अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २१ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नपा वडा नं. ५ साकोठास्थित पसल व्यवसायीहरूको भेला गरी सो क्षेत्रमा पसल तथा फुटपाथ व्यवस्थापनबारे बिहीबार छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको फुटपाथ, सवारी पार्किङ, सुरक्षा व्यवस्था, जात्रा पर्व व्यवस्थापनको लागि नगरपालिकाले योजनाबद्ध कार्यहरू गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिका क्षेत्रको सरसफाइसम्बन्धी ऐन २०७६ र भक्तपुर नपाको वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी ऐन २०७७ लाई कार्यान्वयन गर्दै आएको र सो ऐनहरूमा जथाभावी फोहर गर्नेहरूको लागि दण्ड जरिवानाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
जनतालाई दण्ड जरिवानाभन्दा सचेतनालाई नै नगरपालिकाले जोड दिँदै आएको बताउँदै उहाँले भक्तपुर नगरलाई अझ सुन्दर, सभ्य र व्यवस्थित गर्न भक्तपुरका पसल व्यवसायीहरूसँग समन्वय गर्दै अगाडि जाने बताउनुभयो ।
भक्तपुरमा पर्यटन विकास तुलनात्मकरूपमा राम्रो हुँदै गइरहेको उल्लेख गर्दै उहाँले पर्यटकहरूको भक्तपुर बसाइँ लम्ब्याउने विषयमा नपाले विशेष जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले बजार व्यवस्थापन सहरलाई जीवन्त राख्ने मुख्य आधार भएको बताउँदै सम्पदा क्षेत्र स्वच्छ र सुन्दर बनाउन सके भक्तपुरमा पर्यटकहरूको आगमनमा पनि वृद्धि हुने बताउनुभयो ।
कार्यक्रममा भनपा श्यानिटेसन शाखाका प्रमुख दिलिपकुमार सुवालले पसलको फोहोर जथाभावी फाल्ने, फुटपाथमा पसल राख्ने कामले नगरको सुन्दरतामा असर पुगेको बताउँदै नगरलाई सफा राख्न नपाले तोकेको समयमा मात्र फोहोर फाल्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा उपस्थित पसल व्यवसायीहरूले नगरको सुन्दरतामा आँच आउने गरी व्यवसाय सञ्चालन नगर्ने प्रतिबद्धता व्यक्त गर्दै नपाले ठाउँ–ठाउँमा पर्यटकलाई आवश्यक शौचालयको व्यवस्था, पार्किङ व्यवस्थापन, रात्रिकालीन बत्ती मर्मत र व्यवस्थापन गर्नुपर्ने आदि विषयमा सुझाव दिनुभयो ।
Leave a Reply