भर्खरै :

समाज परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण हुने

समाज परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण हुने

भक्तपुर, २६ कार्तिक । संस्थागत विद्यालय सङ्घ (इसान) ले नेपाल संवत् ११४४ को अवसरमा शिक्षकहरूबिच शुभकामना कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शिक्षकहरूलाई प्रगतिशील पुस्तक अध्ययन गर्न सुझाव दिनुभयो ।
समाज परिवर्तनमा शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने भएकोले देशको राजनीतिबारे शिक्षकहरूले ज्ञान राख्नुपर्छ, उहाँले भन्नुभयो ।
विद्यार्थीहरूलाई देशभक्ति र समाज सेवाबारे शिक्षा दिन नसके हामी पछि पर्नेतर्फ अध्यक्ष बिजुक्छेँले सचेत गराउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्यालेस्टिनी जनतामाथि इजरायलले गरेको अमानवीय र क्रूर हमला तत्काल बन्द गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्यालेस्टिनी जनता देशका सार्वभौमिकता जोगाउन सङ्घर्षरत रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष प्रेमजन थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सनकमान महर्जन, आशकुमार चिकंबन्जार, उकेश कवां र पुरूषोत्तम ग्वाछाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *