ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, ११ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको बुधबार सहिद स्मृति मेल मैदानमा उद्घाटन भयो । प्रमुख अतिथि प्रजापतिले भलिबल खेलका रेफ्रि लक्ष्मीप्रसाद स्वंगमिखालाई खेल सामग्री हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले अनुशासित र सक्षम खेलाडीहरू तयार पार्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले भक्तपुर नपाले खेलकुदहरूको नियमित प्रशिक्षण, प्रतियोगिता र खेलाडी सम्मान कार्यक्रममा जोड दिँदै आएको बताउनुभयो ।
खेलकुद प्रतियोगिताहरू औपचारिकतामा मात्रै सीमित हुन नहुने बताउँदै उहाँले खेलकुद मानव जीवनको अभिन्न अङ्ग हो र खेलाडीहरूले खेलकुदको क्षेत्रमा सशक्त भई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
देश र समाजप्रतिको आफ्नो दायित्वलाई कहिल्यै बिर्सन नहुने विचार व्यक्त गर्दै प्रमुख प्रजापतिले विद्यार्थीहरूलाई विद्यालय जीवनदेखि अनुशासित र मर्यादित बनाउन खेलकुदको निकै ठूलो भूमिका रहने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् नगर खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले २०८० पुस ११–१३ गतेबाट सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डको लागि भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथ्लेटिक्स र कराँते गरी ६ वटा खेलमा प्रतियोगिता हुने अवगत गराउनुभयो ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले भक्तपुर नपाले पूर्णकालीन खेलकुद प्रशिक्षक नियुक्ति गरी विद्यालयहरूमा खेलकुद प्रशिक्षणलाई जोड दिँदै सराहनीय कार्य गर्दै आएको बताउँदै खेलकुद क्षेत्रमा भएका यस किसिमका गतिविधिले भक्तपुरबाटै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्रि तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवाल र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले खेलकुद प्रतियोगितालाई अनुशासित, मर्यादित र व्यवस्थितरूपले सञ्चालन गर्ने उद्देश्यले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निकै महत्वपूर्ण प्रतियोगिता भएको बताउनुभयो ।
कार्यक्रममा खेलाडीको तर्फबाट गणेश माविका भलिबल खेलाडी कन्चन थिङ र रेफ्रिको तर्फबाट रोजिना सैंजुले सपथग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा भनपा वडा नं. ८ का वडा सदस्य तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत २०८० पुस ११ गते बिहान ८ बजेबाट सहिद स्मृति खेल मैदानमा भलिबल र लिबाली कभर्ड हलमा कबड्डी खेल, पुस १२ गते महेश्वरी खेलमैदानमा एथ्लेटिक्स, लिबाली कभर्ड हलमा तेक्वान्डो प्रतियोगिता, ख्वप कलेज देकोचामा कराँते प्रतियोगिता हुने र १३ गते शुक्रबार लिबाली कभर्ड हलमा उसु खेलको प्रतियोगिता हुने जानकारी गराउनुभयो ।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा नगरभित्रका ४५ वटा विद्यालयहरू र ७५० जना विद्यार्थीहरूको सहभागिता रहेको भक्तपुर नपाको खेलकुद समितिले जनाएको छ ।
Leave a Reply