भर्खरै :

ओलम्पिक योग्यता छनोट बक्सिङ प्रतियोगिता सम्पन्न

ओलम्पिक योग्यता छनोट बक्सिङ प्रतियोगिता सम्पन्न

ललितपुर, ४ पुस । ओलम्पिक योग्यता बक्सिङ पहिलो छनोट प्रतियोगिताको दोस्रो दिनको खेल सातदोबाटो बक्सिङ कभर्डहलमा मङ्गलबार सम्पन्न भयो ।
महिलातर्फको खेलमा ५० केजी तौल समूहमा स्वीट क्लवका रमिशा श्रेष्ठले आरएसी आउट क्लासको आधारमा भाइबका संगिता राणालाई पराजित गरिन् भने नक्सालका सुस्मा तामाङले आर्मीका आरती बमजनलाई पराजित गरिन् । त्यस्तै, ५४ केजी तौल समूहमा बक्समाण्डुका अन्जनी तेलीले भाइबका रक्षा जिसीलाई पराजित गरिन् भने आर्मीका वर्षा श्रेष्ठले आरएसी आउट क्लासको आधारमा नुवाकोटका तनुजा नेपालीलाई पराजित गरिन् ।
पुरुषतर्फको खेलमा ५१ केजी तौल समूहमा आर्मीका सुशील थापाले बक्समाण्डुका लक्ष्मण राईलाई पराजित गर्यो भने पुलिसका चन्द्रबहादुर थापाले अल्फाका विशेष बुढामगरलाई पराजित गर्यो । त्यस्तै, ५७ केजीमा भाइबका निरञ्जन मोक्तानले भूपूका शिव सिलवाललाई पराजित गर्यो भने आर्मीका प्रेम चौधरीले डिजिबक्सका आयुष श्रेष्ठलाई पराजित गर्यो । त्यस्तै, ७१ केजीमा भूपूका निशान गुरुङले कैलालीका भरत चन्दलाई ३ः२ ले पराजित गर्यो भने आर्मीका धनबहादुर दर्लामीले एचटुवका विनिस राईलाई पराजित गरेको वाग्मती प्रदेश बक्सिङ सङ्घका सचिव रामकृष्ण प्रजापतिले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *