भर्खरै :

पशुपक्षी औषधि व्यवसायी सङ्घ काभ्रेको अधिवेशन सम्पन्न

पशुपक्षी औषधि व्यवसायी सङ्घ काभ्रेको अधिवेशन सम्पन्न

काभ्रे, ५ पुस । नेपाल पशुपक्षी औषधि व्यवसायी सङ्घ काभ्रे पूर्व शाखाको चौथो अधिवेशन तथा छैटौँ साधारणसभा बिहीबार बनेपामा भयो ।
सभामा नेपाल पशुपक्षी औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष पूर्णचन्द्र सापकोटाले व्यवसायी रहे संस्था रहन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “पूर्वअध्यक्षलगायत पदाधिकारी र अग्रजहरूको अनुभव लिपिबद्ध गरिनु आवश्यक छ । संस्थालाई चलायमान बनाउनुपर्छ ।”
संस्थाका पूर्वकेन्द्रीय उपाध्यक्ष डा. हरिप्रसाद मानन्धरले व्यवसायीहरूको आवाज सरकारी पक्षले सुनुवाइ नगरेको जिकिर गर्नुभयो ।
केन्द्रीय सचिव दिनेश कट्टेलले ओरिन्टेसनको लागि संस्थाले गरेको प्रयासबाट सफलता पाएको बताउनुभयो ।
अग्रज व्यवसायी कृष्णकुमार वैद्य र शिवनाथ आचार्यलाई दोसल्ला र सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो । शाखा विस्तारमा योगदान गरेबापत विकास शर्मा तिमल्सिनालाई सम्मानपत्र प्रदान गरिएको थियो । सभामा संस्थापक महासचिव मधुसुदन गुरागाई, पूर्वअध्यक्ष भुपेन्द्र गौतम, कम्पोज बडाल, नवराज शर्मा तिमल्सिनालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *