भर्खरै :

पूर्व राष्ट्रपतिलाई घर खाली गरिदिन १५ दिने अल्टिमेटम

नेपालका पूर्व राष्ट्रपति रामवरण यादवलाई आफू बस्दै आएको घर खाली गर्न सूचना प्रकाशित भएको छ । २०७२ साल कात्र्तिक १२ गतेदेखि सरकारले पूर्व राष्ट्रपतिलाई आवास सुविधा उपलब्ध गराउँदै ललितपुर महानगरपालिका वडा नं ४ बागडोलस्थित रविभक्त विष्टको घर बहालमा लिएको थियो । तर २०७४ साल श्रावण १ गतेदेखि घरबहाल सम्झौता नविकरण नगरी बहाल रकम तथा बिजुलीको विल रकम समेत भुक्तानी नगरी जबरजस्ती रुपमा बस्दै आएको सूचनामा उल्लेख छ । घरधनी विष्टले पटक पटक बहाल रकम र विजुली महसुल तिर्न ताकेता गरेपनि शितलनिवास र सरकारबाट कुनै पहल नभएको हुँदा सार्वजनिक रुपमै पूर्वराष्ट्रपतिलाई १५ दिनभित्र घर खाली गर्न सूचना दिएका हुन् ।
यससंगै सामाजिक सञ्जालहरुमा सो सूचनालाई लिएर चर्चा हुन थालेको छ । कतिले पूर्वराष्ट्रपतिलगायतका व्यक्तिहरुलाई राज्यले खर्च गरिरहन नहुने बताएका छन् । कतिले भने पूर्वराष्ट्रपति यादवको आफ्नै घर हुँदा हुँदै आवास सुविधा लिइरहनु नै गलत रहेको टिप्पणी गरेका छन् । नेपालजस्तो देशले कतिजनासम्म पूर्व राष्ट्रपति, उपराष्ट्रपतिहरुलाई राज्यको रकम खर्चेर पालिरहन सक्छ भन्ने प्रश्न पनि अहिले सामाजिक सञ्जालहरुमा उठ्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *