सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
तेहरान, ७ नोभेम्बर (प्रेस टिभी) । इरानी राष्ट्रपति इब्राहिम राईसीले संयुक्त राज्य अमेरिका र केही युरोपेली देशहरूको समर्थनमा इजरायली शासनले प्यालेस्टाइनमा मानवता र नरसंहार विशेषगरी बालबालिकाविरुद्ध जघन्य अपराध गरिरहेको बताउनुभएको छ ।
इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीसँग सोमबार तेहरानमा भएको संयुक्त पत्रकार सम्मेलनमा रायसीले उक्त टिप्पणी गर्नुभएको हो ।
“हामी विश्वास गर्छौं कि गाजाविरुद्ध इजरायलीे बमबारी जतिसक्दो चाँडो रोकिनुपर्छ र युद्धविराम स्थापना हुनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले गाजाका ‘उत्पीडित’ तर ‘शक्तिशाली’ मानिसहरूलाई सकेसम्म चाँडो सहायता पठाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
प्यालेस्टाइनी प्रतिरोधी आन्दोलन हमासले कब्जा गरेको संस्थाविरुद्ध अपरेशन अल–अक्सा तूफान सञ्चालन गरेपछि इजरायलले अक्टोबर ७ मा गाजापट्टीमा घातक युद्ध छेडेको थियो । गाजामा शासनको अथक बमबारीले १० हजारभन्दा बढी प्यालेस्टिनीहरूलाई मारेको छ, जसमा अधिकांश महिला र बालबालिका छन ्।
इजरायलले गाजामा बसोबास गर्ने २० लाखभन्दा बढी प्यालेस्टिनीहरूको लागि इन्धन, बिजुली, खाना र पानी पनि कटौती गरेको छ ।
राष्ट्रपतिले इरानले गाजाका निर्दोष जनताको नरसंहारबाट इजरायली शासन र अमेरिकालाई रोक्ने उद्देश्यले मुस्लिम, क्षेत्रीय र अन्तर्राष्ट्रिय देशहरूको कुनै पनि कदमलाई सहयोग र समर्थन गर्ने बताउनुभयो । राईसीले प्यालेस्टिनी मुद्दामा तेहरान र बगदादको साझा अडान रहेको बताउनुभयो ।
इरानी राष्ट्रपतिले गाजामा सहायता पठाउने र युद्धग्रस्त गाजापट्टीमा युद्धविरामको घोषणा गर्ने अमेरिकी दाबीलाई ‘सरासर झूट’ भनी अस्वीकार गर्नुभयो र त्यस्ता दाबीहरू अमेरिकीहरूको कार्यसँग मेल खाँदैन भन्नुभयो ।
“दुर्भाग्यवश, अमेरिकाले प्यालेस्टिनी जनतालाई निर्ममतापूर्वक मार्न सियोनवादी शासनलाई हतियार, खुफिया र आर्थिक सहायता प्रदान गर्दछ र यसले वास्तवमा इजरायलीे शासनलाई प्रोत्साहन दिन्छ,” उहाँले भन्नुभयो ।
इरानी राष्ट्रपतिले उल्लेख गर्नुभयो किसंरा अमेरिकाले नाकाबन्दी गरिएको प्यालेस्टाइन क्षेत्रमा युद्धमा मानवीय विराम स्थापना गर्ने सम्बन्धमा ब्राजिलले संयुक्त राष्ट्र सुरक्षा परिषदमा पेश गरेको मस्यौदा प्रस्तावलाई भिटो लगाएको छ ।
यसले वास्तवमा इजरायली शासनका लागि हत्याका थप कार्यहरू गर्न मार्गप्रशस्त गर्नेछ, उहाँले थप्नुभयो ।
इरानी राष्ट्रपतिले अमेरिका र इजरायललाई समर्थन गर्ने अन्य देशहरू शासनका सबै अपराधमा संलग्न रहेको कुरामा जोड दिनुभयो ।
रायसीले इजरायलविरुद्धको प्रतिरोधी मोर्चाको लडाइँ र त्यसले शासनलाई दिएको पराजयले इजरायली शासनलाई ध्वस्त पारेको बताउनुभयो ।
उहाँले मुस्लिम राष्ट्रहरू र ईश्वरमा विश्वास गर्ने क्षेत्रीय र विश्वव्यापी देशहरूले प्यालेस्टिनी जनता विरुद्ध चलिरहेको अपराधको बारेमा आफ्नो मौनतालाई औचित्य दिन सक्दैनन् भन्नुभयो ।
अपरेशन अल–अक्सा तूफान इजरायलको आपराधिक नीतिको परिणाम होः इराकी प्रधानमन्त्री
सुदानीले आफ्नो तर्फबाट भने, अपरेशन अल–अक्सा तूफान प्यालेस्टाइनका उत्पीडित जनताविरुद्ध इजरायलको वर्षौंको आपराधिक नीतिको परिणाम हो जसमा सर्वसाधारणको हत्या, जबरजस्ती विस्थापन, अवैध बसोबास र अल–अक्सा मस्जिदको अपवित्रता समावेश थियो ।
इजरायली शासनले गाजाका जनतालाई कैयौँ वर्षदेखि जेलमा थुनेको छ भने अन्तर्राष्ट्रिय समुदायले गाजाको सङ्कटका सम्बन्धमा आफ्ना प्रतिबद्धता र दायित्वहरू व्यवहारमा कार्यान्वयन गर्न असफल भएको छ, प्रधानमन्त्रीले भन्नुभयो ।
उहाँले युद्ध फैलावट रोक्न खोज्नेहरूले गाजामा प्यालेस्टिनीहरूको संगठित नरसंहार र अपराध रोक्न इजरायली शासनलाई दबाब दिनुपर्नेमा जोड दिनुभयो ।
सुदानीले गाजानका जनता विरुद्ध आक्रामक कारबाही गर्ने पक्षले यस क्षेत्रमा फराकिलो युद्ध रोक्नुपर्ने बताउनुभयो ।
इराकी प्रधानमन्त्रीले अगाडि भन्नुभयो, इरान र इराकले प्रभावशाली देशहरूमा गाजामा बमबारी र प्यालेस्टिनी जनताको हत्यालाई जतिसक्दो चाँडो रोक्नको लागि दबाब दिने तरिकाहरूमा कडा अडान अपनाउन चाहन्छन् ।
Leave a Reply