भर्खरै :

नेपालभाषा साहित्य तःमुंज्या काभ्रेद्वारा साइकल ¥याली

नेपालभाषा साहित्य तःमुंज्या काभ्रेद्वारा साइकल ¥याली

काभ्रे, २ मङ्सिर । आउँदो मङ्सिर ११ गते लाय्कु बनेपामा हुने नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) को प्रचारार्थ बनेपा, नाला, साँगा, पनौती, चौकोत, धुलिखेललगायतका सहरहरूमा शनिबार साइकल ¥याली भयो ।
¥यालीमा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष एवम् ‘जनमत’ मासिक पत्रिकाका प्रधानसम्पादक मोहन दुवालले विश्वमा भइरहेको युद्धको कारण अमेरिकी साम्राज्यवाद हो भन्नुभयो । उहाँले इजरायलले प्यालेस्टिनी भूभाग कब्जा गरेर प्यालेस्टाइनमा नरसंहार गरिरहेको हुँदा युवाहरूले युद्धको विरोध गर्नुपर्छ भन्नुभयो ।
साइकल ¥यालीका संयोजक नवराज केसीले मङ्सिर ११ गते हुने नेपालभाषा साहित्य तःमुंज्याको सहयोगार्थ साइकले ग्रुपले काभ्रे र उपत्यकाका साइकल अभियन्ताहरूको सहभागितामा साइकल ¥याली गर्न पाउनु खुसीको कुरा हो भन्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठले जिल्लाका विभिन्न ठाउँमा प्रचारप्रसार भइरहेको बताउनुभयो ।
देशका विभिन्न जातजातिहरूलाई आ–आप्mनो मातृभाषामा भाषिक समस्या आएको उहाँले बताउनुभयो ।
साइकल ¥यालीको क्रममा बनेपामा ओमप्रसाद मानन्धर, पनौतीमा पुरूषोत्तर कर्माचार्य, धुलिखेलमा संजय कोजुलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *