दोधारा चाँदनीपछि बाँकेमा नेपाली भूमि भारतीय अतिक्रमणमा
- फाल्गुन २, २०८१
मध्यपुर, २७ कार्तिक । विविध भाषा साहित्यिक समाजले ‘भाषा, कला र संस्कृति बचाऔँ, राष्ट्रिय भावना जगेर्ना गरौँ’ भन्ने उद्घोषका साथ नगदेशको छ्वास टोलमा सोमबार साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम भयो ।
उक्त सम्मेलनमा नेमकिपाका सचिव एवंं सांसद प्रेम सुवालले इजरायल युद्ध प्यालेस्टिनीहरूको सफाया गर्ने युद्ध भएको चर्चा गर्दै इजरायल र युक्रेनलाई अमेरिकाले हतियार बिक्री गरेर नरसंहार गरिरहेको बताउनुभयो ।
इजरायलमा नेपालीहरू मृत्यु हुनुमा देशका प्रधानमन्त्री, मन्त्री, सचिव र म्यानपावर कम्पनी दोषी भएको उल्लेख गर्दै उहाँले नेपाल सरकारले हमाससँग सम्पर्क गरी पक्राउमा परेका एक नेपालीलाई सकुशल फर्काउने प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अमेरिकी राष्ट्रपति इजरायल पुगेर १५ अर्ब डलर बराबरको हतियार पठाएर प्यालेस्टाइनमाथि बर्बर आक्रमण गराई प्यालेस्टिनी जनताको नरसंहार गरेको उल्लेख गर्दै उहाँले नेपालका शासकहरूले जनतालाई राहत हुने काम नगरेको बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले भाषा, साहित्य हरेक देशको गहना र सम्पत्ति हुने चर्चा गर्दै प्यालेस्टिनी जनतालाई आफ्नै देशबाट लखेट्ने काम निन्दनीय छ भन्नुभयो ।
इजरायलले प्यालेस्टिनी जनतामाथि गरेको बर्बर आक्रमणको निन्दा गर्दै उहाँले आक्रमणविरुद्ध लड्ने जनता देशभक्त मुक्तिकामी र स्वतन्त्रताप्रेमी हुन्छन् भन्नुभयो ।
सार्वभौम देशमाथि आक्रमण गर्ने देश आतङ्कवादी हुने चर्चा गर्दै उहाँले विश्व शान्ति र मानवताको लागि प्यालेस्टिनी स्वतन्त्रता अनिवार्य छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नयाँ पुस्तालाई आ–आफ्नो मौलिक भाषा सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “राज्यले जातजातिका भाषा र संस्कृतिको संरक्षणको जिम्मा लिनुपर्छ तर राज्य यसबाट पछि हटेकोले सङ्घर्ष गर्नुपरेको हो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले सहकारीमा धेरै अनियमितता रहेको र सहकारी राजनीति गर्ने थलोको रूपमा अभ्यास भइरहेकोले विकृति बढेको धारणा राख्नुभयो ।
चिनीको कृत्रिम अभाव हुँदा पनि केही पहल गर्न नसकेकोले सरकार निकम्मा साबित भएको प्रमाणित हुन्छ, उहाँले भन्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. ऋषिकेशनारायण श्रेष्ठले क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार भक्तपुर क्यान्सर अस्पतालमा उपलब्ध रहेकोले क्यान्सर उपचारको लागि विदेश जान नपर्ने जानकारी दिनुभयो ।
भक्तपुर क्यान्सर अस्पताल भक्तपुरको सम्पत्ति हुनुको साथै गौरव गर्न लायकको अस्पताल भएको उहाँले बताउनुभयो ।
पुरातत्व विभागका महाप्रबन्धक शौभाग्य प्रधानाङ्गले अमूर्त सम्पदाबारे चर्चा गर्दै अमूर्त सम्पदाले मानव जीवनलाई व्यवस्थित गर्नुका साथै भएका सम्पदालाई प्रमाणित गर्ने कार्य गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चाडपर्वको मर्मअनुरुप चाडपर्व मनाउन सके सामाजिक जीवन व्यवस्थित हुनुका साथै वातावरण पनि संरक्षण हुनेछ ।”
जलस्रोत विज्ञ रतन भण्डारीले ‘चुच्चे नक्सा’ भूगोल र नक्सा अध्ययनबाहेक अन्य क्षेत्रमा नआएको चर्चा गर्दै नापी विभागका कर्मचारीले विषयान्तर गर्न र सीमा अतिक्रमणको विषय ध्वस्त पार्न गलत प्रचार गरिएको धारणा राख्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको पूर्वसन्ध्यामा देशघाती नागरिकता विधेयक जारी गर्नु भारतीय विस्तारवादसामु झुक्नु हो, उहाँले भन्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले भक्तपुर मोडलको रूपमा सञ्चालित कलेजहरूले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोले धेरै स्थानीय पालिकाबाट अध्ययन भ्रमण भइरहेको बताउनुभयो ।
राजनीति विकृत भएपछि शिक्षा पनि ध्वस्त हुँदै जाने विचार व्यक्त गर्दै उहाँले नयाँ पुस्तालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे सुसूचित पार्नुपर्नेमा जोड दिनुभयो ।
नगदेशका ज्येष्ठ नागरिक विकुमान सिं दुवालले उद्घाटन गर्नुभएको सो सम्मेलनमा बोडे, थिमि, नगदेश र नेकोसेराका २४ जना विशिष्ट व्यक्तिहरूले २५ वटा पानसमा दीप प्रज्ज्वलन गर्नुभएको थियो ।
स्थानीय समाजसेवी एवं सङ्गीतकर्मी पञ्चकृष्ण दलीको सभापतित्वमा भएको सो कार्यक्रममा विविध भाषा समितिका अध्यक्ष प्रेम के. निडर, आयोजक समितिका अध्यक्ष अशोक अवाललगायत विभिन्न व्यक्तिहरूले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
सम्मेलनमा कवितातर्फ सर्वज्ञ प्रजापति पहिलो, एच.एस. सुवाल दोस्रो, सकुन्तला महर्जन तेस्रो र ओमकृष्ण श्रेष्ठ सात्वना हुनुभएको थियो ।
त्यस्तै न्हू दँ ¥यालीतर्फ ग्लाड स्टोन एकेडेमी पहिलो, एक्टिभ इङ्गलिस सेकेन्डरी स्कूल दोस्रो, विनाय शिक्षा निकेतन तेस्रो र प्राइम एकेडेमी सान्त्वना हुन सफल भए ।
कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले ‘विविध बुलेटन, अङ्क ३’ विमोचन गर्नुभएको थियो । बेलुका सांस्कृतिक कार्यक्रम भएको थियो ।
Leave a Reply