भर्खरै :

गाजाको अस्पतालमा हमास लुकेको अमेरिकी आरोप भूmटा र निन्दनीय

गाजाको अस्पतालमा हमास लुकेको अमेरिकी आरोप भूmटा र निन्दनीय

अमेरिकी राष्ट्रपति बाइडेनले प्यालेस्टिनस्थित गाजा अस्पताल सुरक्षित हुनुपर्ने उल्लेख गर्दै गाजाका अस्पतालमा कम आक्रमण हुने अपेक्षा राखेको बताए । “हामी इजरायलीहरूसँग सम्पर्कमा छौँ,” राष्ट्रपति बाइडेनले थपे । तर, इजरायली सेना गाजाको मुख्य अस्पतालमा अल शिफा अस्पतालभित्र पसेर आतङ्क मच्चाउँदै छन् । हमास लुकेको आरोप लगाई इजरायली सेनाले गाजास्थित अल शिफा अस्पतालमा बम वर्षा गरे भने अस्पतालको कोठा कोठामा पुगेर आतङ्क मच्चाए ।
अमेरिकी राष्ट्रपति बाइडेनले अल शिफा अस्पतालमा हमासको मुख्यालय भएको आरोप लगाई इजरायली सेनाको गाजामा आक्रमणलाई समर्थन गरे । यसरी बाइडेन युद्ध अपराधी भएको पुष्टि हुन्छ । बाइडेनले गाजासहित अल शिफा अस्पताललाई हमासको आधार भएको दोहो¥याइरहेका छन् । कुनै प्रमाण नभएको यो आरोपको निहुँमा आक्रमण गर्नु अस्पतालभित्रका सर्वसाधारण प्यालेस्टिनी बिरामी, महिला, बालबच्चाको हत्या गर्नु हो ।
विश्लेषकहरूले अमेरिकन र युरोपेली मानव अधिकारको तस्बिर गाजामा प्रदर्शन भइरहेको उल्लेख गरे । केही दिनअगाडि गाजामा सञ्चालित इन्डोनेशियालीको अस्पतालमा इजरायली सेनाको बम वर्षा भएको थियो ।
के इजरायली प्रम बेन्जामिन नेतन्याहु वर्तमान संसारको लायक मान्छे हुन् र ? जवाफ दिनेहरूले नेतन्याहु वर्तमान विश्वको पागल र विक्षिप्त मानसिकता भएको व्यक्ति बताए ।
संयुक्त राज्य अमेरिकाले नेतन्याहुलाई जे मन लाग्छ त्यो गर्न अनुमति दिएको छ । अमेरिकी सरकारले इजरायललाई १५ अर्ब डलरको हतियार बिक्री गरी प्यालेस्टिनीहरूको नरसंहार गराउँदै छ । यसकारण, अहिले नेतन्याहु लगामबाहिर छन् ।
अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले इजरायलले अन्तर्राष्ट्रिय कानुनअनुसार काम गरिरहेको हुँदा मानवीय सहयोग खानेपानी, खानेकुरा, औषधि सहयोग गर्ने बताए । ब्लिेन्केनको यो भनाइ इजरायललाई अमेरिकी हतियार बिक्रीको ढाकछोप गर्नु हो ।
ब्लिेन्केनले अगाडि भने, “हामीले सर्वसाधारणलाई लक्षित गरेका छैनौँ, महिला र बालबच्चालाई मारेका छैनौँ, हामीले हमास आतङ्कवादीलाई लक्षित गरेका छौँ ।” तर, सञ्चारमाध्यममा गाजाको ७० प्रतिशत घरमा इजरायली बम वर्षा भएको समाचार आइरहेको छ । ब्लिन्केनको उक्त भनाइ पूर्णरूपमा झूटा हो ।
आयरलैन्डको सिन फेन पार्टीका प्रमुख मेरी लन म्याकडोनाल्डले प्यालेस्टिनमा इजरायली सेनाको कारबाही बर्बर, घृणित र स्पष्ट युद्ध अपराध भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *