यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
ललितपुर, १४ मङ्सिर । नेपाल क्रान्तिकारी महिला सङ्घले प्यालेस्टिनी जनताको समर्थनमा शुक्रबार ललितपुरमा जुलुस प्रदर्शन तथा सभा गर्ने भएको छ । उक्त जुलुस लतिलपुरको लगनखेलबाट दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । जुलुस नगर परिक्रमा गरी मङ्गलबजार परिसरमा पुगी सभामा परिणत हुनेछ ।
नेक्रामसङ्घले प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउन जुलुस तथा सभामा सहभागी हुन महिला, युवा, विद्यार्थी, किसान, मजदुर, व्यापारी तथा सर्वसाधारणमा आग्रह गरेको छ ।
नेक्रामसङ्घले अमेरिकी साम्राज्यवाद मुर्दावाद, यहुदी जातिवाद मुर्दावाद, प्यालेस्टिनीहरूको जातीय सफाया बन्द गर, स्थायी युद्धविराम सम्झौता गर भन्ने उद्घोषसहितको एक अपिल प्रकाशित गरेको छ ।
विश्वका न्यायप्रेमी र शान्तिप्रेमी जनताको दबाबमा हमास र इजरायल सरकारबिच मङ्सिर ८ गतेबाट सुरू भएको चारदिने युद्धविराम मङ्सिर १४ गतेसम्मको लागि थप दुई दिन थपिएको छ । तर, यो युद्धविराम स्थायी हुनुपर्छ भन्ने माग विश्वका जनसमुदायको रहेको छ । प्यालेस्टाइनलाई राजनीतिक मान्यता दिनुपर्ने माग विश्वव्यापी बढिरहेको बेला नेक्रामसङ्घले गरेको जुलुस प्रदर्शन तथा सभामा सहभागी भएर प्यालेस्टिनी जनताको स्वतन्त्रताको निम्ति ऐक्यबद्धता जनाउनु आवश्यक छ ।
Leave a Reply