शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
हरेक राजनीतिक दलको विधान हुन्छ । विधानअनुसार राजनीतिक दलको सम्मेलन र अधिवेशन हुन्छ । नेकाको महाधिवेशनको पूर्वसन्ध्यामा गण्डकी प्रदेशको प्रथम सम्मेलन भयो । सम्मेलनको प्रारम्भमै नेका सभापति शेरबहादुर देउवा र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माबिच भनाभन भयो । भनाभनको विषय प्रदेश सम्मेलनको व्यानरमा लेखिएको नारा रह्यो । व्यानरमा लेखिएको थियो, ‘विरासतको रक्षा गरौँ,’ ‘नेपाली काङ्ग्रेस बचाऔँ, ‘ इमान भएकाहरूलाई जिम्मेवारीमा राखौँ, ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ,’ र ‘काङ्ग्रेस चरित्र पुनस्र्थापित गरौँ ।’ व्यानरमा लेखिएका यी नाराहरूमध्ये विवादको विषय भ्रष्टाचारबाट पार्टीलाई बचाउने सम्बन्धी थियो । त्यो नारा छोपेपछि मात्र अतिथि सभास्थल पुगे र गण्डकी प्रदेशको प्रथम सम्मेलन प्रारम्भ भयो । ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ’ भन्ने नारा सम्मेलनको सुरुदेखि अन्त्यसम्म सम्मेलनमा सहभागी नेता तथा कार्यकर्ताहरूमा गुञ्जिरह्यो ।
नेकाले इमानपूर्वक राजनीति गरिरहेको छैन । नेपालको स्वाधीनता र सार्वभौमसत्ताको निम्ति लड्नुपर्ने नेकाले प्रजातन्त्र, स्वतन्त्रता र सार्वभौमसत्तामा आघात पु¥याउने, दूरगामी असर पु¥याउने काम गरिरहेको छ । अतः नेकाका नेता तथा कार्यकर्ताहरूले नेकाको विरासतको रक्षा गर्न र बचाउन नेकाको ध्यानाकर्षण गर्नु स्वाभाविक हो । नेकाका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरूको चरित्र बिग्रिन थालेपछि, भ्रष्टाचार र अनियमितामा फस्न थालेपछि पार्टीलाई भ्रष्टाचारबाट जोगाउन र काङ्गे्रसको चरित्र पुनस्र्थापितको माग गर्नु स्वाभाविक हो । भ्रष्टाचारबाट पार्टीलाई बचाउनै पर्छ । पार्टी भ्रष्टाचारबाट मुक्त भएन भने त्यस्तो पार्टीको सरकारले देशमा भ्रष्टाचार अन्त्य गर्न सक्दैन ।
नेपाली काङ्ग्रेस बचाउन इमानपूर्वक काम गरेका नेता कार्यकर्ताहरूलाई जिम्मेवारी दिनुपर्ने चर्चाले नेकाभित्र इमानदारहरू नअटेको बताउँछ । नेका सभापति देउवाले पदमा पु¥याएका आफ्ना पक्षधर नेता तथा कार्यकर्ताहरू इमानदार नभएको सङ्केत मिल्छ । नेकाले पार्टीभित्र मात्र होइन देशमा भइरहेको भ्रष्टाचार अन्त्य गरौँ उल्लेख गर्नुपर्ने हो । भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ भन्ने नाराले नेका स्वयं भ्रष्टाचारमा डुबिरहेको या नेकाका नेता, मन्त्री, सांसद, जनप्रतिनिधिहरू पदको दुरूपयोग गरी भ्रष्टाचारको खेलमा फसिरहेको अनुमान गर्न गा¥हो छैन । काङ्गे्रसको चरित्र पुनस्र्थापित गरौँ भन्नुको अर्थ के नेकाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा खोक्रो रहेछ भन्ने सङ्केत होइन र ?
सम्मेलनमा सभापति देउवाले आन्तरिक एकता भए काङ्गे्रसको एकल सरकार हुने दाबी गरे । एकल सरकार बन्छ बन्दैन त्यो निर्वाचनपछिको कुरा हो । तर, उक्त भनाइले नेकाभित्र एकता छैन या नेका गुट उपगुटमा विभाजित छ भन्ने थाहा हुन्छ । गएको निर्वाचनमै अन्य दलसँग गठबन्धन नभएको भए नेका धेरै क्षेत्रमा हार्ने थियो । आपसमा एकता भए बहुमतको सरकार बन्न सक्छ, त्यसो नभए सबभन्दा ठुलो दल नेका भइहाल्छ भन्ने देउवाको टिप्पणीमा दम नभएको राजनीतिक विश्लेषकहरूको भनाइ रहेको छ । दलभित्रको भ्रष्टाचार हटाउन नसक्ने, इमानदार व्यक्तिलाई पाखामा लगाउने पार्टीभित्रको रवैयाले देशको भ्रष्टाचार कसरी रोकिएला ? प्रदेश सम्मेलनको व्यानरमा लेखिएको नारा छोप्नुपर्ने बाध्यताले सम्मेलनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरूको मनमा चिसो पस्नु स्वाभाविक हो । नेकाभित्र भ्रष्टाचार हुने, इमानदार कार्यकर्तालाई पार्टीमा स्थान नदिने, नेकाको पहिलेको आस्था र विश्वास कायम गर्न नसक्दा नेकाका नेता तथा कार्यकर्ता चिन्तित हुनु पनि स्वाभाविक हो । यसले नेकाका नेताहरूले कसको पक्षमा राजनीति गरिरहेको छ भन्ने छर्लङ्ग हुन्छ ।
Leave a Reply