इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
काठमाडौँ, ७ मङ्सिर । समाज बदल्न, देश विदेशमा रहेका शोषित–पीडित जनताको पक्षमा बोल्न, समर्थन गर्न र ऐक्यबद्धता जनाउन किसान, मजदुर, शिक्षक, युवा, महिला, व्यापारी, व्यवसायी, बुद्धिजीवीमात्र होइनन्, विद्यालयका विद्यार्थीहरू पनि जुट्नुपर्छ, लाग्नुपर्छ । समाजमा आमूल परिवर्तन ल्याउन, जनताको दुःख र पीडा बुझ्न र त्यसको समाधान खोज्नेतर्फ समाजवादका विचारक, दार्शनिकका साथै विद्यालयका विद्यार्थीहरूको साथ र सहयोग पनि आवश्यक हुन्छ । इतिहासमा गरिबका छोराछोरीले पनि समाजमा ठुलठुला परिवर्तन ल्याउन योगदान गरेका छन्, योगदान गर्न सक्छन् । विद्यालयमा पढ्ने गरिबका छोराछोरी या विद्यार्थीहरूले पनि देश र समाजका हरेक सुख दुःख खपेका हुन्छन्, हरेक किसिमका कठिनाइको सामना गर्ने आँट गर्छन्, अरूसँग मिल्ने र सहयोग गर्ने भावना राख्छन् । यसै सिलसिलामा विद्यार्थी हित समितिले शुक्रबार फासीवादी इजरायलले अमेरिकी सरकारको इसारा र सहयोगमा प्यालेस्टाइनमाथि गरिरहेको बर्बर आक्रमणको विरोधमा शुक्रबार प्रदर्शन तथा सभा गर्ने भएको छ । उक्त जुलुसमा सहभागी हुन समितिले विद्यालय विद्यालयका विद्यार्थीहरूलाई सहभागी हुन आग्रह गरेको छ ।

देश विदेशमा भइरहेको आन्दोलनबारे विद्यार्थीहरूलाई पनि सुसूचित पार्नुपर्छ । देशको लागि आवश्यक जनशक्ति तयार गर्न, विज्ञान र प्रविधिको विकास गरी देश विकासको उचाइ बढाउन विद्यार्थीहरूलाई देशको राजनीतिक स्थितिबारे अवगत गराइनुपर्छ । विदेश गई ज्ञान विज्ञान हासिल गरेर, देश र जनताको निःस्वार्थ र इमानदारीपूर्वक सेवा गर्नुपर्छ भन्ने भावनाबाट विद्यार्थीहरूलाई सुसूचित बनाइनुपर्छ । विदेशमै बस्ने र रमाउने, देश र जनताप्रतिको कर्तव्य भुल्ने, पैसाकै भरमा उपद्रव गर्ने कामबाट जोगाउन विद्यार्थीहरूमाझ राजनीति गर्नु आवश्यक छ । उपद्रवी र हुल्याहाहरूबाट जोगाउन पनि छात्रछात्रा र अभिभावकहरूलाई सतर्क बनाउन पनि विद्यार्थी हित समितिले विद्यालय–विद्यालयमा विभिन्न गोष्ठी, सभा, साहित्यिक क्रियाकलाप, अन्तरक्रिया गरिरहनु आवश्यक छ । यसअघि विद्यार्थी हित समितिकै अगुवाइमा देशघाती एमसीसीको विरोधमा विरोध प्रदर्शन तथा सभा भएको थियो । अहिले इजरायली सरकारले प्यालेस्टाइनलाई ध्वस्त पार्दै नरसंहार गरिरहेको छ । उक्त आक्रमणको विरोध संसारका धेरै देशहरूमा भइरहेको छ । नेमकिपाले त्यस आक्रमणको विरोधमा राजधानीमा जुलुस प्रदर्शन गरेको थियो । विद्यार्थी हित समिति भक्तपुरले त्यस आक्रमणको विरोध गर्नु समय सान्दर्भिक छ ।
शुक्रबार हुने प्रदर्शन र सभा पनि विद्यार्थीहरूलाई सुसूचित पार्ने एक पाइला हुनेछ । विद्यार्थी हित समितिले उठाएको यो कदम ठीक समयमा ठीक पाइला हुनेछ । विनाअर्थ बिताएका सयौँ, हजारौँ दिनभन्दा अर्थपूर्ण एक दिन धेरै महत्वपूर्ण हुन्छ । विद्यार्थी हित समितिको यो कदम प्यालेस्टिनी जनताको पक्षमा एउटा अर्को पाइला हुनेछ । विद्यार्थी हित समितिले तय गरेको आन्दोलन सफल पार्न विद्यालयका शिक्षक, अभिभावक र टोलका प्रबुद्धहरूले पनि हौसला दिनु समीचीन या न्यायसङ्गत हुनेछ ।
Leave a Reply