भर्खरै :

विविध भाषा साहित्य सम्मेलन कार्तिक २७ गते हुने

विविध भाषा साहित्य सम्मेलन कार्तिक २७ गते हुने

मध्यपुर, २० कार्तिक । विविध भाषा साहित्यिक समाजको सोमबार बसेको बैठकले २५ औँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम कार्तिक २७ गते गर्ने निर्णय गरेको छ ।
भक्तपुर, ललितपुरलगायत विभिन्न ठाउँमा कार्तिक २७ गते म्हः पूजा गर्ने निर्णय बाहिर आएपछि म्हः पूजाकै दिन समाजले विविध भाषा साहित्य सम्मलेन गर्ने निर्णय गरेको हो । यसअघि सो सम्मेलन कार्तिक २८ गते गर्ने निर्णय भएको थियो ।
कार्तिक २८ गते किजापूजा (भाइटीका) भएमा सबै उक्त पर्वमा व्यस्त हुने हुँदा कार्यक्रमको औचित्य नहुने हुँदा सम्मेलन सार्नु परेको जानकारी समाजका अध्यक्ष प्रेम के. निडरले दिनुभएको छ । आयोजकबाट प्राप्त जानकारीअनुसार न्हूदँ सांस्कृतिक ¥याली कार्तिक २७ गते बिहान ७ः३० बजे ख्वपला टोल बोडेबाट सुरु हुनेछ । साहित्य सम्मेलन बिहान ११ः ३० बजेदेखि नगदेशको छ्वासटोलमा हुनेछ । साहित्य सम्मेलन सम्पन्न भएलगत्तै बेलुका सांस्कृतिक कार्यक्रम हुनेछ ।
सम्मेलन सफल पार्न आयोजक समितिले आर्थिक तथा भौतिक सहयोग गर्न आग्रह गरेको छ ।
विभिन्न भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले विविध भाषा साहित्य सम्मेलन प्रत्येक वर्ष हुँदै आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *