भर्खरै :

अक्टोवर क्रान्तिको सन्देश आत्मसात नगर्नेहरू कम्युनिष्ट होइनन्

– सुरेन्द्रराज गोसाई
विसं २०४६ सालको ऐतिहासिक आन्दोलनबाट बहुदलीय प्रजातन्त्र प्राप्त भइसकेपछि नेमकिपाले फ्रेबुअरी क्रान्तिसँग तुलना ग¥यो । आन्दोलन बिसर्जनमा नटुङ्ग्याऔं बरु गाउँ–गाउँमा पु¥याऔं, तल्लो वर्गसम्म पु¥याएर व्यापक जनतालाई उठाऔं भन्ने आह्वान नेमकिपाले ग¥यो । यो भावना अक्टोवर क्रान्तिको सन्देश थियो । विसं २०४६ सालको ऐतिहासिक आन्दोलनबाट बहुदलीय प्रजातन्त्र प्राप्त भइसकेपछि नेमकिपाले फ्रेबुअरी क्रान्तिसँग तुलना ग¥यो । आन्दोलन बिसर्जनमा नटुङ्ग्याऔं बरु गाउँ–गाउँमा पु¥याऔं, तल्लो वर्गसम्म पु¥याएर व्यापक जनतालाई उठाऔं भन्ने आह्वान नेमकिपाले ग¥यो । यो भावना अक्टोवर क्रान्तिको सन्देश थियो । तर, आफूलाई कम्युनिष्ट भन्नेहरूसमेत नेपाली भूमिमा अक्टोबर क्रान्तिको तयारीको निम्ति सहमत भएनन्, तयार भएनन् । त्यो क्रान्तिप्रतिको गद्दारी थियो, जनताप्रतिको विश्वासघात थियो भने त्यो आह्वान नेमकिपाको राजनीतिक दूरदर्शिता तथा परिपक्वताको द्योतक थियो, क्रान्ति र जनताप्रतिको बफादारिता र समाजवादी उद्देश्य प्राप्त गर्ने संकल्पबाट ओतप्रोत थियो । यसरी २०४६ सालमा नै एमाले, एमाओवादीले जनतालाई धोका दिए, तिनीहरू वास्तविक क्रान्तिको निम्ति तयार भएनन् । यस अर्थमा पनि यी पार्टी अवसरवादी हुन्, संशोधनवादी हुन् । तिनीहरू रातो झण्डा खसाल्ने नक्कली  क्रान्तिकारी हुन््, समयले त्यही पुष्टि ग¥यो ।  बहुदलीय व्यवस्था स्थापना पश्चात नेमकिपाले घोषणा ग¥यो ‘बहुदलको एक चम्चा पानीले जनताको प्यास मेटिंदैन ।’ नेमकिपाको आन्दोलन अगाडि बढाउने त्यो सङ्कल्प, इमानदारीको केही अंश आफूलाई कम्युनिष्ट भन्नेहरूले पनि देखाएको भए आजसम्ममा नेपालको चित्र बेग्लै भइसकेको हुन्थ्यो । समाजवादप्रति आस्थावानहरूको गन्तव्य पूँजीवादी बहुदलीय व्यवस्था हुन सक्दैन । प्राप्त उपलब्धिलाई उपयोग गर्दै आन्दोलन, सङ्घर्षलाई निरन्तरता दिने नेमकिपाको प्रस्ताव त्यतिखेर अस्वीकार गर्नेहरू हिजो जति गलत थिए आज पनि त्यत्तिकै गलत छन् । त्यो राजनीतिक बेइमानीको निम्ति तिनीहरूले सजाय जरुर पाउनेछन् । नेपाली भूमिमा लेनिनवादको झण्डा इमानदारीपूर्वक नेमकिपाले फहरायो । प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी संघसंस्थाभित्र गएर देश र जनताको सेवा गर्ने, तल्लो वर्गको सेवामा समर्पित हुने र निर्वाचनलाई वर्ग संघर्षको दबुको रुपमा उपयोग गर्ने नीति नेमकिपाले अवलम्बन गरेको हो । यही नीतिबाट जनताको सङ्घर्ष जोगाउन, हुर्काउन र निरंकुश पञ्चायती व्यवस्था ढाल्न बल पुग्यो । जनमत सङ्ग्रहको उपयोग, पञ्चायती निर्वाचनको उपयोगको नीति लेनिनवादी शिक्षाबमोजिमनै अपनाइएको हो । हामी कति सही थियौं, इतिहासले बताइरहेको प्रष्ट छ । नेमकिपाले अन्य राजनीतिक दललाई समेत बाटो देखाएर जुन भूमिका निर्वाह ग¥यो त्यो सदा स्मरणीय रहनेछ ।  २०४६ सालपछि बारम्बार पूँजीवादी सरकारमा जाने एमाले र एमाओवादी आफूलाई कम्युनिष्ट भन्दैछन् । देशका उद्योग, कलकारखाना निजीकरणको नाउँमा विदेशीलाई कौडीको मूल्यमा बिक्री गर्नेहरू, आर्थिकरुपमा देशलाई पराधीन बनाउनेहरू, भूमण्डलीकरणको पक्ष लिई राष्ट्रिय अर्थतन्त्र तहसनहस पार्नेहरू, विदेशी पूँजीको दासता स्वीकार्नेहरू आज समाजवादको नारा दिएर जनतालाई छल्न खोज्दैछन्, ठग्दैछन् । त्यस्ता पाखण्डहरूसँग नेमकिपा सङ्घर्ष गर्दैछ । हाम्रो सैद्धान्तिक सङ्घर्ष जारी रहनेछ । पाखण्डहरूको पराजय निश्चित छ । साम्राज्यवादी नाटो देशको बजेटमा चल्ने अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाको आड–भरोसा र हाडखोरमा रमाइरहेको बाँचिरहेको एमाले र भारतको दानापानी र आदेशमा दश वर्ष देशभित्र उपद्रोह मच्चाएको माओवादी आज भारतीय एकाधिकार पूँजीको दलालको भूमिकामा छन् । नेम
किपा भारतीय एकाधिकार र त्यसका दलालहरूविरुद्ध निरन्तर सङ्घर्ष गर्दैछ । यो सङ्घर्र्ष नै नेपाली क्रान्तिको बाटो हो, समाजवादी आन्दोलनको हिस्सा हो र ‘जनताको प्रजातन्त्र’को मर्म र उद्देश्य हो । भारतीय हैकम, थिचोमिचोे र शोषणको विरोध तथा सङ्घर्ष दक्षिण एशियाको आजको अनिवार्य आवश्यकता हो, यो क्षेत्रका प्रगतिशील जनताको भावना हो । दक्षिण एशियाका देशहरूलाई सिक्किमको दुर्भाग्यबाट जोगाउनु, फिजीको दुर्दशाबाट मुक्त पार्नु, नेपाली लेण्डुप दोर्जेहरूलाई उदाङ्ग्याउनु क्रान्तिको सेवा हो, जनताप्रतिको जिम्मेवारी हो । जो यो कर्तव्यबाट च्युत हुन्छ त्यो क्रान्तिकारी त होइन नै, त्यो देशभक्तसमेत होइन । एसियालाई आतङ्कित पारिरहेको मोदी फासिवाद र एसिया, अफ्रिका र ल्याटिन अमेरिकालाई रक्त–आँसुमा डुबाइरहेको संरा अमेरिकी साम्राज्यवाद नेपाली जनताको पनि दुश्मन हो, नेपाली क्रान्तिको पनि चुनौती हो । त्यसविरुद्ध सशक्त आन्दोलन उठाउनु अक्टोबर समाजवादी क्रान्तिको शत्वार्षिकीको नयाँ सन्देश हो । जो तसाम्राज्यवादविरुद्ध सङ्घर्ष गर्दैनन् ती नक्कली क्रान्तिकारी हुन्, कम्युनिष्टको नाउँमा कलङ्क हुन् र साम्राज्यवादीका पिछलग्गू हुन् नाम तिनीहरूको जेसुकै होस् । भारतीय एकाधिकार पूँजीले गाँजिएका दक्षिण एशियाली देशका जनता एक दिन अवश्य उठ्नेछन् र मुक्तिको स्वास फर्नेछन् । जीर्ण बन्दै गइरहेको साम्राज्यवाद ढाल्न विश्वका जनता हिजो भन्दा व्यवस्थित रुपमा जाग्नेछन् र समाजवादको लहर फेरि अवश्य चल्नेछ । एक्काइसौं शताब्दी समाजवादको विजयको शताब्दी हुनेछ । हो, हिजो खु्रश्चेभ, गोर्वाचोभहरूले सोभियत समाजवाद ढाल्यो तर सदाको लागि ढाल्न सकेन । सोभियत समाजवादको अस्थायी हारको २५–३० वर्षपछि फेरि समाजवादी लहर उठ्न थालेको छ । सोभियत समाजवादको तेज दिन प्रतिदिन बढ्दै गएको यथार्थ हो । त्यो चमक अब कसैले छोप्न सक्ने छैन । यो नयाँ वसन्तको शुभसङ्केत हो । कार्ल माक्र्सले भन्नुभएझैं कम्युनिष्टहरू फेरि मसानघाटबाट फर्किसकेका छन् । ‘समाजवाद या मृत्यु’ ‘सम्पूर्ण अस्त्रशस्त्रले सुसज्जित समाजवाद’ र ‘आधुनिक युग समाजवादको युग’को उच्च लक्ष्यका साथ समाजवाद विश्वमा फैलिरहेको छ । समानताले युक्त समृद्धशाली समाज सम्भव यही युगमा छ भन्ने सन्देश विश्वमा फैलिरहेको छ । सोभियत समाजवादको अनुपस्थितिमा विश्वले बेहोर्नुपरेका भीषण युद्धहरू, मानवीय विपत्तिहरू, भयङ्कर विनाशहरूको बदला लिन विश्वका कामदार जनता जागिरहेका छन् । सोभियत समाजवाद ढल्दा हाँस्नेहरू स्वयम् आज हाँसोका पात्र बन्दैछन् । समाजवाद एकपछि अर्को सफलता एवं उपलब्धिका साथ अगाडि बढिरहेको छ । कामरेड क्याष्ट्रोले भन्नुभएजस्तै समाजवादको असफलता देख्नेहरू, ‘देखाई देऊ पूँजीवाद कहाँ सफल भइरहेको छ । के पूँजीवाद एशियामा सफल छ, अफ्रिकामा सफल छ, ल्याटिन अमेरिकामा सफल छ ?’ निश्चय पनि हाम्रो कर्तव्य यतिखेर नेपाली बर्नस्टिनहरूसँग सङ्घर्ष गर्नु हो, ख्रुश्चेभहरूलाई खत्तम गर्नु हो र गोर्वाचोभहरूलाई नेपाली राजनीतिक दबुबाट गलहत्याउनु हो । अक्टोबर क्रान्तिको शत्वार्षिकीमा यही भावनालाई फैलाआंै, यही सङ्कल्प गरौं १ समाजवादको रातो झण्डा सगर्व माथि उठाऔ १ अक्टोबर क्रान्तिको एक सय वर्षको उत्सवबाट नयाँ वैचारिक ऊर्जा प्राप्त गरी मंसिर २१ को निर्वाचनको मैदानमा उत्रिँदैछौं । यो निर्वाचन सैद्धान्तिक हिसाबले पूँजीवादी सत्तामा रम्न चाहने, पूँजीवादलाई मृत्युसञ्जीवी दिन चाहने र पूँजीवादी राज्यसत्ताभित्रका स्वतन्त्रता उपयोग गर्दै पूँजीवादी सत्ता ध्वस्त बनाउने, सरल भाषामा पूँजीवादको दाहसंस्कार गरी मजदुर किसानको राज्यसत्ता स्थापना गर्दै वैज्ञानिक समाजवादको निम्ति सङ्घर्ष गर्ने
हरूबीचको सङ्घर्ष हो । यो वर्ग सङ्घर्षमा कामदार जनता एकजूट भई मादल चिन्हमा छाप लगाई कामदार वर्गका उम्मेदवारहरूलाई जिताऔं । निर्वाचनको प्रचारको क्रममा स्टालिनको विरोध गर्दै मत माग्न हिंडेकाहरू साम्राज्यवादका दलाल हुन् । माक्र्सवाद भन्दै मनी, मसल देखाउने, मोबाइल बाँड्नेहरू भारतीय दलालहरू हुन् । तिनीहरूलाई हटाउन माक्र्सवादको झण्डा फहराउन मादल चिन्हमा छाप लगाऔं । नेपालको सन्दर्भमा मादल माक्र्सवादको प्रतीक हो । मादलको विजय मजदुर वर्गीय आन्दोलनको विजय हो ।
(नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य एवं प्रदेशसभा निर्वाचन भक्तपुर क्षेत्र नं. १ खका उम्मेदवार सुरेन्द्रराज गोसाईंद्वारा महान अक्टोवर क्रान्तिको सत्वार्षिकीको अवसरमा भक्तपुरको टौमढीमा सम्पन्न जनसभामा व्यक्त मन्तव्य–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *