अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २३ मङ्सिर । वागीश्वरी मा.वि./कलेज सञ्चिति कोषको सातौँ साधारणसभा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा सम्पन्न भयो । सभामा अतिथि प्रजापतिले अरू कसैको सहयोगमा भन्दा आफ्नै मेहनत र परिश्रमबाट संस्थालाई नमुना बनाउने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
हाम्रो देश बनाउने दायित्व हाम्रै हो भन्ने भावना हामीमा हुनुपर्ने भन्दै उहाँले हामी नियमानुसार काम गर्छौँ, जनतामा आधारित विकासलाई जोड दिन्छौँ भन्नुभयो ।
उहाँले आर्थिक अनुशासन कडाइका साथ पालना गर्दै पारदर्शिता अँगालेर जनताको विश्वास जितेर अघि बढ्नुपर्ने बताउनुभयो ।
शिक्षक र कर्मचारी मेहनती, परिश्रमी, अनुशासित भएमात्रै वागीश्वरी शैक्षिक संस्था राम्रो हुने चर्चा गर्दै उहाँले शिक्षक र कर्मचारीहरू देशको आवश्यकताअनुसार भोलि राजनीतिमा आएर पनि देश र जनताको सेवा गर्नुपर्ने हुनसक्छ भन्नुभयो ।
नेपाली युवालाई विदेश पठाउने नीतिको आलोचना गर्दै उहाँले अबको २० वर्षपछि यसको नकारात्मक नतिजा देशले भोग्नुपर्ने र त्यसबेला पछुताएर केही नहुने हुँदा आजै सचेत हुनुपर्ने बताउनुभयो ।
सरकारको गलत नीतिका कारण नेपाली काउली सस्तो हुँदा सडकमा फाल्नुपर्ने र भारतीय आयातीत प्याज बजारमा महँगो भएको उल्लेख गर्दै आत्मनिर्भरतामा जोड दिन सुझाव दिनुभयो ।
उहाँले विद्यार्थी नभए कर्मचारी शिक्षक पनि नचाहिने अवस्था आउन सक्छ, यसतर्फ सबैको ध्यान जानुपर्छ भन्नुभयो ।
वागीश्वरी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले आजको वागीश्वरी आजका शिक्षक कर्मचारीको मेहनतले मात्र बनेको नभई पूर्वजको योगदानलाई नबिर्सन आग्रह गर्नुभयो । सामुदायिक भावना, देशभक्त नागरिक उत्पादनको जिम्मेवारीबोध आजको आवश्यकता रहेको चर्चा गर्दै उहाँले शैक्षिक गुणस्तरमा विशेष जोड दिनुभयो । उहाँले भन्नुभयो, “शैक्षिक गुणस्तर नै जनताको विश्वास जित्ने हाम्रो बलियो आधार हो ।”
सभामा +२ का संयोजक ज्ञानसागर प्रजापतिले अनावश्यक खर्च जोगाउनु पनि आम्दानी भएकोले मितव्ययितामा ध्यान दिन सुझाव दिनुभयो ।
कोषका अध्यक्ष धनकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त सभामा सहायक प्रअद्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवालले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
शिक्षक विश्वेश्वर मानन्धरले पनि बोल्नुभएको सभामा उपस्थित रमेश गोसाई, दिनेश प्रधान, सवीन्द्र प्रजापतिलगायतले कोषको लागि विभिन्न सुझावहरू दिनुभएको थियो भने सभाध्यक्ष प्र.अ. कृष्णप्रसाद धन्छाले प्राप्त सुभावमाथि कोष सञ्चालक समितिमा छलफल गर्ने र त्यसलाई विद्यालय व्यवस्थापन समितिले आफ्नो क्षमताअनुसार काम गर्ने विश्वास दिलाउनुभयो ।
सभाले रु. १ करोड १६ लाख १० हजार ५२८ रूपैयाँको वित्तीय अवस्था रहेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो भेलाले आगामी ३ वर्षको लागि धनकुमार श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यीय कोष सञ्चालक समिति पनि चयन ग¥यो ।
Leave a Reply