के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, ४ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. ४ मङ्गलतीर्थस्थित छग देगःको शिलान्यास बुधबार गर्नुभयो ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख प्रजापतिले सार्वजनिक तथा पर्ती जग्गा संरक्षणमा भक्तपुर नपाले जोड दिँदै आएको बताउँदै जीर्ण अवस्थामा रहेका सम्पदाहरूको प्राथमिकताका आधारमा पुनःनिर्माण तथा संरक्षण कार्य हुँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले गरेको सम्पदा संरक्षण कार्यले यहाँको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत उल्लेखनीय टेवा पुगेको बताउँदै उहाँले पुर्खाले छोडेको सम्पत्ति जस्ताको तस्तै नयाँ पुस्ताको लागि संरक्षण गर्ने उद्देश्यले नपाले संरक्षण कार्यलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले अघिल्लो कार्यकालमा १२४ वटा सम्पदाहरू पुनःनिर्माण सम्पन्न गरिसकेको बताउँदै उहाँले जीर्ण अवस्थामा रहेका सम्पदाहरूको क्रमशः पुनःनिर्माण कार्य भइरहेको बताउनुभयो ।
भक्तपुरको पर्यटन शुल्कबाट उठेको रकम नगर र नगरवासीकै हितमा प्रयोग हुँदै आएको बताउँदै उहाँले भक्तपुरलाई सभ्य, सुन्दर र सुसंस्कृत नगरको रूपमा विकास गर्न सबैले हातेमालो गरी अगाडि बढनुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले सम्पदा पुनःनिर्माण कार्यलाई भक्तपुर नपाले प्राथमिकतामा राख्दै आएको बताउँदै मन्दिर पुनःनिर्माण कार्यमा स्थानीय जनताबाट पनि साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उपभोक्ता समितिका अध्यक्ष विश्वराम त्वायनाले मङ्गलतीर्थ परिसरको छग देगः पुनःनिर्माण कार्य गुणस्तरीय र मौलिक ढङ्गले समयमै सम्पन्न हुने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा पूर्वजनप्रतिनिधि कृष्णलक्ष्मी दुवाल र शिक्षक हरिसुन्दर सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply