भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १८ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपा वडा नं. ९ स्थित पुजारी मठ पुनःनिर्माण गर्ने विषयमा सम्बन्धित सरोकारवालाहरूसँग बैठक बस्यो ।
बैठकले भक्तपुर नपा वडा नं. ९ स्थित पुजारी मठ पुनःनिर्माण कार्यको क्रममा मठ भत्काउने क्रममा भेटिने प्रत्येक वास्तु र सम्पदाहरूको अभिलेखीकरण गर्ने र महत्वपूर्ण सम्पदाहरू सुरक्षित प्रदर्शनीको व्यवस्था गर्ने निर्णय गर्यो ।
बैठकले पुजारी मठ पुनःनिर्माण कार्य व्यवस्थितरूपमा सञ्चालन गर्न भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको संयोजकत्वमा सदस्यहरू आ. रामगोविन्द श्रेष्ठ, सम्पदा शाखा भनपा, आ. रीचा पौडेल, राष्ट्रिय कला सङ्ग्रहालय र ठेकेदार प्रतिनिधि पर्शुराम वैद्य, पुरातत्व विभागका इन्जिनियर विनिता भण्डारी रहने गरी सहजीकरण समिति गठन गर्ने निर्णय ग¥यो ।
Leave a Reply