सिंहदरबारदेखि गाउँसम्मै भ्रष्टाचार !
- जेष्ठ ६, २०८२
आफ्नो उत्पादन बेच्ने र आवश्यक सामान किन्न गाउँघरमा हाटबजारको र सहरहरूमा पसलहरूको बन्दोबस्त हुन्छ । पसलहरूमा पनि साना ठुला, खुद्रा थोक हुँदै सुपर मार्केट (विशाल बजार), मार्ट, मिनिमार्टहरू थुप्रै खुलेका छन् । यस्ता पसलमा निश्चित मूल्य हुने अर्थात् मोलमोलाइ नहुने, नक्कली वस्तु बिक्री नगर्ने, एउटै पसलमा घरायसी आवश्यक गुणस्तरीय सबथोक पाइने मानिसहरूको विश्वास छ । तर, व्यवहारमा नक्कली र म्याद नाघेका वस्तुहरू, मूल्यमा भिन्नता हुने र अन्य खुद्रा पसलमा भन्दा तुलनात्मक महँगो हुने धेरैको अनुभव छ । भक्तपुर नगरपालिकाले बराबर अनुगमन गर्दा म्याद नाघेका सामानहरू फेला पारी जफत गरेको र नस्ट पारिएको समाचार ‘मजदुर’ दैनिकमा धेरै पटक पढिसकेका छौँ । यहाँ, एउटै बिस्कुटको चार मूल्यको जानकारी दिन खोजेको छु ।
नेबिको अर्थात् नेपाल बिस्कुट कम्पनीका थुप्रै बिस्कुटमध्ये ‘सुगर फ्रीर क्राकर’ को अङ्कित मूल्य रु. १२५ छ । तर, साख मार्ट (तुलाछेँ) मा रु. ११० मा, साख मार्ट (राम मन्दिर) मा रु. ११५, भक्तपुर मिनिमार्ट (सुकुलढोका) मा रु. १२० र बीग मार्ट
(कमलविनायक) मा रु. १२५ मा बिक्री हुने गर्छ या मूल्य टाँसिएको हुन्छ । एक बट्टा बिस्कुटको यति धेरै फरक मूल्य हुँदा पनि सम्बन्धित निकायको ध्यान नजानु आश्चर्यको विषय हो । उल्लेखित मार्टहरूमध्ये बिग मार्टका सामानको मूल्य सबैजसोमा बढी देखिन्छ । किन होला ? ग्राहकलाई भगवान् मान्ने व्यापारीहरू नैतिक र विवेकशीलभन्दा ठगजस्तो पो देखियो, होइन र ?
Leave a Reply