भर्खरै :

हरेक वर्ष संवत् फेरिए पनि जनताको अवस्था उस्तै

हरेक वर्ष संवत् फेरिए पनि जनताको अवस्था उस्तै

काठमाडौँ, २९ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्या पाँगा कीर्तिपुरको आयोजनामा नेपाल संवत् ११४४ को अवसरमा मङ्गलबार भिन्तुना ¥याली भयो ।
पाँगा लखुबाट सुरु भएको ¥यालीमा सहभागीहरूले प्यालेस्टाइनमाथि इजरायल गरिरहेको नरसंहारको विरोधमा विभिन्न ब्यानरहरू प्रदर्शन गरेका थिए । ¥याली पाँगा परिक्रमा गरी पुनः लखु टोलमा पुगी सभामा परिणत भएको थियो ।
सभामा तःमुंज्याका सचिव नारायण महर्जनले हरेक वर्ष संवत् फेरिए पनि जनताको जनजीविका नफेरेको र शासक दलहरूले जनताको हितमा काम नगरेको चर्चा गर्दै नया नेपाल संवत्को अवसरमा जनतालाई जागृत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रम महाँबो दाफा गीत गुरु ललितकृष्ण महर्जनले उद्घाटन गर्नुभएको थियो । दाफा गुरु महर्जनले सङ्गीतमय टोल निरन्तर अगाडि बढ्न सकोस् भनी शुभकामना दिनुभयो ।
कार्यक्रममा गुरु ललितकृष्ण महर्जन र तःमुंज्या पाँगा कीर्तिपुरका अध्यक्ष श्रीकृष्ण महर्जनलाई आयोजक उपाध्यक्ष प्रशान्त महर्जनले सम्मान गर्नुभएको थियो ।
त्यसैगरी पाँगा सिकुछेँ परिवार महिला समूह र विचा गुठीको आयोजनामा सांस्कृतिक ¥यालीसहित भिन्तुना ¥याली भएको थियो ।
सिकुछेँ चिखुबाट सुरु भएको ¥यालीले पाँगा परिक्रमा गरी पाँगा लाछी डबलीमा पुगी सभामा परिणत भएको थियो ।
सभामा प्रदेशमन्त्री पुकार महर्जनले नेपाल संवत् राष्ट्रिय मौलिक संवत् भएकोले प्रदेशमा भाषा ऐन पारित गर्न पहल गरेको बताउनुभयो ।
सिकुछँे परिवारका संयोजक सरस्वती महर्जनको सभापतित्वमा भएको कार्यक्रममा पवित्र महिला समूहका चन्द्रमाया महर्जनले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा सहभागी र सहयोगीहरूलाई मन्त्री महर्जनले धन्यवादपत्र प्रदान गर्नुभएको थियो ।
त्यस्तै न्हूँ दँ हना खल तुझ्व : टोल सुधार समितिको आयोजनामा कीर्तिपुरमा पनि नयाँ वषको भिन्तुना ¥याली भयो ।
तुझ्वः टोलबाट सुरु भई कीर्तिपुर परिक्रमा परी तुझ्व टोलमा नै पुगी सभामा परिणत भएको थियो ।
सभामा कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले नेपालको मौलिक संवत् नेपाल संवत् हो भन्दै नपाको हरेक चिठी पत्र, कार्यमा नेपाल संवत् प्रयोग भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी सांस्कृतिक टोली र सङ्घ–संस्थालाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *