भर्खरै :

आपराधिक क्रियाकलाप बढ्दो स्थानीय चिन्तित

आपराधिक क्रियाकलाप बढ्दो स्थानीय चिन्तित

आजभोलि मानिसहरूले समाजमा अशान्ति बढेको, हत्या, हिंसाजस्ता जघन्य आपराधिक क्रियाकलापहरू बढ्दै गएकोमा चिन्ता प्रकट गर्न थालेका छन् । मङ्सिर ६ गते भरतपुर १२ मा १ पुरुष र १ महिलाको शव जुटको बोरामा हत्या गरेर फालेको भेटियो भने सोही दिन खैरहनी नगरपालिकामा एक पुरुषको शव फेला प¥यो । जिल्लामा एकै दिन हत्या गरिएर फालेको तीन वटा लास फेला पर्दा नागरिक त्रसित हुन पुगेका हुन् । मानिसले मानिसलाई दिनदहाडै हत्या गर्ने, मार्ने घटना वृद्धि हुँदै जानुले समाज कतातिर जाँदै छ भन्ने डर सबैमा पैदा भएको हो । अरु आपराधिक क्रियाकलाप पनि समाजमा बढ्दो छ ।
सरकारले समाजमा खुलेआम हत्या, हिंसाजस्ता आपराधिक गतिविधि गरेर हिँड्नेहरूलाई गणतन्त्र दिवसको अवसर पारेर सजाय माफी दिएर छुटाउने काम हुँदै आएको छ । सजाय माफी पाएर छुटेका अपराधीहरूबाट फेरि पनि मानिसलाई मार्ने धम्की, डर दिने काम भई आएको छ र अपराध हुने काम दोहोरिरहेको छ । शक्तिको आडमा भनसुन गरेर अपराधीहरू छुटाउँदा र छुट्दा अपराधीहरूको मनोबल बढ्नेछ । समाजमा खुलेआम आपराधिक घटनाहरू बढ्न गएको सचेत मानिसहरूले भनेका छन् ।
सत्तामा हुने नेतादेखि तिनकै आसपासमा रमाउनेहरू समाजमा बलमत्ता व्यवहार देखाउँछन् । नेताहरू पनि गुण्डाकै आडभरोसामा हिँड्न लालायित ठान्छन् भने त्यस्ता गुन्डाहरूलाई त्यही नेताहरूले पालेका छन् । सत्ताधारीहरू नै सामाजिक आपराधिक गतिविधिहरूमा संलग्न भएपछि अपराधीहरूलाई अपराध गर्न सजिलो हुने नै भयो । मानिसहरू एक्लाएक्लै हिँड्डूल गर्न पनि डर, त्रास केही हुने पो हो कि भन्ने पिर पर्न थालेका छन् । शान्ति, सुरक्षा, अमनचयन, स्वतन्त्र घुमफिर, आनन्दसँग रहन नपाउने समाजको के अर्थ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *