उठ जाग ए श्रमिक हो
- असार ५, २०८३
हेर्दाहेर्दै कति छिट्टै अबला भयो,
यो देश लुटेराहरूको खला भयो ।
पीडितको चित्कार नसुनिएपछि
कठै ! सबैको अवरुद्ध गला भयो ।
समृद्धि उहाँहरूकै घर रहेछ !
भ्रष्टाचार त्यसमा थपिने तला भयो !
सुन्दै, पढ्दै र आइयो भोगिँदै
सबै दाल, भात, अचार र मसला भयो !
ढाँट्नु, बोल्नु, हाँस्नु र सिध्याउनु
सत्ताको किन यस्तो अद्भूत कला
भयो !
मञ्च, आसन, भाषण मनपरी !
त्यसैका लागि सुशोभित गला भयो !
आफूले गरेको जेसुकै पनि ठीक
अरूले बोले, “गणतन्त्रमाथिको हमला भयो !”
Leave a Reply