अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सुर्खेत, २१ मङ्सिर । नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतको आयोजनामा संरा अमेरिकाको सहयोगमा इजरायली सेनाले गाजामा प्यालेस्टिनी जनताको नरसंहार गरिरहेको विरुद्धमा वीरेन्द्रनगरको एरिचोकमा कोणसभा भयो ।
उक्त कोणसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरूङले प्यालेस्टिनी जनतामाथि जातीय सफाया अभियान चलाउनु मानवताविरोधी गतिविधि हो, इजरायलद्वारा मारिएका करिब १५ हजार प्यालेस्टिनीहरूमध्ये ७० प्रतिशत महिला र केटाकेटीहरू छन्, यो नरसंहार अमेरिकाको उक्साइमा फासीवादी नेतन्याहुले गरिरहेको बताउनुभयो । नेमकिपाले यसलाई स्थायी युद्धविराममा परिणत गर्नुपर्छ भन्ने मागसहित विभिन्न स्थानमा सभा राखी आवाज उठाइरहेको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतका संयोजक गोविन्दनाथ योगीले साम्राज्यवादी अमेरिकाले प्यालेस्टिनलगायत संसारभर युद्ध र आतङ्क मच्चाएजस्तै हाम्रो देशका शासक पार्टीहरूलाई प्रयोग गरी एमसीसी र एसपीपीको माध्यमद्वारा नेपाललाई चीनको विरुद्धमा भिडाउँदै छ भन्नुभयो ।
Leave a Reply