साउथ चाइना सीमा वास्तविक “राक्षस” को हो ?
- माघ १, २०८१
संरा अमेरिकाको वाशिङ्टनमा इजरायल समर्थक यहुदीहरूले प्रदर्शन गरे । त्यसको विरोधमा अमेरिका, क्यानडा, बेलायतलगायत देशहरूमा यहुदी धर्मगुरुहरूको प्यालेस्टिनको समर्थनमा प्रदर्शनहरू भए । अमेरिकामा भएका प्रदर्शनहरूमा हजारौँ यहुदी सहभागी थिए ।
“इजरायली राज्य र यसका गतिविधिहरू समाधान होइनन् बरु यहुदीहरूको विरोध हुनुको मुख्य कारण हुन्, ७५ वर्षसम्म अरब र यहुदीहरूको पीडादायी हत्याका दोषी इजरायल हो, यहुदी संस्कृति र यहुदीवादी ठीक उल्टो हो, यहुदी संस्कृति भनेको धर्म हो, यहुदीवाद भनेको राष्ट्रियता हो, यहुदीवाद र इजरायल राज्यको सधैँ विरोध गरौँ, इजरायलको समर्थन गर्नु यहुदी र यहुदी संस्कृतिको समर्थन गर्नु होइन, संसारले चिन्नुपर्दछ– इजरायल यहुदीहरूको राज्य होइन, इजरायलले पूर्णरूपमा यहुदी संस्कृतिलाई अस्वीकार गर्दछ, यहुदीवादीहरूले अहिले र उहिले आगो बाल्ने काम गरे” आदि नाराहरू प्रदर्शनमा लगाइएका थिए ।
प्रदर्शनमा लगाइएका थप नाराहरूमा “यहुदीहरूको विरोध गराउने इजरायल हो, इजरायल राज्यले संसारका यहुदीहरूको प्रतिनिधित्व गर्दैन, सबै प्यालेस्टिनीहरू प्यालेस्टिनी सार्वभौमिकतामा फर्कनुपर्दछ, इजरायलको जङ्गली नीतिलाई संसारका यहुदीहरू विरोध गर्छन्, इजरायलको विरोध हुनु यहुदीहरूको विरोध होइन, यहुदी संस्कृतिले यहुदीवाद र ‘इजरायल’ राज्यको विरोध गर्दछ, समाधान शान्तिपूर्णरूपमा इजरायल राज्यको विस्थापन हो, यहुदी संस्कृति भनेको संरा अमेरिकादेखि प्यालेस्टिनसम्म सबै जातिको हुनु हो, यहुदी संस्कृति ठीक, यहुदीवाद बेठीक, इजरायल राज्य विस्थापन हुनै पर्दछ, इजरायलको समर्थन गर्नु यहुदी र यहुदी संस्कृतिको समर्थन गर्नु होइन” आदि थिए ।
यहुदीवादविरोधी यहुदीहरूले प्यालेस्टिनको पक्षमा न्युयोर्कलगायत अन्य सहरमा पनि प्रदर्शन गरेका थिए । कतिपयले सामाजिक सञ्जालमा यहुदी संस्कृतिले इजरायल राज्यको अस्वीकार गर्ने र तथाकथित यहुदीहरूले प्यालेस्टिनीहरूको भूमि चोरेको उल्लेख गरेका छन् । अरब र मुसलमान देशहरूमा यहुदी, क्रिश्चियन र मुसलमानहरू एउटै टोलमा मिलेर बसेका छन् । पश्चिमा सञ्चारले इजरायलका यहुदीवादीहरूको पक्षमा मात्र प्रचार गरेको गलत हो । क्रिश्चियन युरोप र अमेरिकामा सयौँ वर्षदेखि गोराहरूले जातीय विभेद गर्दै छन् ।
बेलायतको लण्डनमा पनि यहुदी धर्मगुरुहरूले प्यालेस्टिनी जनताको समर्थनमा प्रदर्शन गरेका थिए । क्यानाडाको टोरोन्टोमा पनि यहुदी धर्म गुरुहरूले प्यालेस्टिनी जनताको समर्थनमा यहुदीवादको विरोधमा प्रदर्शन गरेका थिए ।
यी प्रदर्शनहरूमा लाखौँ लाख सचेत र युद्धविरोधी यहुदीहरू सहभागी थिए । प्रदर्शनकारीहरूले इजरायलमा भइरहेको ‘सम्पूर्ण अमेरिकी सहयोग बन्द गर, बाइडेन तिम्रो हातमा प्यालेस्टिनी जनताको रगत छ, प्यालेस्टिनी भूमिमाथि कब्जा खारेज गर’ आदि नारा लगाएका थिए ।
जबरजस्ती इजरायल देश घोषणा गरिएकोले नै आज गाजापट्टीमा प्यालेस्टिनीहरूको रगत बगिरहेको हो । इजरायल देश घोषणा गर्नेहरू नै मध्यपूर्वमा भइरहेको युद्धका दोषी हुन् । यहुदी धर्मगुरु नेताहरूले यहुदीवादको सुरुमै इजरायल घोषणा गर्नु मानवजातिको लागि विध्वंस हुने चेतावनी दिएका थिए तर यसलाई बेवास्ता गरियो ।
यहुदीवादभन्दा अगाडि नै अस्तित्वमा रहेको प्यालेस्टिन देश पुनः स्थापना भएपछि मात्र मध्यपूर्वमा शान्ति कायम हुनसक्छ । यहुदीहरू प्यालेस्टिनी जनताको ऐक्यबद्धतामा छन् भने यहुदीवादले गाजामा भइरहेको जातीय नरसंहारलाई समर्थन गर्छ । इरानका यहुदी नेताले पनि इजरायलको यहुदीवादी सरकारले यहुदी संस्कृतिको प्रतिनिधित्व गर्न नसक्ने बताए ।
Leave a Reply