियाँ प्रणालीको सावधानीका कारण, त्यो लगभग असम्भव हुनेछ ।
तसर्थ, दीर्घकालीन रूपमा चीनको आर्थिक र सामाजिक विकास चीन र अमेरिकाबिचको भावी सङ्घर्षको केन्द्रबिन्दु हो । के औंल्याउन आवश्यक छ भने चीनको भविष्यको विकास मुख्यतया चिनियाँ जनतामा निर्भर छ र अमेरिकाले ‘बाह्य’ भूमिका मात्र खेल्न सक्छ । चीनको अर्थतन्त्रमा ठूलो सम्भावना छ । संरा अमेरिकाले यसलाई हटाउन सक्दैन यसबाट उ धेरै डराएको छ । वाशिंगटनले के गर्न सक्छ ? तर्साउने, हस्तक्षेप गर्ने, समस्या सिर्जना गर्ने र विभिन्न जालहरू रच्ने हो ।
संरा अमेरिकाको यही चाल वास्तवमा चीनको सबैभन्दा ठूलो रणनीतिक लाभ हो । संरा अमेरिकाको बाह्य हस्तक्षेप वा त्यसको बाधाको अधीनमा बसेर कुरालाई खलबलाउनुको सट्टा हामीले रणनीतिक दृढ सङ्कल्प गर्नुपर्छ, आफ्नो काममा ध्यान केन्द्रित गर्नुपर्छ र आर्थिक तथा सामाजिक विकासका नियमहरूअनुरूप सबै क्षेत्रमा चीनको विकासलाई दृढतापूर्वक अघि बढाउनुपर्छ ।
जबसम्म हामीले त्यसो गर्न सक्छौँ, संरा अमेरिकाले सामान्य रणनीतिक प्रवृत्तिलाई अपहरण गर्न खोजिरहनेछ । यस्तो देखिन्छ कि एसिया र विश्वभर यसका धेरै प्यादाहरू छन् र तिनीहरू सँगै शक्तिशाली हुन सक्छन् । तर वास्तवमा चीन–संरा अमेरिका खेलमा चिनियाँ जनताको पहल बढी महत्वपूर्ण छ । यस्तो किनभने जबसम्म चीनको विकास र वृद्धि जारी रहन्छ, चीनलाई नियन्त्रणमा राख्ने अमेरिकाको रणनीति आफैँ परिवर्तन हुनेछ र संरा अमेरिका एकैबाजी समाप्त नभएपनि बिस्तारै पतन हुनेछ ।
केही अमेरिकी सम्भ्रान्तहरू चीनले वाशिङ्गटनको रणनीतिक आक्रमणको सामना गर्न र राष्ट्रिय सुरक्षालाई चीनको आन्तरिक मामिलाको केन्द्रीय विषय बन्न प्रयास गरेको हेर्न चाहन्छन् । तिनीहरू चिनियाँ समाजले बिस्तारै लचिलोपन गुमाएको र हाम्रो समाजको तल्लो तहको लागि पर्याप्त स्वतन्त्रता गुमाएको हेर्न चाहन्छन् । तिनीहरू बजार अर्थतन्त्रको सामान्य वातावरण गम्भीर रूपमा विकृत भएको हेर्न चाहन्छन् । यो महत्वाकाङ्क्षी सोचमात्र हो ।
अमेरिकीविरुद्धको सङ्घर्षमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको मुख्य युद्धभूमि कहाँ छ भनेर पत्ता लगाउनु हो ताकि अमेरिकी अभिजात वर्गले गरिरहेको चिनियाँ समाजलाई ओझेलमा पार्ने प्रयास पूर्णतया असफल होस् । मेरो सुझाव त चिनियाँ जनताले हाम्रो समाजको जीवन्तता र जोशको वास्तविकताले वाशिङ्गटनको अनुहारमा जवाफ दिन र चीनसँग ‘नयाँ शीतयुद्ध’ लड्न चाहने घमण्डी भई दुई देशको न्यानो सम्बन्धलाई निराशामा पठाउने अमेरिकी चरम सम्भ्रान्तहरूलाई कडा सन्देश पठाउन आवश्यक छ ।
(लेखक चीनका सञ्चार विश्लेषक हुन् ।)

– ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *