भर्खरै :

पच्छिमी साम्राज्यवादी देशहरू अरू देश टुक्र्याउनमा तल्लीन

पच्छिमी साम्राज्यवादी देशहरू अरू देश टुक्र्याउनमा तल्लीन

भक्तपुर, १ मङ्सिर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज र ख्वप कलेज अफ लको संयुक्त आयोजनामा ‘प्यालेस्टाइन र इजरायलबिचको द्वन्द्व’ विषयमा कलेजमा कार्यरत शिक्षक कर्मचारीहरूबिच शुक्रबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्यालेस्टिनीहरूविरुद्ध इजरायलले जातीय सफाया गर्ने नियतका साथ हमला गरिरहेको र संरा अमेरिकाले इजरायललाई हतियार उपलब्ध गराई प्यालेस्टिनीहरूको नरसंहारमा सहयोग गरिरहेको बताउनुभयो ।
पच्छिमी देशहरू देश टुक्र्याउने कुटिल चाल र ‘फुट गर र राज गर नीति’ मा पोख्त रहेको उल्लेख गर्दै उहाँले सोभियत सङ्घलाई टुक्र्याउनमा संरा अमेरिकाको मुख्य हात रहेको बताउनुभयो ।
प्यालेस्टाइनमाथि इजरायलको आक्रमण युद्ध नभई एकतर्फी हमला भएको स्पष्ट पार्दै अध्यक्ष रोहितले देशभक्त र न्यायप्रेमी जनताले प्यालेस्टिनी जनतामाथि गरेको बर्बर आक्रमणको निन्दा तथा भत्र्सना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
युवा तथा विद्यार्थीहरूलाई देश विदेशका राजनीतिक सङ्घर्षका विषयमा जानकार गराउनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले इतिहासको अध्ययनले पहिलेका गल्तीहरू नदोहो¥याउन मद्दत गर्ने बताउनुभयो ।
नेपाली जनता युद्धको विरोध र शान्तिको पक्षमा रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “संसारमा जति पनि युद्ध हुन्छन् ती सबैको भित्री उद्देश्य अर्थतन्त्र कब्जा गर्नु नै हो ।”
भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले युद्ध भूमि इजरायलमा नेपाली विद्यार्थीहरूको मृत्यु हुनुमा देशका शासकहरू जिम्मेवार भएको धारणा राख्दै पक्राउमा परेका नेपालीलाई नेपाल फर्काउने प्रयासमा सरकारले जोड दिनुपर्ने बताउनुभयो ।
प्यालेस्टाइनमाथि इजरायलको आक्रमण अन्त्यको लागि संसारका विभिन्न देशमा विरोध प्रदर्शनहरू भइरहेको बताउँदै प्रमुख प्रजापतिले नेपाली जनताले पनि इजरायलको विरोध र प्यालेस्टिनीहरूको पक्षमा निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।
प्यालेस्टाइनमाथि इजरायलको आक्रमण घोर मानवताविरोधी नरसंहार हो, उहाँले भन्नुभयो ।
संरा अमेरिका हतियार व्यापारी रहेको स्पष्ट पार्दै उहाँले इजरायललाई संरा अमेरिकाले रु.१५ अर्ब डलरको हतियार उपलब्ध गराएको र हतियारको व्यापार गर्न नै संरा अमेरिकाले विश्वका विभिन्न देशहरूमा युद्ध भड्काइरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “देशलाई सङ्कट भएको बेला सङ्कट समाधानको लागि उपयुक्त निकास दिने काम बुद्धिजीवीको हो । देशको अस्तित्व र स्वाधीनताको पक्षमा जनतालाई जागृत गराउने काम बुद्धिजीवीको हो ।”
विद्यार्थीहरूलाई देशभक्तिको भावना जगाई राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे सचेत गराउन सकेमात्र भविष्य उज्ज्वल हुनेतर्फ उहाँले सचेत गराउनुभयो ।
भनपाका उपप्रमुख एवम् कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले विश्वका घटना परिघटनाबाट नेपालले पनि पाठ सिक्न जरुरी रहेको बताउँदै साम्राज्यवादीहरूको विरोध गर्न नेपालीहरू हरदम तयार हुनुपर्ने बताउनुभयो ।
शिक्षक तथा कर्मचारीहरू राजनीतिकरूपमा सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले व्यक्तिगत स्वार्थको निम्ति नभई सामाजिक हितको निम्ति काम गर्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले इजरायल प्यालेस्टाइन द्वन्द्व र इतिहासबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
कार्यक्रममा कलेजका शिक्षक कमिनिका न्याइच्यार्इँले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *