शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
भक्तपुर, ५ पुस । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नर्सिङ विभागमा पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरू अध्ययनको सिलसलामा बिहीबार भक्तपुर नगरपालिकामा पुगे ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित फोहोरमैला व्यवस्थापन तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूबारे विस्तृत जानकारी लिने उद्देश्यले आएका विद्यार्थीहरूलाई मार्गनिर्देश गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नर्सिङ सम्मानित र मर्यादित पेसा भएको बताउँदै नर्सहरू सामाजिक कार्यकर्ता हुन् र सामाजिक सेवाको भावनाले काम गर्नु नर्सको धर्म भएको बताउनुभयो ।
कुनै पनि संस्थाको विकास त्यहाँको नेतृत्वको लगनशीलता र इमानदारितामा भरपर्ने बताउँदै उहाँले आफू जुनसुकै पेसामा आबद्ध भए पनि समाजप्रति उत्तरदायी भई काम गर्नुपर्ने विचार राख्नुभयो ।
भक्तपुर नगरपालिकाले कुहिने फोहरको कम्पोस्ट मल बनाएर किसानहरूलाई निःशुल्क बिक्री गर्दै आएको जानकारी गराउँदै उहाँले भक्तपुर नगरपालिकाले यहाँबाट उत्पादित फोहर आफैँ व्यवस्थापन गर्दै आएको बताउनुभयो ।
समाजवादी देश क्युवाको स्वास्थ्य मोडलबारे प्रकाश पार्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले क्युवाबाट प्रभावित भई आजभन्दा ६ वर्षअगाडि भक्तपुर नपामा घरदैलो नर्सिङ सेवा सुरु गरेको र उक्त सेवा निकै प्रभावकारी भएको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित कलेजहरूमा विद्यार्थीहरूको माग र रुचिअनुसारका विषयहरू थप गर्दै अध्ययन अध्यापनमा जोड दिँदै आएको बताउँदै उहाँले नेपालबाट उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्न सके विदेसिने क्रम रोकिने विचार उहाँले राख्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले भक्तपुर नपाले शिक्षा क्षेत्रमा लगानी गर्दै विभिन्न शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको र ती शैक्षिक संस्थाहरूबाट उत्पादित जनशक्तिले समाजको हितको लागि काम गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा भनपा स्यानिटेसन शाखाका प्रमुख दिलिपकुमार सुवालले भक्तपुर नपाको फोहोरमैला व्यवस्थापनबारे जानकारी दिनुभयो ।
Leave a Reply