अन्ना लुइस् : बिर्सन नसकिने एक क्रान्तिकारी महिला – १
- मंसिर २०, २०८०
घेराबन्दी गरिएको गाजापट्टीका मानिसहरू इजरायली आक्रमणविरुद्ध पीडित प्यालेस्टिनीहरूको प्रतिनिधित्व गर्ने वकीलहरूको समूहले इजरायलको कार्य नरसंहारको अपराध हो भन्ने तर्क गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा उजुरी दर्ता गरेको छ । फ्रान्सेली दिग्गज वकिल गिल्स डेभर्सले बुधबार उजूरी पेस गरे र नरसंहारको अपराधका लागि सबै मापदण्ड पूरा भएको जोड गरे । भूतपूर्व युगोस्लाभिया, रुआन्डाजस्ता देशहरूको नाम उद्धृत गर्दै उनले तर्क गरे विगतका परिस्थितिहरूले उजुरी पेस गरिएको उदाहरण स्थापित गरेको छ । उनले भनेका छन्, यो मेरो लागि स्पष्ट छ कि नरसंहारको अपराधको लागि सबै मापदण्डहरू पूरा छन् । वकिल डेभर्स भन्छन्, यो मेरो विचार होइन यो कानुनको वास्तविकता हो । वकिलहरूले गाजामा प्यालेस्टिनीहरूविरुद्ध इजरायलका कार्यहरू वास्तवमा नरसंहार भएको भन्दै पश्चिमलाई अपराधलाई प्रोत्साहन गर्नबाट टाढा रहन आग्रह गरेका छन् । गाजामा गम्भीर युद्ध अपराधहरू भइरहेका छन् भने चिन्ता व्यक्त गर्दै डेभर्सले भने, संलग्न हुन नचाहेका सरकारहरूले इजरायललाई समर्थन गर्नबाट टाढा रहनुपर्छ । सरकारहरूले मानव अधिकार वा नरसंहारमध्ये कुनलाई समर्थन गर्ने हो भन्ने प्रश्नको स्पष्ट उत्तरले उनीहरू कुन शिविरका हुन् भन्ने निर्णय गर्छ ।
यो संवेदना किन भुलेका ?
इजरायल अप्ठेरोमा फलेको फर्सीजस्तो भएको छ । खाउँ टिप्न सकिँदैन नखाउँ तिहुन छैन । यसलाई छ भन्ने कि छैन भन्ने ? हमासलाई समाप्तै पार्ने दुनियाँसामु देखा पर्दै छ । आफ्नो भूमि नहुँदा के के हुन्छ भन्ने कटु अनुभव इजरायलीलाई थाहा छ । अहिले उही इजरायल प्यालेस्टिनीहरूलाई भूमिहीन गराउन अनेक प्रपञ्च गर्दै छ । यत्रो सङ्घर्ष गरेर प्यालेस्टिनीहरू उभिन्नसम्म पनि पाएका थिए । इजरायल त्यही पनि खोस्न खोज्दै छ र भूमिहीन बनाउन आकाश–पाताल जोर्ने काम गर्दै छ । यो इजरायलको पच्चीसै आना वाहियात काम हो । हो, बुद्धि छ भनेर कसैले पनि बुद्धिको दुरुपयोग गर्न मिल्दैन । यो रहस्य इजरायललाई पूर्ण अवगत छ । तसर्थ यसको ओखती इजरायलले हमासलाई मास्ने विचार तत्कालै छोड्नु नै न्याय हो भन्नेमा छु म । सहअस्तित्व कति सुन्दर, स्थापना कति उत्तम विचार, आज परमाणु हतियार धेरै मुलुकसँग छ केवल धेरै र थोरैको अन्तरमात्र हो । तसर्थ सहअस्तित्व, सहजीवन आजको युगको तीव्र माग हो । सँगै खाउँ, सँगै बाँचौँ । पुग नपुग एउटा राष्ट्रले अर्को राष्ट्रलाई पनि हेरौँ न बरु । इजरायल बाटोमा हिँड्नुप¥यो । इजरायलमा जस्तै नयाँ पुस्ता छ हमासको पनि, त्यो संवेदना किन भुलेको ?
इजरायलले बुझ्नुप¥यो
यो संसार भनेकै विविधताको समष्टि हो । यसैले नै संसार सुन्दर छ । यहाँ धेरै जनसङ्ख्या भएका भारत एवं चीन पनि अटाएका छन् भने थोरै जनसङ्ख्या भएका धेरै मुलुक पनि अटाएका छन् । सबैले गरिखाएकै छन् । तब प्यालेस्टिनीहरू सङ्ख्यामा धेरै छैनन् तर गरिखाएकै थिए । इजरायल आफै पनि कहाँ ठूलो मुलुक हो र ? तर, सानो मुलुक भनेर गरिखान नदिएको छैन त । त्यही सानो मुलुक आफूभन्दा पनि सानो देश प्यालेस्टिनीहरूलाई उखेल्न चाहिने नचाहिने काम गरिरहेको छ । आफ्नो माटो वा भूमि नहुँदा कस्तो बस्ती हुन्छ ? त्यो वेदना इजरायललाई राम्ररी थाहा छ । तसर्थ, प्यालेस्टिनीहरूलाई निर्भूमि बनाउने विचार फुट्टी पनि राम्रो होइन । कसैलाई निर्भूमि बनाउन पाइँदैन । यो कुरा इजरायलले आत्मसात गरे हुन्छ । इजरायलीहरू गर्व गर्छन् र भन्छन्, प्रकृतिले हामीलाई तातो दिएको छ त्यो बिछट्टको तातोलाई चिसो बनाउने प्रविधि प्रयोग गर्छन् र त्यो मरुभूमिमा गुलाफ फुलाई उपस्थित गराउँछन् । यो दुनियाँलाई चानचुने चुनौती होइन । गरिखान यो दुनियाँमा कसले कसलाई कहाँ रोकेको छ र ? गरिखानुप¥यो । सँगै बाच्ने कुरा सिक्नुप¥यो । बुर्किनाफासो भन्ने एउटा सानो देश पनि यो संसारमा गरिखाएकै छ त ? तसर्थ, आज एसिया–अफ्रिकाका धेरै देश बाँचिरहेका छन् । यो मसिनो कुरा इजरायलले बुझ्नुप¥यो ।
बढी चन्दा दिने नजिक बस्ने
यही लक्षण हो भने इजरायलमा न्याय मर्दै छ । जुन समाजमा न्याय मर्छ त्यो अन्याय मौलाएर समाज उत्रन धौ धौ पर्छ । न्याय मरेको समाज भनेको अन्यायले ढाकेको समाज हो । अन्यायले ढाकेको समाजबाट के पो राम्रो अपेक्षा गर्न सकिन्छ र ¤ आज इजरायल न्याय मरेको समाजको दृष्टान्त भएको छ । अस्पतालउपर नै हमला छ केको उपमा हो योे ? बिरामीलाई औषधिको गोली चाहिनेमा शीशाको गोली दिन थालेपछि के हालत होला ? गाजाका अस्पतालमा उपचार हुनसक्दैन, अस्पतालमा उपचार हुन छाडेपछि कहाँ उपचार गराउने ? यसको सही उत्तर दिने कसले ? इजरायललाई यो अवस्थामा पु¥याएको कसले ? मसिनोसँग हे¥यो भने उही संरा अमेरिका नै भेटिन्छ । एकातिर यस्तो छ भने यही युद्धलाई निमित्त बनाएर अमेरिकाले १५ हो कि जस्तो लाग्छ अर्ब अमेरिकी डलरको हातहतियार इजरायललाई बेच्यो । अमेरिकालाई लाभ नै यही हो । अमेरिकाको राष्ट्रपति निर्वाचनमा शस्त्रास्त्र उत्पादन गर्ने कम्पनीहरूले एउटा भव्य भोजको आयोजना गर्छन् जहाँ जसले बढी दियो उही उम्मेदवारको नजिक बस्न पाउँछ । यसको लागि युद्धका लागि हातहतियार उत्पादन गर्ने कम्पनीहरू बढी चन्दा दिएर उम्मेदवारको नजिक बस्ने प्रतिस्पर्धा नै चल्छ ।
Leave a Reply