रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भक्तपुर, २३ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा तलेजु बचत तथा ऋण सहकारी संस्थाको सो¥हौँ साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले बचत तथा ऋण सहकारी संस्थाहरूले किसानहरूको हितमा मल, बीउबिजन, उपकरण, सिंचाइलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “बहुदल र गणतन्त्रको ३४ वर्षयताका सरकारहरू गतिला नहुँदा दाल, चामल, तरकारीसमेत भारतबाट किनेर खानुपर्ने अवस्था भयो । भारतले प्याज निर्यात रोकेपछि नेपालीलाई दुःख भयो । खाद्यान्न र तरकारीसमेत भारतमा निर्भर भएपछि नेपाली भोकै पर्नेछन् ।”
भारतीय विदेशमन्त्री नेपाल आउने र १० हजार मेघावाटको बिजुली बिक्रीसम्बन्धी समझदारी हुने समाचार नेपालीको हितमा नहुने स्पष्ट पार्दै सांसद सुवालले भारतबाट कोइला, खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टीतेल आयात गर्नुभन्दा नेपालको नदीनालाबाट बिजुली उत्पादन गरेर नेपालीलाई खाना पकाउन, उद्योग चलाउन, कृषिको लागि सिंचाइ गर्न सस्तोमा बिजुली दिनु जरूरी रहेको बताउनुभयो ।
आयात हुने आलु–प्याजमा सरकारले भ्याट लाग्ने भने पनि अहिले नेपाली किसानको खेतीबाट उत्पादित आलुमा समेत भ्याट लगाउनु सरकारको त्रुटी भएको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “चिसो मौसमसँगै नेपालको नदीमा पानीको बहाव कम भयो र बिजुली उत्पादन घट्यो । भारतबाट महँगोमा बिजुली खरिद सुरू भयो । जलस्रोतको धनी र कृषिप्रधान देशमा बिजुली र खाद्यान्न विदेशीसँग किन्नुपर्ने अवस्था हुँदा प्रधानमन्त्रीलाई लाजशरम लागेन ।”
सरकारले ब्याज घटाउने र कर्जा प्रवाह बढाउने दाबी गरे पनि सामान्य जनताको जीवनमा सकारात्मक असर पर्ने छैन किनभने ४८ खर्ब ऋण प्रवाहमध्ये ४७ खर्ब आर्थिक अपराधीहरूले पाएको र मात्र १ खर्ब ९ अर्बमात्र घरेलु तथा साना उद्योगीहरूले पाएका छन् । उद्योग र व्यापारको लागि प्रवाह भएको कर्जा शेयर कारोबार र जग्गा खरिदमा बढी लगानी भएको सरकारले नै बताएको छ, उहाँले भन्नुभयो ।
आठ वर्ष अगाडि नै १ खर्ब ४३ करोडमा कारोबार भएको एनसेल अहिले ६ अर्ब ६५ करोडमा कारोबार भएको र अर्बौँ अर्ब रूपैयाँ पुँजीगत लाभकर मिलेमतोमा भ्रष्टाचार भएको सार्वजनिक भएको जानकारी दिँदै सांसद सुवालले सरकारका निकायहरू एकले अर्कोलाई आरोप लगाई दोषीलाई उम्काउने तयार गर्दै छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी व्यवस्थाका अङ्गहरू देशभक्तिमा पनि नाफा खान्छन् । नेपालमा अहिले यस्तै भइरहेको छ । समाज विकासको उत्कृष्ट उपलब्धि समाजवाद नै हो । सरकारको नेतृत्वमा उत्पादन र वितरण हुने समाजवादमा मात्र भोक र रोगको समाधान हुनेछ ।”
भक्तपुर विकास परियोजनाले ढल निकास उपचार पोखरी व्यवस्था गरेको सफल नहुँदा हनुमन्ते खोला र खासाङ खुसुङ खोला ढलमा ढल बगिरहेकोले यसलाई सुधार गर्नु जरूरी रहेको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “सहरलाई सफा–स्वच्छ, संस्कृतिको नगर र पर्यटकीय गन्तव्य बनाउन भक्तुर नगरपालिकाले ख्वप कलेजहरू सञ्चालन गरेको हो । तर, सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीहरू साम्प्रदायिक विचारका हुँदा ख्वप विश्वविद्यालयको विधेयक ८–१० वर्ष भयो, पारित भएन ।”
कार्यक्रममा भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, मित्र सहकारीका प्रतिनिधिहरू जगनाथ प्रजापति, राजन जतिले पनि बोल्नुभएको थियो ।
सभाले कमलनारायण धुख्वाको अध्यक्षतामा नयाँ कार्य समिति र राजु शिल्पकारको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ ।
Leave a Reply