भर्खरै :

इजरायलले विश्वका यहुदीहरूको प्रतिनिधित्व गर्दैन

इजरायलले विश्वका यहुदीहरूको प्रतिनिधित्व गर्दैन

मङ्सिर १ गतेको ‘मजदुर’ दैनिकमा ‘मध्यपूर्वमा शान्ति कायम गर्न इजरायल विस्थापन गर्नु जरुरी’ शीर्षकको समाचार अत्यन्तै सान्दर्भिक लाग्यो ।
यहुदी, यहुदीवाद, यहुदीवादी, यहुदी संस्कृति, इजरायल हेर्दा र सुन्दा पर्यायजस्तो देखिने र सुनिए पनि यी शब्दहरूको अर्थको भिन्नताका बारेमा त्यस छोटो लेखले प्रस्ट्याउन खोजेको छ । अमेरिकामा यहुदीहरूले नै इजरायल सरकारको विरोध गरेको र बेलायत, फ्रान्सलगायतका देशहरूमा पनि इजरायलको अमानवीय हमलाको विरोधको प्रसङ्गलाई जोडेर यी शब्द र वाक्यांशहरूको अर्थबारे प्रस्ट्याइएको छ । इजरायल सरकारले संसारका सबै यहुदीहरूको प्रतिनिधित्व नगर्ने, इजरायलीहरूबाट प्यालेस्टिनीमाथि गरिएको आतङ्ककारी हमला प्यालेस्टिनीहरूको अस्तित्व निमिट्यान्न पार्न युद्ध गरिएको बारेमा दिइएको जानकारी आम पाठकहरूको लागि उपयोगी छ । यसको लागि हार्दिक धन्यवाद दिँदै पत्रिकाले त्यसको स्रोतबारे उल्लेख गरिदिएको भएमा आभारी हुने थिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *