जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
बाँके, १६ पुस । नेमकिपा बाँकेद्वारा १३० औँ माओ जयन्ती ‘किसान सङ्घर्ष’ प्रकाशनबारे एक अन्तरक्रिया कार्यक्रम गरी मनाइयो ।
बाँकेको कोहलपुरमा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले काङ्ग्रेस, एमाले र माओवादीहरूले सैद्धान्तिक सङ्घर्षभन्दा पनि लोभलालच, डर र धम्की देखाएर जनतालाई प्रभाव पार्न खोज्ने भएकाले तिनका कार्यकर्ताहरूमा झन्झन् पुँजीवादी चिन्तन हाबी हुँदै गएको बताउनुभयो ।
उहाँले देशमा क्रान्तिकारी भूमिसुधार लागु नभएसम्म गरिब किसानका छोराछोरीहरू विदेसिनुपर्ने बाध्यता नहट्ने भएकोले क्रान्तिकारी भूमिसुधार लागु गरी नेपालको परम्परागत कृषि प्रणालीमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । किसानलाई मल, बीउबिजन, सिँचाइ, ढुवानी, बजार व्यवस्थापन र उत्पादनको उचित मूल्य निर्धारण गरिनुपर्ने विचार व्यक्त गर्दै उहाँले अन्नभण्डारको रूपमा परिचित तराई क्षेत्रमा शीतभण्डारहरू निर्माण गरी सिमानाका किसानलाई भारतको भरपर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेमकिपा बाँके जिल्ला समिति अध्यक्ष बखत थापाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उहाँले नेपालको किसान आन्दोलनमा पार्टीले खेलेको भूमिका, किसान हकहितको निम्ति पार्टीले गरेको सङ्घर्ष, किसान कार्यकर्ताको एकता र राजनीतिक शिक्षाको विषयमा प्रकाश पार्नुभएको थियो ।
पार्टी जिल्ला समिति उपाध्यक्ष गौरीकान्त आचार्य, नेमकिपा जुम्ला जिल्ला समिति सचिव राजेश्वर देवकोटा, पार्टी कोषाध्यक्ष डिल्ली पुन, सहसचिव सूर्जा थापालगायतले किसान सङ्घर्ष बुलेटिनबारे आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पार्टी जिल्ला समिति सचिव नवीन शाही, पार्टी जिल्ला समिति सदस्य अन्जिरबहादुर शाही, हीराबहादुर शाही तथा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ बाँकेका संयोजक वीरबहादुर चौधरीलगायतले ‘किसान सङ्घर्ष’ बुलेटिनबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply