महिला अधिकार : संविधान र व्यवहारबारे एक विश्लेषण
- आश्विन ३, २०८१
इजरायलले प्यालेस्टिनी जनतालाई नामेट पार्ने ध्येयले जातीय सफाया गरेको विरोधमा संसारका देशभक्त र न्यायप्रेमी जनता उठ्दै छन् । संसारका न्यायप्रेमी जनताले स्थायी युद्धविराम सम्झौता गर, प्यालेस्टिनी जनतालाई बाँच्न देऊ, गाजापट्टीमा नरसंहार बन्द गर, प्यालेस्टिनी भूमि फिर्ता गर, युद्धविरोधी जनता एक हौँ भन्दै इजरायलको ध्वंसकारी आक्रमणको विरोध गर्दै छन् । यस्तै विरोधको क्रममा नेपाल क्रान्तिकारी महिला सङ्घले मङ्सिर १५ गते शुक्रबार ललितपुरमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरेको छ । ललितपुरको लगनखेलबाट सुरू हुने उक्त जुलुस प्रदर्शनमा सहभागी हुन नेक्रामसङ्घले सम्बन्धित सबैमा आग्रह गरेको छ । प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउन र इजरायली नरसंहारको खबरदारी गर्न उक्त विरोध प्रदर्शन तथा सभा विश्व जनसमुदायको निम्ति एक उपयुक्त कदम हुनेछ ।
इजरायली शासकहरूले शक्ति राष्ट्र अमेरिकाको सहयोग र साथमा प्यालेस्टिनी जनतालाई नरसंहार गरिरहेको यथार्थ हो । साम्राज्यवाद र जातिवादको विरोध गर्नु देशका सबै सचेत नागरिकहरूको दायित्व हो । प्यालेस्टिनी जनताको स्वतन्त्रता र सार्वभौम राज्यको निम्ति विश्वका न्यायप्रेमी र शान्तिप्रेमी जनतालाई साथ दिनु या ऐक्यबद्धता जनाउनु अन्तर्राष्ट्रवादीहरूको धर्म हो । यसै सिलसिलामा नेमकिपाको एक वर्गीय सङ्गठन नेपाल क्रान्तिकारी महिला सङ्घले ललितपुरको लगनखेलबाट जुलुस प्रदर्शन गर्ने कार्यक्रम तय गरेको हो । यसअघि नेमकिपाले काठमाडौँ र विद्यार्थी हित समिति भक्तपुरले भक्तपुरमा ठुलो प्रदर्शन गरेका थिए । इजरायलले स्थायी युद्धविराम नगरेसम्म, प्यालेस्टिनी भूमि फिर्ता नभएसम्म आन्दोलन जारी राख्नु आवश्यक छ । इजरायलले आफ्नो आन्दोलन थालनी गरिरहे संरा सङ्घले इजरायलमाथि आर्थिक नाकाबन्दी गर्नुपर्छ, संसारका न्यायप्रेमी जनता, स्वाधीनतापे्रमी र देशभक्त शासकहरूले इजरायली आक्रमणको निन्दा गर्दै माफी मगाएर एक्लो पार्नुपर्छ ।
बेलायतले प्यालेस्टाइनमा यहुदीहरूको बस्ती बढाउने र प्यालेस्टिनी जनतालाई उठिवास बनाउने षड्यन्त्र रचेको थियो । सन् १९४८ मा संयुक्त राष्ट्र सङ्घले प्यालेस्टाइनलाई दुई टुक्रा पा¥यो । त्यस समयदेखि नै साम्राज्यवादी देशहरू संरा अमेरिका र बेलायत तथा साम्राज्यवादी नीतिको पछि लाग्ने इजरायलजस्ता देशका शासकहरूले प्यालेस्टाइनमा बक्रदृष्टि राखे र इजरायलका यहुदीहरूको बस्ती विकास गर्दै लगे । यहुदीहरूको बस्ती विकाससँगै प्यालेस्टिनी जनतालाई उठिवास गराउने या नामेट पार्ने उद्देश्यले बम वर्षा गर्ने र सहर ध्वस्त पार्ने काम इजरायलले ग¥यो । इजरायलले गाजापट्टीमा गरेको नरसंहार, नाकाबन्दी, घेराबन्दीको सर्वत्र विरोध भइरहेको छ । अतः नेक्रामसङ्घले आयोजना गरेको विरोध प्रदर्शन तथा सभामा न्यायप्रेमी र शान्तिप्रेमी महिलाहरूले सहभागिता जनाउनुपर्छ र विरोध प्रदर्शन तथा सभा सफल पार्न युवा, विद्यार्थी, किसान, शिक्षक, कर्मचारी, विभिन्न पेसा तथा सङ्घ संस्थामा आबद्ध व्यक्तिहरू पुग्नुपर्छ ।
यसले प्यालेस्टिनी जनताको हितमा र विश्वमै शान्ति कायम गराउने विश्वका न्यायप्रेमी जनताको आन्दोलनमा थप टेवा पुग्नेछ । यो इजरायली सरकारलाई मात्र होइन साम्राज्यवादी देश संरा अमेरिका र बेलायतको निम्ति पनि यो हाँक हुनेछ । यसरी नै एकपछि अर्काे इजरायली नरसंहारको विरोधमा भइरहेको प्रदर्शन साम्राज्यवादी देशहरूको निम्ति एक दबाब हुनेछ । आक्रमणकारी देशहरूलाई प्यालेस्टिनी सार्वभौमिकता स्वीकार्न बाध्य पार्नुपर्छ । प्यालेस्टाइनमा जस्तै नेपालमा पनि ठुला शक्ति राष्ट्रले आक्रमण गर्न सक्ने हुँदा समयमै हामी सचेत हुनुपर्छ र वर्गीय दुश्मनको विरोधमा एकजुट हुनुपर्छ ।
Leave a Reply