भर्खरै :

भूकम्पपीडितको राहत र बासको व्यवस्था शीघ्रातिशीघ्र होस्

भूकम्पपीडितको राहत र बासको व्यवस्था शीघ्रातिशीघ्र होस्

कार्तिक १६ गते राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले धनजनको क्षति गरेपछि सरकारले उक्त भूकम्प प्रभावित क्षेत्रलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारले तत्कालको लागि मृतकका परिवारलाई रु. २ लाखको दरले राहतको व्यवस्था गर्ने निर्णय गरेको छ । भूकम्प पीडित क्षेत्रमा राहत नपुगेको कारण भूकम्प पीडितहरूले नेताहरू सङ्कटग्रस्त क्षेत्रमा पुगे पनि राहत नपुगेको गुनासो गर्न थालेका छन् । सरकारले बास र खाद्यान्न अभाव हुन नदिने खोके पनि भूकम्प पीडित परिवारमा राहत पुगेको देखिँदैन । भूकम्प पीडितहरूको उद्धार गर्न, बसोबासको व्यवस्था गर्न, खानपिन र स्वास्थ्योपचार गर्न सरकार पछि परेको पीडितहरूको अर्को गुनासो रहेको छ । सरकारले सहयोग गर्ने निर्णय र निर्देशनसँगै समयमै राहत पु¥याउनुपर्छ । राहतको निर्णय र निर्देशनसँगै राहत समयमा पुगेन भने थप क्षति हुनेछ ।
सरकारले एकद्वार प्रणाली अपनाएर भूकम्प पीडितलाई राहत पु¥याउने निर्णय गरेको छ । एकद्वार प्रणाली सहयोग उचित भए पनि ढिलो राहत पुग्यो भने पीडितमा आहत हुन्छ । काममा ढिलाइ भएर या राहत समयमा नपुगेकोले विभिन्न पत्रपत्रिकामा अनेक टिप्पणीसहितका समाचार छापिन थालेको छ । पत्रपत्रिकामा ‘राहत नपाउँदा थप आहत’, ‘सडकमा बास, चिसोमा भोकभोकै, नाङ्गै’, ‘राहतको पर्खाइमा पीडित’, ‘राहतः घोषणा र गोदाममा, पीडित भोकभोकै बारीमा’, ‘चिसो बढ्यो, व्यवस्थापन चाँडो होस्’ र ‘सिकिएन २०७२ पछिको अनुभव’ जस्ता शीर्षकका समाचारहरू पत्रपत्रिकामा छापिए । यी शीर्षकले सरकारले सहयोग प्रक्रिया छिटोछरितो नभएको थाहा हुन्छ ।
बाढी पहिरो होस् या भूकम्पको बेला या सङ्कटको बेला पीडितहरूलाई सहयोग गर्नको निम्ति छुट्टाछुट्टै टोलीको व्यवस्था गर्नुपर्ने देखिन्छ । त्यस्तो बेला पहिलो काम उद्धार गर्नु नै हो । तर, उद्धार कार्य सकिएको छैन भनेर स्वास्थ्योपचार, खानपिन र बस्ने व्यवस्था पछिमात्र भयो भने थप क्षति हुनेमा शङ्का छैन । यसकारण, सरकारले उद्धार टोली, स्वास्थ्य उपचार टोली, राहत टोली र बसाइको व्यवस्था गर्ने छुट्टाछुट्टै टोली बनाएर समयमै पीडितको सेवामा जुट्नुपर्छ । उद्धार टोलीले उद्धार गर्ने र अन्य टोलीले उद्धारसँगसँगै उपचार, राहत र आवासको व्यवस्था पनि अघि बढाउनुपर्ने देखिन्छ । अलग अलग टोली गठन गरेर छुट्टाछुट्टै काम भएमा पीडित परिवारको निम्ति सबैको बन्दोबस्त समयमै हुनेछ र पीडित र पीडित परिवारलाई राहत हुनेछ ।
सरकारले गर्ने सहयोग भूकम्पग्रस्त क्षेत्रमा तुरुन्तै पुग्नुपर्छ । गोदाममा आएजति सहयोग थुपारौँला, पछि राहत पु¥याउऔँला भनेर बस्नु उचित हुँदैन । उद्धार भइसकेपछि घाइतेहरूको तत्काल स्वास्थ्योपचारको बन्दोबस्त गर्नुपर्छ । खानपिनको व्यवस्था हुनुपर्छ । टहरा निर्माण या अन्य कुनै सामुदायिक स्थानमा बस्ने व्यवस्था मिलाइनुपर्छ । यसरी समयमै यी सबै व्यवस्था भएमा भूकम्प पीडितहरूको राहत हुन्छ र थप जनधनको क्षति हुन पाउनेछैन । अनि सरकारी प्रयास सफल हुन्छ ।
यस्तो सङ्कटको बेला कालाबजारीहरूले मौकामा फाइदा उठाउने कामतर्फ सरकार सचेत हुनुपर्छ । सहयोगमा साथ दिने समूह या व्यक्तिहरूले पनि प्राप्त सहयोग सबै पीडित क्षेत्रमा नपु¥याई बिचमा फाइदा लिएको या चुहावट गरेको हुनसक्छ । सामानमा मूल्य बढाउन सकिन्छ । आएको सहयोग लुकाएर कालाबजारी गर्न सकिन्छ । सबै सामान भूकम्प पीडित क्षेत्रमा नपुग्न सक्छ । मौकामा फाइदा लिनुपर्छ भनी राहत सामग्रीमै आँखा गाड्ने या लुकाउने कामतर्फ स्थानीय तहको सरकार र प्रशासन चनाखो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *