युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू
- पुष २८, २०८१
भक्तपुर, २ मङ्सिर । श्रमिक बचत तथा ऋण सहकारी संस्था लि.को २० औँ साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि गोसाईले गरिब, मजदुर, किसानवर्गको सामाजिक तथा आर्थिक विकासको निम्ति सहकारीको अवधारणा विकास भएको धारणा राख्दै भन्नुभयो, “यदि सहकारीले पनि बैङ्क, फाइनान्सले जस्तै धनीवर्गकै सेवा गर्ने, नाफाकै निम्ति काम गर्ने र कुनै पनि सामाजिक उत्तरदायित्व बहन नगर्ने हो भने सहकारीको कुनै औचित्य हुनेछैन ।”
संस्थाका ज्येष्ठ नागरिकहरूलाई गरिएको सम्मान कार्यक्रमको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, “समाज तथा संस्कृतिको उत्थान र विकासका निम्ति योगदान गर्ने अग्रज, ज्येष्ठ नागरिकहरूलाई बेलामौकामा गरिने सम्मान, भेटघाट तथा कदर कार्यक्रमले समाजमा सकारात्मक संस्कारको विकास हुन्छ । मानिसको जन्मदेखि मृत्युसम्मको बन्दोबस्तलाई सहजीकरण गर्न सहकारीले आवश्यक भूमिका निर्वाह गर्नु आवश्यक छ । आज समाजमा विद्यार्थीलाई जस्तै ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतनको बन्दोबस्त आवश्यक छ ।”
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “नयाँ पुस्ता भनेको समाजका बीउ हुन् । जसरी राम्रो वातावरणमा उचित मलजल प्राप्त बीउबाट उम्रेका बिरुवाले राम्रो फल दिन्छ, त्यसरी नै राम्रो संस्कार, व्यवहार, सकारात्मक सोच, विचार सानै उमेरबाट नयाँ पुस्तालाई सिकाउन सक्यौँ भने भोलि पूरै समाज नै असल र सभ्य हुनेछ ।”
उहाँले भन्नुभयो, “फासीवादी इजरायल र साम्राज्यवादी अमेरिकाले आफ्नो देशको अस्तित्व रक्षाको निम्ति लडिरहेका देशभक्त प्यालेस्टिनीहरूको जातीय संहार गर्ने नियतले युद्धको अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गरी मानवतालाई लत्याउँदै नरसंहार मच्चाइरहेका छन् । विश्वका शक्तिशाली देशहरूले कमजोर देशमाथि गरेको अन्याय, अत्याचार, दबाब, आक्रमणको विरुद्ध भक्तपुरका न्यायप्रेमी जनताले न्हुँ द ¥यालीलाई रचनात्मक उपयोग गरेको सकारात्मक कदम हो ।”
भक्तपुर जिल्ला बचत सङ्घका सचिव जगनाथ प्रजापतिले कुनै पनि साधारणसभा भनेको संस्थाको वार्षिक गतिविधिको समीक्षा, कमीकमजोरी औँल्याउने र संस्थालाई मार्ग निर्देशन गर्ने सभा भएको बताउनुभयो ।
सहकारीले शिक्षा शिविरलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “समुदायमा आधारित सहकारीलाई मात्र विश्वास गर्नुपर्छ । बढी ब्याजको लोभमा सहकारीका पदाधिकारी र सञ्चालकहरू नचिनेको सहकारीमा पैसा जम्मा गर्नु खतरा हुनेछ ।”
गणेश मावि सिपाडोलका पूर्व प्रअ नारायणबहादुर दुवालले नेतृत्वमा बस्ने साथीहरू सकारात्मक सोच, देश, जनता र समुदायप्रति बफादार र इमानदार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहकारी अध्ययन समाजका नेपालका महेन्द्र बखुन्छेँ र संस्थाका सल्लाहकार लक्ष्मीभक्त कवांले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष राजाराम गोसाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मित्र सहकारी संस्थाको तर्फबाट सिद्धि गणेश सहकारी संस्थाका उपाध्यक्ष विष्णुराम दुमरु, संस्थाका संस्थापक सल्लाहकार गणेशराम सुवाल, संस्थापक अध्यक्ष कृष्णनारायण मचामसी, कानुनी सल्लाहकार विकल प्रजापति, निवर्तमान अध्यक्ष दिनेश ग्वाछा, संस्थापक देवनारायण बहाला, रामसुन्दर दुवाल, लक्ष्मी सुन्दर सुवाल, ललिता गोसाई, श्रीप्रसाद तुइतुईलगायतले बोल्नुभएको थियो ।
साधारणसभाको उद्घाटनपछिको बन्दसत्रले विविध निर्णयहरू गर्दै ७० वर्ष नाघेका ज्येष्ठ सदस्यहरूलाई सम्मान र एसईई उत्तीर्ण बाल बचतकर्ताहरूलाई पुरस्कृत गरेको थियो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू पनि देखाइएको थियो ।
Leave a Reply