भर्खरै :

इजरायली राज्य आतङ्क बन्द गर्नुपर्छ

इजरायली राज्य आतङ्क बन्द गर्नुपर्छ

युक्रेनलाई हतियार बिक्री गरेर रूससँग लडाउने र इजरायललाई हतियार बिक्री गरेर प्यालेस्टिनी जनताको नरसंहार गर्दै भूमि कब्जा गराउने संरा अमेरिका साम्राज्यवादको नाइके देश हो । नेपालभाषा साहित्य तःमुंज्या, प्रगतिशील सांस्कृतिक समाज र विविध भाषा साहित्यिक समाजको आयोजनामा भएको छुट्टाछुट्टै न्हू दँ ¥यालीमा साम्राज्यवादी देश अमेरिका, युक्रेन र इजरायली सरकारको फासीवादी नीतिको विरोध भयो । ¥यालीमा युक्रेनी युद्धमा हतियार र आर्थिक सहयोग बन्द गर, प्यालेस्टिनी जनताको न्यायपूर्ण सङ्घर्षको समर्थन गरौँ, यहुदी बर्बरतावादीहरूले कब्जा गरेको प्यालेस्टिनी भूमि फिर्ता गर उल्लेखित प्ले कार्ड सहभागीहरूले बोकेका थिए । प्यालेस्टिनी मुक्ति सङ्घर्ष जिन्दावाद, गाजापट्टीमा खानेपानी, औषधि, खाद्यान्न, बिजुली आपूर्ति बन्द गर्ने इजरायली फासीवाद मुर्दावाद, प्यालेस्टिनीहरूको भूमि खोस्ने अमेरिकी–बेलायती साम्राज्यवाद मुर्दावाद उल्लेखित प्लेकार्ड पनि प्रदर्शनकारीहरूले बोकेका थिए । हो, इजरायल सरकारको विध्वंसात्मक कारबाही र राज्य आतङ्क बन्द गर्नुपर्छ । प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिनुपर्छ ।
इजरायली प्रम नेतन्याहुको फासीवादको समर्थन गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेन युद्ध सरदार हो । मध्यपूर्वमा युद्ध तत्काल बन्द गर्न संयुक्त राष्ट्र सङ्घले शीघ्रातिशीघ्र पहल गर्नुपर्छ, प्यालेस्टिनी जनताको नरसंहार गर्ने इजरायलका प्रधानमन्त्री नेतन्याहुलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनुपर्छ । अमेरिकाको सहयोग र साथमा इजरायलले केटाकेटी र बुढाबुढीको समेत हत्या गरिरहेको छ । प्यालेस्टाइनलाई केटाकेटीको मसानघाट बनाइरहेको छ । इजरायलले थालेको युद्ध अपराध बन्द गर्नुपर्छ । हरेक नागरिकको आफ्नो देश हुन्छ । तर, प्यालेस्टिनी जनताको देश छैन । आफ्नो देशमा अन्य जनजाति आएर हैकम जमाएको छ । त्यसकारण, प्यालेस्टिनी जनताको आफ्नो देश जोगाउन र आफ्नो सुरक्षाको निम्ति प्यालेस्टिनी जनता ज्यानको बाजी राखेर इजरायली सरकारविरुद्ध लड्दै छन् । आफ्नो राज्य कायम गर्न र आफूहरू सुरक्षित हुन सङ्घर्षरत प्यालेस्टिनी जनतामाथि इजरायली सरकारले बम वर्षा गर्दै सहर खरानी पार्दै नरसंहार गर्दै छ । विश्वका न्यायप्रेमी जनताले त्यसको घोर विरोध गर्दै छन् । नेपाल संवत् ११४४ को अवसरमा आयोजित सांस्कृतिक ¥यालीमा पनि इजरायली आक्रमणको घोर निन्दा र भत्र्सना गरियो ।
दोस्रो विश्वयुद्धको क्रममा प्यालेस्टाइनमा शरणमा आएका यहुदीहरूलाई संरा सङ्घले यहुदी राज्यको घोषणा गरेर गलत काम गरेको थियो । साम्राज्यवादी देशहरूको इसारामा आज यहुदीहरूले पूरै कब्जा गर्ने दुस्प्रयास गर्दै छन् । प्यालेस्टाइन देश विश्वबाटै हटाउन इजरायलले देशको नक्सा नै मेट्ने दुःसाहस ग¥यो । त्यही कारण हमासले इजरायलमा प्रत्याक्रमण गरेको हो । के आफ्नो देश बचाउनको निम्ति लड्नु अन्याय हो ? संसारका न्यायप्रेमी जनताले प्यालेस्टाइन देश बचाउन र त्यहाँका जनताको सुरक्षा गर्न स्वरमा स्वर मिलाउँदै इजरायली आक्रमणको निन्दा र भत्र्सना गर्दै छन् । भत्र्सना र निन्दाको विरोध प्रदर्शन जारी छ । प्यालेस्टाइन कब्जा गर्ने यहुदीहरूलाई त्यो देशबाट फर्काउनुपर्छ । अरूलाई जुधाएर, लडाएर, युद्ध गराएर आफ्नो हतियारको व्यापार गर्ने संरा अमेरिकालाई संसारबाट एक्लो पार्नुपर्छ । संयुक्त राष्ट्र सङ्घ संरा अमेरिकाको कठपुतली होइन संसारका सबै देशको प्रतिनिधित्व गर्ने साझा संस्था हुनुपर्छ ।
संरा अमेरिकाले अरू देशमा आक्रमण गरेर ध्वस्त पार्ने काम ग¥यो; अरू देशका राष्ट्र प्रमुखहरूको हत्या गर्ने काम ग¥यो† अरू देशमा आन्तरिक कलह गराउने, सरकार कमजोर बनाउने र हातहतियार र सेना पठाएर द्वन्द्व चर्काउने काम ग¥यो । रूस–युक्रेन र इजरायल–प्यालेस्टाइनको युद्ध यसको पछिल्लो दृष्टान्त हो । यसकारण, नेपाल संवत् ११४४ को अवसरमा आयोजित विभिन्न साहित्यिक, सांस्कृतिक तथा रचनात्मक गतिविधिमा आक्रमणकारी, ध्वंसकारी संरा अमेरिकाको चर्को विरोध भएको हो । यो हरेक अन्तर्राष्ट्रवादी दल, नेता र देशभक्त जनताले उठाउनैपर्ने विषय हो । हरेक गलत, देशविरोधी, जनविरोधी कार्यको निन्दा गर्नुपर्छ । विश्वका न्यायप्रेमी जनताले उठाएको उक्त समर्थन र ऐक्यबद्धताको प्रशंसा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *