भर्खरै :

सुर्खेतमा रुसी अक्टोबर समाजवादी क्रान्ति दिवस मनाइयो

सुर्खेतमा रुसी अक्टोबर समाजवादी क्रान्ति दिवस मनाइयो

सुर्खेत, २१ कार्तिक । नेपाल मजदुर किसान पार्टी सुर्खेतको आयोजनामा रुसी अक्टोबर समाजवादी क्रान्ति दिवस मनाइयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले कम्युनिस्ट आन्दोलनबारे संसारमा सबैभन्दा ठूलो शिक्षा रुसी अक्टोबर समाजवादी क्रान्तिले दिएको थियो भन्नुभयो ।
नेमकिपा सुर्खेतका पूर्वउपाध्यक्ष एवं नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापाले रुसी अक्टोबर समाजवादी क्रान्तिबारे चर्चा गर्दै जबसम्म बहुमत किसान, मजदुरलगायत काम गरिखाने वर्गको हातमा सत्ता प्राप्त हुँदैन अर्थात् समाजवाद स्थापना हँुदैन त्यसबेलासम्म जनतालाई सचेत र सङ्गठित गरी क्रान्ति गर्नुको विकल्प छैन भन्नुभयो । पार्टी सचिव लालबहादुर थापा, पार्टी कोषाध्यक्ष तुल्सी खड्का, नेमकिपा सुर्खेतका पूर्वसचिव धनेन्द्र विक, नेमकिपा सुर्खेतका पूर्वजिल्ला सदस्य गणेश खड्का, नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य बिजुकला राना, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अकलबहादुर राना, नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतका संयोजक गोविन्दनाथ योगी, ऐनबहाहुर शाहीलगायतले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभएको थियो । सुर्खेत, २१ कार्तिक । नेपाल मजदुर किसान पार्टी सुर्खेतको आयोजनामा रुसी अक्टोबर समाजवादी क्रान्ति दिवस मनाइयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले कम्युनिस्ट आन्दोलनबारे संसारमा सबैभन्दा ठूलो शिक्षा रुसी अक्टोबर समाजवादी क्रान्तिले दिएको थियो भन्नुभयो ।
नेमकिपा सुर्खेतका पूर्वउपाध्यक्ष एवं नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापाले रुसी अक्टोबर समाजवादी क्रान्तिबारे चर्चा गर्दै जबसम्म बहुमत किसान, मजदुरलगायत काम गरिखाने वर्गको हातमा सत्ता प्राप्त हुँदैन अर्थात् समाजवाद स्थापना हँुदैन त्यसबेलासम्म जनतालाई सचेत र सङ्गठित गरी क्रान्ति गर्नुको विकल्प छैन भन्नुभयो । पार्टी सचिव लालबहादुर थापा, पार्टी कोषाध्यक्ष तुल्सी खड्का, नेमकिपा सुर्खेतका पूर्वसचिव धनेन्द्र विक, नेमकिपा सुर्खेतका पूर्वजिल्ला सदस्य गणेश खड्का, नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य बिजुकला राना, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अकलबहादुर राना, नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतका संयोजक गोविन्दनाथ योगी, ऐनबहाहुर शाहीलगायतले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *