अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
ललितपुर, ३० मङ्सिर । प्रभात अङ्ग्रेजी स्कूलका विद्यार्थीहरूको एक समूहले ऐतिहासिक सम्पदास्थल खोकना–बुङमती क्षेत्रमा शनिबार अध्ययन भ्रमण ग¥यो ।
अवलोकनमा आउने विद्यार्थीहरूसँगको साक्षात्कार कार्यक्रममा नेपाल मजदुर किसान पार्टी वाग्मती प्रदेशका सदस्य एन. महर्जनले विद्यार्थी जीवनदेखि देशका ऐतिहासिक सम्पदा स्थल र भौगोलिक अध्ययन भ्रमणले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुग्ने बताउनुभयो ।
खोकना–बुङमतीको ऐतिहासिक सम्पदाको महत्व र उक्त फास्ट ट्रयाक बनाउने नाममा उक्त क्षेत्रको ऐतिहासिक सम्पदा म्हास्न सरकार लागिपरेकोमा उहाँले विरोध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा ललितपुरका कवीन्द्र डंगोलले खोकनाका जनताको जीवनशैली र सांस्कृतिक पक्षबारे जानकारी गराउनुभयो ।
सङ्गतले मानिसको जीवनमा धेरै असर पार्ने भएकोले असल मान्छेको सङ्गत गर्न उहाँले विद्यार्थीहरूलाई सुझाव दिनुभयो । ”
स्थानीय सुवर्ण शाक्यले खोकनाका मूर्त अमूर्त सम्पदा, भौगोलिक, धार्मिक तथा ऐतिहासिक पक्षबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा खेलाडी एलपी गौतमले विद्यार्थीलाई खेलकुदको जति महत्व छ त्यतिकै अवलोकन भ्रमणको पनि महत्व हुने बताउनुभयो ।
Leave a Reply