भर्खरै :

उम्मेदवारी कल्ले दिनेभन्दा पनि पार्टीले निर्णय गर्ने हो —अध्यक्ष विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें )रोहितले उम्मेदवारी कल्ले दिने भन्दा पनि पार्टीले निर्णय गर्ने उल्लेख गर्दै नयां पुस्ता सक्षम भएको हुंदा पार्टीले नयां पुस्तालाई अघि सारेको स्पष्ट गर्नुभयो ।
जुम्लाको खुल्ला आकाश एफएमका प्रतिनिधिसंगको अन्तर्वार्तामा अध्यक्ष विजुक्छेंले आफ्नो उम्मेदवारी नपरेको जिज्ञासालाई स्पष्ट पार्दै उहांले उक्तकुरा भन्नु भएको हो । उहांले आफू संसदीयभन्दा पनि संगठनको काममा लागिरहने बताउनुभयो । एमालेले नेमकिपालाई समर्थन गर्ने हल्लामात्र भएको, यसबारे कुनै चिठीपत्र नआएको,े कागले कान लग्यो भन्दैमा देश र जनताको पार्टी दगुर्न नहुन,े आप्mनो खुटामा उभिनु पर्ने उल्लेख गर्दै उहांले बामपन्थि र लोकतान्त्रिक भनिने गठवन्धन झूठा भएको बताउनु भयो ।
पंचायतकालमै नेपाल मजदुर किसान पार्टीले सगठन विकास गरी देश र जनताको सेवा गरेको हुंदा संशोधनवाद र अवसरवादको विरोधमा कणार्र्लीका जनतालाई नेमकिपाको झण्डामा संगठित हुन पुनः आह्वान गर्नुभयो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *