भर्खरै :

जनतामा परिवर्तनको अनुभूति हुनुपर्छ

जनतामा परिवर्तनको अनुभूति हुनुपर्छ

साना फूल व्यवसायीमाथि विवादस्पद निर्णय किन र कसको लागि ? वर्तमान समयमा फूलको प्रयोग विश्वभरका अन्तर्राष्ट्रिय विमानस्थल, होटल, रेष्टुरेन्टलगायत ठूलठूला सहर बजारमा पूmलबाट सजावट गरी आकर्षित गर्ने होडबाजी नै चलेको देख्न सकिन्छ ।
प्लाष्टिकबाट नभई कपडा तथा अन्य पदार्थबाट मित्र राष्ट्र चीनमा उत्पादन हुने यस्ता पूmलहरू विश्वका सबै देशहरूमा निर्वाधरूपमा बिक्री वितरण भइरहेको छ । पटकपटक सफा गर्दै लामो समयसम्म प्रयोग गर्न मिल्ने यस्ता कृत्रिम पूmलहरू नेपालको होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा निजी घरमा समेत सजावट गर्ने गरेको पाइन्छ ।
नेपालमा पनि हजारौँ व्यवसायीहरूले यस्ता पूmलहरूको व्यवसाय गरी रोजगारीको श्रृजना गरेका छन् । देशको नीति नियमभित्र रही आयात गर्न व्यवसायीहरूले राज्यको नीतिअनुसार राजस्व र राज्यलाई कर तिरेकै छन् । राज्यलाई कहीँ कतैबाट पनि अहित नहुने र विश्वको कुनै पनि देशमा प्रतिबन्ध नभएको यस्ता पूmलहरूलाई नेपालमा भने अपव्याख्या गरी राज्यले किन र कसको लागि प्रतिबन्ध गरेको हो ? सम्बन्धित सरोकारवालाहरूले अनुसन्धान गरी जनसमक्ष ल्याउन जरुरी छ । विश्वको कुनै पनि जनप्रेमी सरकारले प्रचलनमा आइरहेको कुनै पनि आयातीत सामानहरू आफ्नो मुलुकको लागि अहित हुने देखेमा त्यस्ता वस्तुको आयात तथा बिक्रीमा सम्बन्धित व्यवसायीहरूलाई समय सीमा दिएर रोक लगाउने एउटा नियम नै हुन्छ । तर, हाम्रो देशमा देशको नीति नियमभित्र रही एल. सी./टी.टी. को माध्यमबाट आयात भई राज्यलाई भन्सार महसुल तिरी ल्याएका सामानहरू बिक्री वितरण र भण्डारणसम्म गर्न नपाउने निर्णय किन र कसको लागि गरेको छ ? यसको निष्पक्ष छानबिन हुनुपर्छ ।
मानिसले पिउने पानीको बोटल वा भान्छामा प्रयोग हुने प्लास्टिक चम्चा, बच्चाहरूलाई दिइने खेलौना किन नहोस् वा हाम्रो जीवनमा दैनिक प्रयोग हुने अधिकांश वस्तुहरूमा प्लास्टिकको प्रयोग हुन्छ । फूल पनि कपडाबाट बनेको हुन्छ । त्यसलाई विभिन्न रूपमा आकार प्रकार दिन अन्य सहायक पदार्थको प्रयोग गरिन्छ । तर, नेपाल सरकारको केही विभाग तथा मन्त्रालयले वास्तविक कपडाले बनेको पूmललाई छायामा पारी त्यसलाई अपव्याख्या गरेको छ ।
दुई तीन दशकदेखि आफ्नो चल अचल सम्पत्ति बैङ्कमा धितो राखी बैङ्कलाई चरम ब्याज तथा शुल्क तिरी लिएको ऋणबाट आयात गरेका यस्ता सामानहरू बिक्री वितरण गर्न सरकारले रोक लगाएपछि त्यसबाट बैङ्कको ऋण र त्यसको ब्याज कसरी भुक्तान गर्ने हो ? सम्बन्धित व्यवसायीहरूको दुखेसो छ ।
अतः राज्यस्तरबाट आम व्यवसायीप्रति समान व्यवहार होस् भनी यस व्यवसायसँग सम्बन्धित सबै व्यवसायीले सरकारसँग हार्दिक अनुरोध गरेका छन् ।

– प्रकाश खड्का, केदार श्रेष्ठ, देभिड श्रेष्ठ, धिरन शाह, शङ्कर श्रेष्ठ तथा पीडित साना फूल व्यापारीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *