सामाजिक सञ्जालमा नेमकिपाविरूद्ध प्रकाशित झूटा समाचारको खण्डन
- आश्विन २८, २०८१
एमसीसी सम्झौतामा शेरबहादुर देउवाको पालामा सन् २०१७ सेप्टेम्बर १४ अर्थात् २०७४ भदौ २९ गते बिहीबारका दिन तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरिसकेका थिए । जनतालाई यसबारे खबर थिएन । पछि २०७५ पुस २ गते नेकपाका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संरा अमेरिका भ्रमणको क्रममा एमसीसी सम्झौता लागु गर्ने प्रतिबद्धता जनाएको तथ्य पुस्तकमा छ । अध्यक्ष रोहितका अनुसार नेपाली काङ्ग्रेस पहिलेदेखि नै ‘विदेशी पुँजीपरस्त’ थियो । त्यसकारण, काङ्ग्रेसले नेकपा एमालेसँग गठबन्धन गर्ने डर देखाएर प्रचण्डलाई ठेगान लगाएको सन्दर्भ पुस्तकमा छ । प्रकाशकीयमा लेखिएको छ, “प्रचण्डले हेमलिनको बाँसुरी बजाएर विरोधी धारलाई समेट्न खोजे र आप्mनो पछि लागेका सम्झौताका विरोधीहरूलाई भीरबाट खसाले । एकातिर उनले सडकमा एमसीसी सम्झौताविरुद्ध नारा लगाउन लगाए भने अर्काेतिर, संसद्मा सम्झौता पारित गर्ने पक्षमा मतदान गरे । पहिले उनी सम्झौता संशोधनको पक्षमा थिए । व्याख्यात्मक टिप्पणीको टालोले उनको मुखमा पनि बुजो लाग्यो । वास्तवमा सार्वभौमिकतामाथि खतरा त्यति नै छ भन्ने तथ्य र आधार पुस्तकले देखाएको छ ।
‘देशघाती एमसीसी सम्झौताविरुद्ध सङ्घर्षमा नेमकिपा’ कार्तिक १० गते ४३ औँ नेपालभाषा साहित्य तःमुंज्याको दबुमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सार्वजनिकीकरण गर्नुभयो । नेपालमा संरा अमेरिकाले लादेको देशघाती एमसीसी सम्झौताविरुद्ध नेपाली जनताको आक्रोश र सङ्घर्षको शब्दचित्र पुस्तकमा छ । देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षार्थ उठेको देशभक्तिपूर्ण आन्दोलन तथा सङ्घर्षको ऐतिहासिक दस्ताबेजको रूपमा यस पुस्तकलाई हरेक पुस्ताले अध्ययन गर्नेछन् । पुस्तकले नेपालको राजनीतिक डबलीमा अमेरिकी साम्राज्यवादविरोधी नेमकिपाको दशकौँ लामो सङ्घर्षको एउटा महत्वपूर्ण अवधि उजिल्याउँछ ।
संरा अमेरिकाले झन्डै एक दशक लगाएर एमसीसी सम्झौतालाई नेपालको संसद्बाट पारित गरायो । सम्झौताको वैधानिक मान्यताका लागि २०७७ असार महिनाभित्र नेपालको संसद्ले अनुमोदन गरिसक्नुपर्ने हतारो संरा अमेरिकालाई थियो । नेपालमा एमसीसी लाद्न संरा अमेरिकालाई किन हतार थियो ? के हो एमसीसी सम्झौता ? त्योसँगै जोडिएको एसपीपी के हो ? एमसीसीको स्वार्थ के हो ? के यो आर्थिक मामिलामात्र हो ? एमसीसी नामकोे अमेरिकी स्वार्थमा नेपालका शासकहरू किन लागे ? जवाफ स्वयम् यस पुस्तक हो । त्यतिमात्र होइन एमसीसी सम्झौता भएका अन्य देशहरूको अध्ययन र ती देशले सामना गरिरहेको परिणामबारे पुस्तकमा प्रस्ट विवेचना छ । एमसीसीजस्तो गम्भीर राजनीतिक विषयमा अध्ययन र छलफल नै नगरी नेपालका राजदूतहरूले हस्ताक्षर किन गरे ? शासक नेता, मन्त्री र प्रधानमन्त्रीसमेतले एमसीसीको पक्षधरता किन लिए ? संरा अमेरिका र भारतसामु शासक दलहरू किन झुके ? यी प्रश्नहरूको जवाफसँगै राजनीतिक दलहरू र डलरमा बिकेका बुद्धिजीवीहरूको बौद्धिक टाटपल्टाइको अनुभव पुस्तकबाट मिल्छ । संरा अमेरिकाको पिछलग्गू बनेका र देशघाती एमसीसी सम्झौतामा संलग्न नेपालका कुपात्रहरूको तस्वीर पुस्तकमा छ ।
नेपालको राजनीतिक वृत्तमा एमसीसीको छलफल या बहसले सैद्धान्तिकरूपले नेपाली जनतालाई नै दुई खेमामा विभक्त ग¥यो । देशभक्त र देशघाती हुनुको परिभाषा एमसीसीको विपक्षमा को ? पक्षमा को ? भन्ने प्रश्नसँग जोडियो । देशघाती एमसीसीविरुद्ध सुरुदेखि स्पष्ट वैचारिक अडानका साथ लडिरहने र नेपालीजन भावनाको नेतृत्व गर्ने नेमकिपाका अध्यक्ष बिजुक्छेँले पुस्तकमा भन्नुुभएको छ, “एमसीसीको छलफल, विवाद निर्णय र सङ्घर्ष साँचो अर्थमा नेपालका देशभक्तहरू र देशद्रोहीहरूबिचको वैचारिक तथा सैद्धान्तिक लडाइँ हो । जबसम्म एमसीसीका प्रभावहरूबाट नेपाल र नेपाली जनताले मुक्ति पाउने छैनन्, यो सैद्धान्तिक लडाइँ पुस्तौँ पुस्ता अगाडि बढिरहनेछ ।”
उहाँले प्रस्टरूपमा लेख्नुभएको छ, “देशघाती एमसीसी सम्झौता सुगौली सन्धिपछि विदेशीहरूसँग भएको सबभन्दा ठूलो नेपालविरोधी सन्धि हो र नेपाली जनताकै विरोधमा नेपाली शासकहरूले गरेको विश्वासघात र शत्रुहरूसामु आत्मसमर्पण हो ।” तसर्थ, पुस्तक एमसीसी सम्झौता गर्न संरा अमेरिकालाई प्रत्यक्ष—परोक्ष सघाउने एमसीसीका मतियारहरूको उदाङ्ग्याउनुका साथै एमसीसी सम्झौताविरुद्धमा देशको सार्वभौमिकताको पक्षमा उठेको जनलहर उजिल्याउन सफल छ । यो पुस्तक नेपालको राजनीतिक डबलीमा संरा अमेरिकी साम्राज्यवादविरुद्ध रातो झन्डा बनेर फहरिरहने विश्वास पनि छ ।
संरा अमेरिका आपूm अनुकूलको विश्व व्यवस्था कायम गर्न उद्यत देखिन्छ । युद्ध, अपराध, हिंसासँगै डलर कूटनीति अन्य देशमाथिको कब्जा या हस्तक्षेप संरा अमेरिकी नीति नै हो । एमसीसी त्यसैको सिलसिलामात्रै हो । ५० करोड अमेरिकी डलरको पाण्डोरा बाकसभित्र रहस्य उद्घाटन पनि यही पुस्तकले गर्छ । संरा अमेरिकाको इतिहास नै युद्ध अपराधको इतिहास हो । संरा अमेरिकी अर्थतन्त्रको इतिहास लुट र बेइमानीको इतिहास हो । डलर कूटनीति संरा अमेरिकाका अन्य देशहरूलाई आप्mनो मुट्ठीमा लिने ज्यावल हो । ल्याटिन अमेरिका, अफ्रिका र एसियाली देशहरू संरा अमेरिकी डलररूपी मन्द विषको सिकार बनेको इतिहास टीठलाग्दो छ । झट्ट हेर्दा आर्थिक सहयोग देखिने डलर कूटनीतिभित्रको संरा अमेरिकाको साम्राज्यवादी स्वार्थ बुझ्न पुस्तकले सघाउँछ । यतिबेला विश्व व्यवस्थामा अर्को आयाम थपिएको अवस्था हो । बहुध्रुवीय विश्व र बहुपक्षीयता आजको विश्वले अनुसरण गर्दै छ । विश्व साम्राज्यवादको नाइके संरा अमेरिकालाई यसमा टाउको दुख्नु स्वाभाविक हो । विश्वमा बहुपक्षीयताको वकालत एसियाबाट भइरहेको छ । त्यसकारण, संरा अमेरिकाले ‘एसिया फर्क’ को नीति लियो । एमसीसी त्यसैको एउटा प्रक्रिया मान्न सकिन्छ । नेमकिपाले भन्यो, एमसीसी आर्थिक होइन सैन्य विषय हो । एमसीसी सहयोग होइन संरा अमेरिकाको लगानी हो । एमसीसी हिन्द—प्रशान्त रणनीतिकै एउटा अङ्ग हो भन्ने प्रमाण पुस्तकमा छ । एमसीसी नामको लगानीबाट नेपाली जनताले भोग्नुपर्ने परिणामहरूबारे दूरदृष्टि छ पुस्तकमा ।
एमसीसी सम्झौताका प्रावधान देशको संविधान, ऐनकानुुन एवम् सार्वभौमिकताभन्दा माथि हुन्छ भनी प्रस्ट लेखिएको हुँदाहुँदै एमसीसी ठीक हो भन्दै नेपाली शासकहरूले हस्ताक्षर गर्नु देशमाथिको द्रोह नै हो । एमसीसी हिन्द प्रशान्त रणनीतिकै हिस्सा हो भनी अमेरिकी राजदूतले नै प्रस्ट पार्दा पनि नेपाली जनता झुक्याउन नेपाली शासकले एमसीसी सैन्यमामिलासँग जोडिएको छैन भन्ने लज्जास्पद अभिव्यक्ति दिए । तिनलाई सिक्किमका लेन्डुपहरूसँग तुलना गरी अध्ययन गर्न पुस्तकले सघाउँछ । एमसीसी सम्झौता संसद्बाट पारित नगरिए संरा अमेरिकाले सम्पूर्ण सहयोग बन्द गर्ने धम्कीसमेत दियो । त्यो नेपालको सार्वभौमिकता र नेपाली जनताको आत्मस्वाभिमानमाथिको प्रहार थियो । तर, नेपाली शासक नेपाली काङ्गे्रस, एमाले, एमाओवादी, नेकपा (एस) र अन्य सरकारमा बरोबर भाग पाउने दलहरूले संरा अमेरिकाको धम्कीसामु आत्मसमर्पण गरे । यो आत्मसमर्पणको मूल्य देशले चुकाउनुपर्ने अवस्थाबारे पुस्तकले सचेत गराउँछ । कुनै पनि देशको सहयोग बन्द हुने डरले आत्मसमर्पण गर्ने होइन बरु आत्मनिर्भरताको बाटो रोज्ने हो भन्ने बाटो पनि पुस्तकले देखाउँछ । एमसीसी नेपाली मतियारतिर हेरेर अध्यक्ष रोहितले भन्नुभएको छ, “एमसीसी माछा मार्ने बल्छीमा राख्ने गड्यौला र पिठोको डल्लोमात्रै हो । केही विदेशी रकम देखेर केही विदेशी पुँजीका एजेन्टहरू ¥याल चुहाउँदै छन् । आप्mनै खुट्टामा उभिने, स्वाभिमानी र आत्मनिर्भर हुने भावना भए देश अगाडि बढ्छ ।”
एमसीसी सम्झौतामा शेरबहादुर देउवाको पालामा सन् २०१७ सेप्टेम्बर १४ अर्थात् २०७४ भदौ २९ गते बिहीबारका दिन तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरिसकेका थिए । जनतालाई यसबारे खबर थिएन । पछि २०७५ पुस २ गते नेकपाका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संरा अमेरिका भ्रमणको क्रममा एमसीसी सम्झौता लागु गर्ने प्रतिबद्धता जनाएको तथ्य पुस्तकमा छ । अध्यक्ष रोहितका अनुसार नेपाली काङ्ग्रेस पहिलेदेखि नै ‘विदेशी पुँजीपरस्त’ थियो । त्यसकारण, काङ्ग्रेसले नेकपा एमालेसँग गठबन्धन गर्ने डर देखाएर प्रचण्डलाई ठेगान लगाएको सन्दर्भ पुस्तकमा छ । प्रकाशकीयमा लेखिएको छ, “प्रचण्डले हेमलिनको बाँसुरी बजाएर विरोधी धारलाई समेट्न खोजे र आप्mनो पछि लागेका सम्झौताका विरोधीहरूलाई भीरबाट खसाले । एकातिर उनले सडकमा एमसीसी सम्झौताविरुद्ध नारा लगाउन लगाए भने अर्काेतिर, संसद्मा सम्झौता पारित गर्ने पक्षमा मतदान गरे । पहिले उनी सम्झौता संशोधनको पक्षमा थिए । व्याख्यात्मक टिप्पणीको टालोले उनको मुखमा पनि बुजो लाग्यो । वास्तवमा सार्वभौमिकतामाथि खतरा त्यति नै छ भन्ने तथ्य र आधार पुस्तकले देखाएको छ ।
पाँच अध्यायमा विभक्त यस पुस्तकको प्रथम खण्डमा अध्यक्ष बिजुक्छेँको अन्तर्वार्ता छापिएको छ । एमसीसी सम्झौताविरुद्ध नेमकिपाको सङ्घर्षका अगुवा नेताहरूको भनाइ र विचार छ । संरा अमेरिकी हिन्द–प्रशान्त स्वार्थको जालोमा नेपाल फस्नुुहुन्न भन्ने अडान छ । नेपालमा एमसीसी कहिले, कसरी र कसले भित्यायो भन्ने तथ्य प्रमाण पहिलो अध्यायमा छ । त्यतिमात्र होइन एमसीसीबारे मन्त्री र बुद्धिजीवीहरूले बोलेको झूटको फेहरिस्त छ । एमसीसी र काङ्ग्रेसबिचको सम्बन्ध उदाङ्ग्याइएको छ । एमसीसी सम्झौता नेपालको हितमा किन छैन र या कसरी हिन्द—प्रशान्त रणनीतिको अभिन्न हिस्सा हो भन्ने बुभ्mन प्रज्ज्वलको लेख नपढी हुन्न । तथ्य र घटनाक्रमको अध्ययनका लागि पहिलो खण्ड पठनीय छ । सुनिल प्रजापतिको लेखमा एमसीसी सम्झौता संसद्बाट पारित गर्न शासकहरूले चालेको कुटिल पाइलाहरूलाई महाकाली सन्धि हुुनुअघिको परिवेशसँग तुलनात्मक विमर्श छ । एमसीसी महाकाली सन्धिभन्दा देशघाती हुने तथ्य उजागर गरिएको छ । एमसीसीमार्फत नेपाल विश्व राजनीतिमा देखिएको धु्रवीकरणलाई विवेकले सरल भाषामा व्याख्या गरेका छन् । सांसद प्रेम सुवालले अमेरिकी दस्ताबेजकै अध्ययनबाट एमसीसी सैन्य गठबन्धन साबित हुने थुप्रै प्रमाण प्रस्तुत गर्नुभएको छ । संसद्भित्र एमसीसीविरुद्ध नेमकिपाको सङ्घर्षको दस्ताबेज पुस्तकमा सङ्ग्रहित छ । नेता प्रेम सुवालले प्रश्न गर्नुभएको छ, “सित्तैको विष खाए के होला ? मृत्यु हुन्छ अर्थात् देश नै रहँदैन ।”
पुस्तकको दोस्रो खण्डमा ‘श्रमिक’ साप्ताहिकमा प्रकाशित सामयिक सम्पादकीयहरूको सङ्ग्रह छ । एउटै प्रोजेक्टर र केही डलरले देशको कायापलट हुँदैन । त्यसकारण, एमसीसीको सहयोगको नाममा देश नै ध्वस्त नपारौँ भन्ने सन्देश छ । पुस्तकले शासक दलहरूलाई उदाङ्गो पार्नुका साथै साम्राज्यवादी देश संरा अमेरिकाको परराष्ट्रनीति नै हस्तक्षेपकारी भएको तथ्य प्रकाश पार्छ । पुस्तकको तेस्रो खण्डमा एमसीसी र एसपीपीजस्ता देशघाती सम्झौतालाई हेर्ने अन्तर्राष्ट्रिय दृृष्टिकोण छ । अन्तर्राष्ट्रिय राजनीतिको आँखाबाट एमसीसीको अध्ययन निकै महत्वपूर्ण र आवश्यक छ । एमसीसी सम्झौता सन् १८०१ को सन्धिको नयाँ संस्करण हुनसक्नेप्रति सचेत गराइएको छ । भारतसँगको असमान सन्धि सम्झौतामा नेपाल किन र कसरी ठगिँदै छ भन्ने ऐतिहासिक अध्ययन पनि छ । चौथो खण्डमा एमसीसी सम्झौतासम्बन्धी विदेशी विज्ञहरूका रचना समेटिएका छन् भने पाँचौँ खण्डमा एमसीसी सम्झौताविरुद्धको सङ्घर्षको दौरान जारी गरेका दस्ताबेजहरू सङ्ग्रहित छन् । पुस्तकको परिशिष्टमा ‘एमसीसी सम्झौताका कहिले के भयो ? कसले के भन्यो ?’ भन्ने शीर्षकमा सम्झौताको समग्र घटनाक्रम, सम्झौतामा नेपालको सार्वभौमिकतामाथि प्रहार हुने बुँदाहरू र कूटनीतिज्ञहरूको भनाइ सङ्कलित छन् ।
यस पुस्तक नेपालको राजनीतिक डबलीमा साम्राज्यवादविरोधी नेमकिपाको सङ्घर्षको एउटा रातो झन्डा बनेर फहरिरहनेछ । आउने पुस्ताको लागि यो इतिहासको अध्ययन बन्ने छ भने एमसीसीका विपक्षी एवम् देशको सार्वभौमिकताका पक्षपाती हरेकका लागि यो पुस्तक वैचारिक खुराक हुने पक्का छ । एमसीसीको पक्ष लिएकाहरूलाई अपराध बोध गराउने आधारपत्र पनि हो यो पुस्तक । यसले एमसीसी सम्झौता कार्यान्वयन रोक्ने आन्दोलनलाई सशक्त बनाउन बल प्रदान गर्छ र शासकहरूको देशघातविरुद्ध लड्न अझै समय छ भन्ने सन्देश पनि दिन्छ ।
पठनीय एवम् सङ्ग्रहणीय यस पुस्तकको लागि प्रकाशक सेवा निवृत्त शिक्षक समाज भक्तपुरप्रति साधुवाद छ ।
Leave a Reply